प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन
नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पाँच क्षेत्र थप
इन्भेस्टमेन्ट कम्पनीकोे सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल धितोपत्र बोर्डले नियमन गर्ने भएको छ । सरकारले नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोकेको हो ।
नेता कोइरालाले ‘वेस्ट मिनिस्टर’ मा सम्बोधन गर्ने
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिन्स्टर) मा सम्बोधन गर्ने हुनुभएको छ । डा. कोइरालाको सचिवालयका अनुसार उहाँले पुस २९ (जनवरी १३)
झिल्टुङ क्रसकन्ट्री माघमा
नवौँ संस्करणको झिल्टुङ क्रसकन्ट्री दौड माघ ५ गते नुवाकोटमा हुने भएको छ । नुवाकोटको कोल्पुटार, बेलकोटगढीमा हुने दौडमा महिला र पुरुषका सात स्पर्धामा प्रतिस्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दलित आयोगले बुझायो प्रतिवेदन
राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष बुझाएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित
विद्यालय सुधारका लागि बाल संरक्षण नीति
मकवानपुरका दुई स्थानीय तहमा विद्यालय बाल संरक्षण नीति तयारी गरी लागु गरिएको छ । विद्यालयलाई समाजका सबै प्रकारका बालबालिकाको निम्ति शिक्षाको सहज र समान पहुँच एवं आकर्षक शैक्षिक संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित नीति तयार गरिएको हो ।
पठन संस्कृतिले बौद्धिक चेत बढाउँछ : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना, बौद्धिकता, सूचना र ज्ञानको विकास गर्ने बताउनुभएको छ ।
एमालेको निष्कर्ष : अर्थतन्त्रमा सुधार आएको छ
सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै मुलुकको अर्थतन्त्रमा सुधार आएको बताउनुभएको छ ।
मन्त्रीसमक्ष संस्कृत विश्वविद्यालयको प्रतिवेदन पेस
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समिति, २०८१ ले आफ्नो प्रतिवेदन पेश गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा शिक्षा मन्त्रालयमा मन्त्री भट्टराईसमक्ष सो प्रतिवेदन हस्तान्तरण गरिएको हो ।
मोटर स्पोर्ट्समा आशिषहरूको दबदबा
माउन्ट एभरेस्ट मोटरस्पोट्र्स फेस्टिभलमा आशिष भारती अटोक्रस च्यालेन्ज र नेपाल अटोजिमखाना (पुरुषा) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्ग मोक्ताङल नेपाल अटोजिखाना (महिला) मा प्रथम हुनुभएको छ ।
झिल्टुङ्ग क्रसकन्ट्री दौड माघमा
नवौँ संस्करणको झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ ५ गते नुवाकोटमा हुने भएको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो ।
हुलाक सेवाको पुनःसंरचनामा सचिव अर्यालको जोड
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकार र जनतालाई जोड्ने भरपर्दो माध्यम हुलाक सेवा भएको बताउनुभएको छ ।
रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको सो पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
प्रगतिशील शक्ति मजबुत हुँदा प्रतिक्रियावादी आतङ्कित : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताउनुभएको छ ।
आज देशभरका अधिकांश स्थानमा मौसम बदली हुने
आज देशभरका अधिकांश क्षेत्रमा मौसम बदली हुनुका साथै तराईसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।
पिएसबीको लोगो निर्माण गर्न खुला प्रतिस्पर्धा
सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको लोगो खुला प्रतिस्पर्धाबाट छनाेट गरिने भएको छ ।
अब स्वतन्त्र जीवन बाँच्न चाहन्छु : खनाल
पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अहिले आफू राजनीतिक दलबाट स्वतन्त्र हुन चाहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले आफू पहिलेदेखि नै निष्क्रिय रहेको र अब स्वतन्त्र जीवन जिउनका लागि राजनीतिबाट टाढा हुन खोजेको उहाँको भनाइ छ ।
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला रू एक हजार पाँच सय घटेको हो ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।
क्लाइम्बिङ स्पोर्टस् एसोसिएसन बागमतीमा नयाँ समिति चयन
नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसिएसन अन्तर्गत बागमती प्रदेश कमिटी र काठमाडौँ उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन भएको छ। दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्।
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली भएको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’
अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले ।
यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।