• २० वैशाख २०८१, बिहिबार

आरसी एकेडेमीको विजयी सुरुवात

blog

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, चैत २२ गते । आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । 

एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहीबार देखि सुरु भएको लिगको उद्घाटन खेलमा आरसी ३२ फुटबल एकेडेमीले खलीबारी यूथ क्लबलाई १–० गोलले हरायो । आरसीको जितमा बबिन बोहराले निर्णायक गोल गर्नुभयो । यसअघि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले लिगको उद्घाटन गर्नुभएको थियो । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा सञ्चालित लिग तीन महिला चल्नेछ । लिगमा १४ टिमको सहभागिता रहेको छ । पहिलो पटक उपत्यका बाहिरका पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् । लिगको विजेता टिकले १० लाख, उपविजेताले सात लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । 

यस्तै उत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट गोलरक्षकलाई ३५ हजार, सर्वाधिक गोलकत्र्तालाई १७ हजार पाँच सय र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।