विश्वकप विजेताले कति पाउनेछ ?
फिफाले कतार विश्वकपका लागि पुरस्कार, प्रोत्साहन र अन्य विषयमा खर्च गर्ने रकम सार्वजनिक गरिसकेको छ। यस पटक कुल राशिमा २९ प्रतिशतले वृद्धि गरी फिफाले एक अर्ब अमेरिकी डलर पु-याएको छ। विश्वकपमा सहभागी ३२ टिमले प्राप्त गर्ने स्थानका आधारमा ४४ करोड डलर वितरण गरिने छ भने बाँकी रहेको ६६ करोड डलर फुटबल कम विकसित भएका राष्ट्रिय सङ्घहरू, क्लबहरूको हित तथा क्लबको बीमा र खेलाडी सुरक्षा योजनामा फिफाले खर्च गर्ने छ । यस हिसाबले वास्तविक पुरस्कार रकम ४४ करोड डलर मात्र हो, जुन सन् २०१८ को दाँजोमा चार करोड डलर बढी छ।
विश्वकप २०२२ समूह विश्लेषण
कतारमा आयोजक र इक्वेडरबीचको खेलसँगै विश्वकप सुरु हुनुपहिले नै यसपालिको विजेताको अड्कल गर्न सुरु भइसकेको छ। टिमहरूको समूह विभाजन, विगतका विजेता, हालैका प्रदर्शन तथा समर्थनका दृष्टिबाट सम्भावित विजेताको सूचीमा पुरानै अनुहारको बाहुल्यता देखिन्छ। कतारमा नितान्त नौलो परिस्थिति, फरक मौसम र स्थानले टिमहरूको प्रदर्शनमा कत्तिको फरक पार्ने हो त्यो हेर्न बाँकी छ तर समूह विभाजन र हालसालैका प्रदर्शनका आधारमा केही टिमलाई सम्भावित विजेताका रूपमा विश्लेषण गर्न सकिन्छ। टिमहरूको समूह विभाजन भइसकेको छ र खेल तालिका समेत सार्वजनिक भएको छ। गत अप्रिलमा प्रतियोगिताको ‘ड्र’ निकालिएपछि ब्राजिललाई मुख्य दाबेदार मानेर हेरियो। अर्जेन्टिना लगातार ३५ खेलमा अपराजित रहेपछि उसलाई पनि कमजोर मानिएको छैन। फ्रान्स, इङ्ग्ल्यान्डमाथि दाउ लगाउनेको पनि कमी छैन।
दुई उद्देश्यसहित सेनेगलविरुद्ध खेल्दै नेदरल्यान्ड्स
विश्वकप २०२२ अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले सोमबार सेनेगलसँग खेल्दा विश्वलाई दुई कुरा देखाउने प्रयास गर्नेछ। पहिलो सेनेगलविरुद्ध जित हात पारी आफू पनि ब्राजिल, अर्जेन्टिना र गत विजेता फ्रान्ससरह उपाधि दावेदार हो अनि पछिल्लो विश्वकपमा चयन हुन नसके पनि यस पटक युरोपको शीर्ष टिमका रूपमा कतार आएको हो भन्ने। पहिलो खेलअघि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गाल भन्नुहुन्छ, “हामीसमक्ष विश्व च्याम्पियन बन्ने ठूलो अवसर छ। यस्तो दाबी गर्न प्रशिक्षकहरू डराउँछन् तर म दाबी गर्न सक्छु,” उहाँ भन्नुहुन्छ।
इक्वेडरको सुखद सुरुवात
इक्वेडरले फिफा विश्वकप फटबलमा सुखद सुरुवात गरेको छ । कतारको अल बायट स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २-० गोलले हरायो ।
फिफा विश्वकप भव्य उद्घाटनसहित सुरु
फिफा विश्वकपकौ २२औं संस्करण कतारमा आइतबार राति देखि सुरु भएको छ । एक महिनासम्म चल्ने विश्वकपको कतारस्थित अल बायत स्टेडियममा भब्य उद्घाटन सहित सुरु भएको हो ।
बेन्जेमाको चोटले फ्रान्सलाई धक्का
टोलीका प्रभावशाली स्ट्राइकर करिम बेन्जेमा टोलीबाट बाहिरिएपछि साबिक विजेता फ्रान्सलाई कतार विश्वकपमा ठूलो धक्का लाग्ने भएको छ ।
महंगो विश्वकपको आकर्षक पुरस्कार
विश्व फुटबलको महाकुम्भ मेला २२औँ विश्वकप फुटबल आज (आइतबार) राति कतारको दोहामा भव्य समारोहबीच सुरु हुँदैछ ।
पाँच बुँदामा कतार विश्वकप
कतारमा हुने यो विश्वकप धेरै मानेमा विशेष छ। हिउँदयाममा आयोजना हुने यो पहिलो विश्वकप हुने छ। इस्वी संवत् वर्षको मध्य समयमा हुने गरेको विश्वकप कतारको प्रचण्ड गर्मीका कारणले त्यस अवधिमा हुन नसक्ने भएका कारण फिफाले हिउँदमा विश्वकप सञ्चालन गर्ने निर्णय लिनु परेको थियो। मध्यपूर्व क्षेत्रमा अवस्थित कतारमा धेरै गर्मी हुने गर्छ। गर्मीयाममा यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्नुलाई अचम्म मानिँदैन। यस्तो विषम परिस्थितिबीच विश्वकप परम्परागत समयमा आयोजना सम्पन्न गर्ने सम्भव नदेखिँदा कतारले आफूले पाएको आयोजना अधिकारसमेत गुमाउने अवस्था सिर्जना भएको थियो। तर कतारले हिउँदमा आयोजना गर्ने प्रस्ताव राख्यो र सबै रङ्गशालालाई वातानुकूलित बनाउने प्रतिबद्धता जाहेर गरेपछि फिफा आयोजक परिवर्तन गर्ने विचारबाट पछाडि हट्यो।
साउन्ड ट्र्याक सार्वजनिक
हिपहप स्टार निकी मिनाजले कोलम्बियाकी गायिका मालुमा र लेबनानकी गायिका मिरियम फारेससँग मिलेर निर्माण गरिएको विश्वकप २०२२ को आधिकारिक साउन्ड ट्र्याक शुक्रबार सार्वजनिक गरिएको छ। ‘टुको टाका’नामको सो गीत अङ्ग्रेजी, स्पेनी र अरेबी भाषामा रहेको छ। मालुमा र मिरियमले उद्घाटन दिन फिफा फ्यान फेस्टिभलमा प्रस्तुति पनि दिनुहुनेछ।