• १६ वैशाख २०८१, आइतबार

गणेशमान स्मृति बुद्धिचाल वैशाखमा

blog

काठमाडौँ, चैत १४ गते । नवौँ राष्ट्रिय खुला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता वैशाख १४ देखि १९ गतेसम्म हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगितामा  जना खेलाडीको सहभागिता रहने छ । 

प्रतियोगिताको विजेतालाई सलुटो यामाहा मोटरसाइकल तथा उपविजेतालाई ८० हजार र तेस्रो हुने खेलाडीलाई ५० हजार रुपियाँ प्रदान गरिने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी  दिनुभयो । प्रतियोगिताका खेलहरू लिग कम नकआउटका आधारमा खेलाइने छ । 

सात चरणको लिग खेलपछि शीर्ष चार खेलाडी सुपर नकआउटमा प्रवेश गर्नेछन् । बाँकी खेलाडी लिगको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सुपर लिगमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपियाँ प्राप्त गर्नेछन् । 

यस्तै महिला तर्फको विजेतालाई १० हजार, उपविजेतालाई आठ हजार तथा उत्कृष्ट भेट्रान, उत्कृष्ट रेटेडसँगै यु–१९ विधामा पहिलोलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने संयोजक ताम्राकारले बताउनुभयो ।