• १३ साउन २०८१, आइतबार

सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा रोहिनादेवी

blog

साधारण सभाको उद्घाटन अवसरमा सहभागीहरु । तस्बिर : मनाेजरत्न शाही

काठमाडौँ, चैत ३ गते । काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घको शनिबार सम्पन्न २१औँ वार्षिक साधारणा सभा तथा सातौँ अधिवेशनले रोहिनादेवी शाक्यलाई अध्यक्ष पदकमा सर्वसम्मत चयन गरेको छ । पछिल्लो कार्यसमितमा उहाँ सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

निर्विरोध चयन भएको कार्यसमितिमा उपेन्द्रकाजी शाक्य, मुक्तीरत्न वज्राचार्य र दशरत्न वज्राचार्य उपाध्यक्ष हुनुहुन्छ । लेखरत्न शाक्यले सचिव, रमेशमान शाकयले कोषाध्यक्ष, अभिषेक शाक्यले सचिव र पद्मेश शाकयले सह कोषाध्यक्षको जिम्मेवारी पाउनुभयो । सदस्यमा सुर्यरत्न वज्राचार्य, सुरेन्द्रकाजी शाकय, सुजेन शाक्य, निकेशरत्न वज्राचार्य, मनिष शाक्य, उजिना शाक्य, मोहिनी शाक्य, संजयरत्न शाक्य, माणिकरत्न शाक्य, रविन्द्र शाक्य, कबीरचन्द्र वज्राचार्य, सन्दिप शाक्य र अरुणा श्रेष्ठ रहनुभुएको छ ।

यसअघि, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले साधारण सभाको उद्घाटन गर्नुभएको थियो । मन्त्री श्रेष्ठले सुनचाँदी व्यवसाय लिच्छविकालमै सुरुआत भएकोले यो आफैमा इतिहास हो तर अहिले पुस्तान्तरण भइरहेको यो व्यवसायमा अहिले युवा आकर्षक घट्नु चिन्ताको विषय हो, भन्नुभयो । उहाँले यसमा युवा पुस्तालाई टिकाउन युवा मन्त्रालयले केही योजना ल्याउने बताउनुभयो । यसैगरी मन्त्री श्रेष्ठले काठमाडौँ, सुनचाँदी व्यवसायी संघले समाजिक उत्तरदायिकत्वअन्तर्गत खेलकुदमा सहकार्य गर्ने सल्लाह पनि दिनुभयो । खेलकुद राष्ट्रिय एकताको प्रतीक हो । खेलसँग जुडेमा पक्कै पनि राम्रो अनुभूति हुनेछ– उहाँले भन्नुभयो ।

यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बजारमा संलग्न व्यापारीले नभई बाहिरी तत्वले गर्दा तस्करी भइरहेको छ, भन्नुभयो । नेपालकै कलालाई विदेशमा देखाउन मिल्ने यस व्यवसाय अहिले गलत देखिरहेको छ, बदनाम भइरहेको छ । नीति नियम नहुँदा यस्तो भइरहको हो, उहाँले भन्नुभयो ।

अध्यक्ष सुरेश शाक्यले आफ्नो तीन वर्षे कार्यकालमा यस संस्थाको गरिमा अझ उच्च पार्न कार्य गरेको भनाई राख्नुभयो । उहाँले अहिले सुनचाँदी व्यवसायमा सबभन्दा ठुलो समस्या भनेको विदेशबाट भन्सार तिरी ल्याएको बिल समेत भएको सुन खरिद गर्दा समेत राजश्व अनुसन्धान विभागबाट व्यवसायीहरुलाई पक्रने कार्य हुनु हो, भन्नुभयो । राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले यो व्यवसायलाई नियमनको दायरामा ल्याउन जरुरी भइरहेको बताउनुभयो ।