• १३ साउन २०८१, आइतबार

एरिका र विप्लव युएसए ओपन कराते खेल्दै

blog

विदाइ कार्यक्रममा कराते टोली ।

काठमाडौँ, चैत १२ गते । युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्नुहुने भएको छ । 

अमेरिकाको टेक्सासमा यही मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता हुनुहुन्छ । 

एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनैपनि नेपाली कराते खेलाडीले जितेको पहिलो र एकमात्र हो । एरिका इन्डोनेसियामा भएको १०औँ विश्व सितोरियो कराते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुनुहुन्छ । विप्लव १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुनुहुन्छ । 

टोलीको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहनुभएको छ । कुशल बाहेक तीन सदस्यीय टोली सोमबार नै अमेरिका प्रस्थान गर्नेछ । कुशल मङ्गलबार जानुहुनेछ । कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले सोमबार नै एक कार्यक्रमबिच बिदाइ गर्नुभयो ।