• २० वैशाख २०८१, बिहिबार

‘सी’ डिभिजन लिग बिहीबारदेखि

blog

काठमाडौँ, चैत २१ गते । शहिद स्मारक ‘सी’ डिभिजन लिग बिहीबारदेखि हुने भएको छ । तीन महिना चल्ने लिगमा १४ क्लबले ९१ खेल खेल्नेछन् । लिगको सम्पूर्ण तयारी पूरा भएको आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

लिगमा पहिलो पटक उपत्यका बाहिरका पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगका खेलहरु ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । लिगको विजेता टोलीले १० लाख, उपविजेताले सात लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । 

यस्तै उत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट गोलरक्षकलाई ३५ हजार, सर्वाधिक गोलकत्र्तालाई १७ हजार पाँच सय र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । लिग सम्पन्न गर्न तीन करोड ५५ लाख २८ हजार रुपियाँ लाग्ने एन्फाले जनाएको छ ।