• २३ वैशाख २०८१, आइतबार

फ्रेन्डसिप कप : नेपाल फाइनलमा, गुजरात ८ रनले पराजित

blog

विजयी भएपछि नेपाली टिम ।

काठमाडौँ, चैत २१ गते। भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेको छ । बुधबार गुजरातमाथि ८ रनको जित निकाल्दै नेपाल फाइनल पुगेको हो । त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको हो । 

गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरुमा ब्याटिङ गरेको नेपालले गुजरातलाई ७ विकेटको क्षतिमा १८२ रनको चुनौती दिएको थियो । गुजरात पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १७३ रन बनायो । 

गुजरातलाई सस्तैमा समेट्न नेपालका लागि कुशल मल्लले एक ओभर बलिङ गर्दा ३ रन खर्चिएर २ विकेट हात पार्नुभयो। सोमपाल कामीले चार ओभर बलिङ गर्दै १८ रन खर्चिएर २ विकेट लिनुभयो । गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिनुभयो भने विवेक यादवले तीन ओभरमा २१ रन खर्चिएर १ विकेट लिनुभयो । प्रतिश जिसीले ४ ओभर बलिङ गर्दा बिना विकेट ४३ रन खर्चिनुभयो ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि आसिफ शेख र कुशल भुर्तेलले शानदार अर्धशतक बनाउनुभयो। आसिफ शेखले ५१ बलमा सर्वाधिक ८५ रन बनाउनुभयो भने कुशल भुर्तेलले ४४ बलमा ६७ रन जोड्नुभयो। नेपालका ओपनर कुशल र आसिफले शानदार अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। 

कप्तान रोहित पौडेल ७ बलमा ३ रन, सन्दीप जोरा ३ बलमा २ रन, कुशल मल्ल २ बलमा १ रन र गुल्शन झा ४ बलमा ४ रन बनाएर आउट हुनुभयो । अनिलकुमार शाह शून्यमा आउट हुँदा विवेककुमार यादवले नटआउट ५ बलमा ७ रन र प्रतिश जिसीले ३ बलमा ४ रन जोड्नुभयो ।  केही बेलमा गुजरातले नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याउँदैछ। 

गुजरातका लागि जयीतम पटेलले ४६ रन खर्चिएर ३ विकेट लिनुभयो भने ध्रुशान्त सोनीले २६ रन खर्चिएर २ विकेट लिनुभयो । नेपाल एक खेल अगाडि नै फाइनल पुगेको हो । तीन खेलमा लगातार जित निकालेको नेपालले शुक्रबार बरोडासँग खेल्नेछ । त्रिकोणात्मक सिरिजको फाइनल आइतबार हुनेछ । नेपालले फाइनलमा प्रतिस्पर्धा गर्ने टिमको टुङ्गो लागिसकेको छैन ।