चार लाख बढी भुक्तानी रकम लिएको आरोपमा १३ जनाविरुद्ध आरोपपत्र दायर
बढी भुक्तानी रकम लिएको आरोपमा १३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा बिल भरपाई बनाएर बढी भुक्तानी रकम लिएको आरोपमा रोल्पाको गङ्गादेव गाउँपालिका-२ घोरानेटी सोलार पम्पिङ खानेपानी निर्माण आयोजनामाथि आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
अवरुद्ध पृथ्वी राजमार्ग सुचारु
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित मजुवामा ट्रकले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पृथ्वीराजमार्ग चार घण्टापछि सुचारु भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष र अष्ट्रेलियाका सभामुखबिच भेट
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबिच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका सभामुख डिकबिच सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा बुधबार बिहान भेटवार्ता भएको हो ।
पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण
काठमाडौँ महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ ।
एमसिसीको व्याख्यात्मक टिप्पणी स्वीकार
अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालले एमसीए सम्झौता अनुमोदनका क्रममा गरेको व्याख्यात्मक विश्लेषणलाई विशेष अवस्थाको सिफारिसका रूपमा स्वीकार गरेको छ ।
अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएको पृथ्वी राजमार्ग खुलेको छ ।
भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल
भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो ।
पूर्वाधार निर्माणलाई प्राथमिकता दिन अध्यक्ष तिमिल्सिनाको सुझाव
जिल्ला समन्वय समिति रसुवाद्वारा आयोजित जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको मङ्गलबार धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्डको स्नान तथा प्रकृतिक रूपको अनुपम छटा अवलोकनका लागि उच्च भागमा पुग्ने धार्मिक यात्रुलाई सुविधायुक्त पूर्वाधार निर्माण गराउन अत्यावश्यक भएको बताउनुभयो ।
हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध
पहिराका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडास्थित पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहने छ ।
पर्यटकको रोजाइमा हात्ती प्रजनन केन्द्र
चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र पर्यटक आकर्षणका साथै निकुञ्जको संरक्षणमा महìवपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ । सुरुमा निकुञ्ज सफारीका लागि प्रयोग गरिँदै आएका हात्ती यति बेला चोरी सिकार नियन्त्रणका लागि जङ्गल गस्तीमा मात्र प्रयोग हुन थालेका छन् । हिजोआज पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न नभई हात्ती प्रजनन केन्द्रमा हात्ती र हात्तीका छावा हेर्न आउने गरेका छन् । खोरसोर नै पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।
बाढीले अस्थायी पुल र सडकमा क्षति
लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।
स्वास्थ्य चौकी भवन हस्तान्तरण
भूकम्पले क्षति पुगेको दोलखाको शैलुङ गाउँपालिका–५, काटाकुटीमा निर्माण भएको स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । भारत सरकारको एक करोड ७३ लाख रुपियाँ लगानीमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन हस्तान्तरण गरिएको वडाध्यक्ष एवं व्यवस्थापन समिति अध्यक्ष दिलकुमार तामाङले जानकारी दिनुभयो । डेढतले भवनमा तल्लो तलामा १० र माथिल्लो तलामा पाँच गरी १५ कोठा रहेका छन् ।
ह्युमपाइप राखेर सवारीसाधन आउजाउ
मेलम्ची बाढीले बगाएको फट्टेको मोटरेबल पुल तीन वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन । मेलम्ची नगरपालिका–११ र ७ लाई जोड्ने पक्की पुल निर्माण नभएपछि उक्त स्थानमा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गर्न थालिएको छ ।
कतार एयरको जहाज ‘ओभरसुट’
कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।
नेपालमा भोलिबाट ह्विलचियर क्रिकेट एसिया कप
दोस्रो टि २० ह्विलचियर क्रिकेट एसिया कप २०२३ नेपालमा बुधबार सुरु हुँदैछ । सन् २०१९ मा पहिलो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।
राससका फोटो सम्पादन शाखा प्रमुख श्रेष्ठको बिदाइ
छत्तीस वर्ष सेवा गरी उमेर हदका कारण सेवानिवृत्त राष्ट्रिय समाचार समिति (रासस) का फोटो सम्पादन शाखा प्रमुख रामलाल श्रेष्ठको आज रासस केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रमबिच हार्दिकतापूर्ण बिदाइ गरिएको छ ।
दोलखा सुन प्रकरण : काठमाडौँबाट थप तीन जना पक्राउ
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
नीति निर्माणमा दबाब नदिन आइएमएफलाई परिसङ्घको सुझाव
नेपाल उद्योग परिसङ्घ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बिच मुलुकको समग्र अर्थतन्त्रका विषयमा छलफल भएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले शिष्टाचार भेट गर्नुभएको छ ।
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।
प्रदेश सभाको बैठक दोस्रो पटक सूचना टाँस गरेर स्थगित
बागमती प्रदेश सभाको दोस्रो पटक सूचना टाँस गरेर स्थगित गरिएको छ । मङ्गलबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक पुनः विशेष कारणवश भन्दै सूचना टाँस गरेर स्थगित गर्दै बुधबार दिउँसोका लागि बोलाइएको छ ।
कलाकार राष्ट्रका गौरव : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरू राष्ट्रको गौरव भएको बताउनुभएको छ ।
‘साथी महानगर’ का लागि आवश्यक विवरण उपलब्ध गराउन अनुरोध
काठमाडौँ महानगरपालिकाले ‘स्वर्णिम योजना–साथी महानगर’ को उद्देश्यले तयार पारिएको विवरण उपलब्ध गराउन सबै वडामा अनुरोध गरेको छ ।