• २० वैशाख २०८१, बिहिबार

बाफ महिला फुटबल टोली सम्मानित

blog

सम्मान ग्रहणपछि महिला फुटबल टोली । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत १९ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाल स्पोर्ट्स फेलोसिपले सम्मान गरेको छ । गत फागुनमा भएको बाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको टोलीलाई आइतबार राति सम्मानपत्र र ७५ हजार रुपियाँबाट सम्मान गरिएको हो । 

बाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको थियो । स्पोर्ट्स फेलोसिपका अध्यक्ष वेन्जी थापाले महिला खेलाडीहरूलाई सशक्तीकरण र प्रोत्साहन गर्ने उद्देश्यले इस्टर फिस्ट फेलोसिप कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।