• १३ साउन २०८१, आइतबार

शुक्लाफाँटाबाट बाह्रसिङ्गाको गणना सुरु

blog

धनगढी समाचारदाता

धनगढी, चैत २५ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु गरिएको छ । निकुञ्जमा रहेका बाह्रसिङ्गाको सङ्ख्या अद्यावधिक गर्न निकुञ्ज कार्यालयले गणना गरिरहेको हो । 

अहिलेसम्म ‘ट्रान्जिट’ गणना सकिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभये । उहाँका अनुसार टाउको गणनाको कार्य गर्न भने बाँकी छ । ‘ट्रान्जिट र हेड’ गणना सकिएपछि तथ्याङ्क विश्लेषणको काम हुने छ । 

यसअघि सन् २०२२ मा बाह्रसिङ्गाको गणना गरिएको थियो । त्यसबेलाको गणना अनुसार निकुञ्जमा दुई हजार ३१३ रहेको छ ।

उहाँले चैतको अन्तिमसम्म बाह्रसिङ्गा गणनाको कार्य जारी रहने उल्लेख गर्नुभयो । “यसको गणनामा जति बढी समय दिन सकियो, त्यति नै राम्रो नतिजा आउने गर्दछ,” उहाँले भन्नुभयो ।  

निकुञ्जको घाँसेमैदानमा ठुलो झुन्डमा बाह्रसिङ्गा बस्ने गर्छन् । ठुलो झुन्डमा देखिने बाह्रसिङ्गा शुक्लाफाँटाको पहिचान नै बनेको छ । बाह्रसिङ्गा हेर्न स्वदेशी तथा विदेशीबाट पर्यटक शुक्लाफाँटा पुग्ने गरेका छन् ।

यस निकुञ्जको प्रमुख आकर्षणका रूपमा रहेको बाह्रसिङ्गाको तथ्याङ्क अद्यावधिक गर्नका लागि गणना गर्ने गरिएको छ । यस वर्ष गएको चैत १६ बाट बाह्रसिङ्गा गणनाको थालनी गरिएको हो ।