कलाकारलाई सम्मान गर्नु राज्यको दायित्वः उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरीविकासमन्त्री प्रकाशमान सिंहले कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा नेपाल व्यवसायिक कलाकार संघको ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पटक पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ ।
माघे सङ्क्रान्तिका लागि तरुलको व्यापार (फोटो फिचर)
माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड पिँडालुले बजार भरिन थालेको छ। उपत्यकाका गल्ली तथा चोक–चोकमा तरुल, सखरखण्ड, पिँडालुलगायतका वस्तुको व्यापार पनि बढ्न थालेको छ।
सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर र भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्नका लागि राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्ने बताउनुभएको छ ।
अनुशासन र कर्तव्यपालन गरी अघि बढ्न खेलकुद सङ्घलाई मन्त्री चौधरीको निर्देशन
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद सङ्घहरूलाई निर्देशन दिनुभएको छ । मङ्गलबार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
एमाले केन्द्रीय समितिको बैठक सुरु
नेकपा (एमाले)को केन्द्रीय समितिको तेस्रो दिनको बैठक मङ्गलबार सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि जारी रहेको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुनकोसी नदीमा बाँध निर्माण सुस्त
राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ ।
बागमती कार्ययाेजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताउनुभएको छ । मङ्गलबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगर प्रमुख एवम् उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनामाथि छलफल कार्यक्रममा बोल्नुहुँदै अबका योजनाअनुसार प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्ने बताउनुभएको हो ।
खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।
तिब्बत भूकम्प : रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा र सोलुखुम्बुमा सामान्य क्षति
मङ्गलबार बिहान गएको भूकम्पका कारण रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा र सोलुखुम्बुमा केही घरहरुमा सामान्य क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पबाट भएको भौतिक तथा मानविय क्षतिको विवरण बुझ्न २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गर्नुभएको छ ।
संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधन संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गर्नुभयो ।
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताउनुभएको छ । यहाँस्थित अस्थायी बसपार्कको निरीक्षण गर्दै उहाँले सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकता छ भन्नुभयो ।
धुलो दुध कारखाना अलपत्र
बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको धुलो दुध कारखाना सञ्चालन मोडालिटीको अभावमा अलपत्र छ । कारखाना सञ्चालन गर्ने खाका (मोडालिटी) बिना नै काराखाना निर्माण गरिएको
तिब्बत भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ।
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य यस्तो
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो ।
उनन्तीस वर्षदेखि ओडारमा व्यापार
दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आउनुभएको छ ।
एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी
विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपाली राजदूतावास अबुधाबीद्वारा घुम्ती शिविर सञ्चालन
संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली सङ्घ, युएईलगायत अन्य सङ्घ–संस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ ।
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”
आजको हल्का हिमपातको सम्भावना
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ ।