रोनाल्डो पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी
पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पाँच विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने विश्वका पहिलो पुरुष खेलाडी बन्नुभएको छ। रोनाल्डोले पाँच विश्वकपमा कुल आठ गोल गर्नुभएको छ। पोर्चुगलले बिहीबार राति घानालाई ३–२ ले हराएको खेलमा रोनाल्डोले पहिलो गोल गर्नुभएको थियो। ३७ वर्षीय रोनाल्डोले खेलको ६५औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै विश्व कीर्तिमान बनाउनुभएको हो। रोनाल्डोले आफूले खेलेका पाँचवटै विश्वकपमा गोल गर्नुभएको छ।
अमेरिका र इङ्ग्ल्यान्डको गोलरहित बराबरी
फिफा विश्वकप फुटबलमा अमेरिका र इङ्ग्ल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
मेक्सिकोसँग खेल्नुअघि अर्जेन्टिना दबाबमा
विश्वकप फुटबल प्रतियोगिता भइरहेको सहरमा अहिले साउदी अरबका समर्थक मात्र होइन ब्राजिलमा पनि अहिले ‘ह्वयर इज मेसी’ एउटा गीत गुन्जिरहेको छ। जुन साउदी अरबसँग अर्जेन्टिनाको हारपछि मेसीलाई गिज्याउन बनेको छोटो गीत हो। साउदी अरबसँगको अप्रत्याशित र अकल्पनीय हारपछि अर्जेन्टिनामाथि समूह चरणबाट बाहिरिने खतरा पनि मडारिएको छ। अर्जेन्टिनाले नकआउट चरणमा पुग्ने अभियान कायम राख्न शनिबार मेक्सिकोलाई हराउनुपर्नेछ। मेसीले पनि भन्नुभयो, “हामीले पहिले नै भनेका थियौँ, अर्जेन्टिना यहाँ हरेक खेल जित्न आएको हो। पहिलो खेल हारेपछि अब मेक्सिकोसँग जित्नु अझ अपरिहार्य बनेको छ।”
नेदरल्यान्ड्स र इक्वेडरले अंक बाँडे
कतारमा जारी विश्वकप अन्तर्गत समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
आयोजक कतारको लगातार दोस्रो हार
आयोजक कतारले फिफा विश्वकप फुटबलमा लगातार दोस्रो हार खेपेको छ । समूह ‘ए’ अन्तर्गत अल थुमामा स्टेडियममा शुक्रबार साँझ भएको खेलमा कतार सेनेगलसँग ३-१ गोलले पराजित भयो ।
पहिलो हाफमा कतार १–० ले पछाडि
कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ को खेलको पहिलो हाफमा सेनेगलले आयोजक कतारमाथि १–० गोलको अग्रता लिएको छ ।
इन्जुरी समयको अन्तिममा इरानको दुई गोल, वेल्स स्तब्ध
इरानले कतारमा जारी विश्वकप फुटबलमा १० खेलाडीको वेल्समाथि इन्जुरी समयको अन्तिम समयमा दुई गोल गर्दै सानदार जित निकालेको छ । अहमेद विन अली स्टेडियममा शुक्रबार साँझ भएको खेलमा इरानले वेल्सलाई २–० गोलले हरायो ।
नेयमारको चोटले ब्राजिललाई चिन्ता
स्टार खेलाडी नेयमार घाइते भएपछि ब्राजिललाई कतारमा जारी विश्वकपमा समस्या थपिएको छ । समूह ‘जी’ अन्तर्गत बिहीबार राति सर्बियासँगको खेलमा नेयमार घाइते हुनुभएको हो ।
अमेरिकाविरुद्ध इङ्ग्ल्यान्डको उच्च मनोबल
विश्वकप फुटबल २०२२ सुरु हुनुपूर्व इङ्ग्ल्यान्डका कप्तान तथा स्ट्राइकर ह्यारी केनलाई गोल्डेन बुटको दाबेदारका रूपमा हेरिएको थियो। पछिल्लो संस्करणमा केन छ गोलसहित सर्वाधिक गोलकर्ता बन्नुभएको थियो। युरो २०२० मा पनि उहाँले चार गोल गर्नुभएको छ। यस विश्वकपमा पनि चम्किएर केन इङ्ग्ल्यान्डका सर्वाधिक गोलकर्ता बन्ने दाउमा हुनुहुन्छ। इङ्ग्ल्यान्डका लागि ५१ गोल गरेका केन दुई गोलले वायने रुनीभन्दा पछाडि हुनुहुन्छ तर इरानविरुद्ध इङ्ग्ल्यान्डले आधा दर्जन गोल गरेपछि केन गोलविहीन बन्नुभयो। सो खेलमा केन घाइते पनि हुनुभएको छ। त्यसैले केनले अमेरिकाविरुद्धको खेल खेल्नेमा शङ्का छ।