एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
४०० केभी लप्सीफेदी सब स्टेसन पुसभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौँको पूर्वीभेगस्थित शङ्खरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सब स्टेसन निर्माण धमाधम भई रहेको छ ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्छौंः मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
हात्तीवन क्षेत्रको आगलागी नियन्त्रण गरिँदै (फोटो फिचर)
काठमाडौँको दक्षिणकाली नगरपालिका–४ स्थित हात्तीवनमा बुधवार बेलुकीदेखि लागेको आगो अझै नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय फर्पिङको प्रहरी टोली, दक्षिणकाली नगरपालिकाका नगर प्रहरीहरू, स्थानीयबासीहरु परिचालित भएका छन् ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ ।
भीरबाट लडेर मृत्यु
भीरबाट लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका–५ नलिवनका ३२ वर्षीय राजकुमार पाख्रिनको बुधवार राती भीरबाट लडेर मृत्यु भएको हो ।
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु
जन्ती पु¥याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
साउदीमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा साउदी अरबको रियादस्थित नेपाली राजदूतावासमा बुधबार एक कार्यक्रम आयोजना गरियो ।
‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन प्रेस युनियनको माग
नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ ।
सरकारले राससलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्यो : कार्यकारी अध्यक्ष झा
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झाले राससलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित मूल समारोहमा उहाँले यसका लागि सरकारले बजेट बढाउनुपर्ने नभए आत्मनिर्भर बन्ने गरी स्वायत्तता प्रदान परिनुपर्ने धारणा राख्नुभयो ।
ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
ओटावास्थित नेपाली दूतावासद्वारा हालै क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको सरेमा मोबाइल कन्सुलर क्याम्प सञ्चालन गरियो ।
वनडढेलो नियन्त्रण गर्न समन्वय अभाव
रामेछापका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले वनडढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय रामेछापले स्थानीय तहसँग समन्वय नगरेको गुनासो गरेका छन् । डिभिजन वन कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको वनडढेलो समन्वय तथा अन्तव्रिर्mया कार्यव्रmममा सहभागी भएका नगरपालिका तथा गाउँपालिका प्रमुख, उपप्रमुखले यस्तो गुनासो गर्नुभएको हो ।
जलवायु परिर्वतनको बढी असर कर्णालीमा परेको छ : वनमन्त्री शाही
नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिर्वतनको बढी असर कर्णाली क्षेत्रमा परेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अबसरमा कर्णाली एकता समाज काठमाडौले थानकोट मातातीर्थमा आयोजना गरेको जलवायु परिर्वतन बिषयक जनतेतनामुलक सांस्कृति तथा देउडा कार्यक्रममा वनमन्त्री शाहीले यस्तो बताउनुभएको हो ।
अल्लो प्रशोधन उद्योग सङ्कटमा
गत भदौ ८ र असोज १२ को अविरल वर्षाले क्षति पुगेको रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाको सल्लेटारस्थित शैलुङ अल्लो प्रशोधन उद्योग अझै सञ्चालनमा आउन सकेको छैन ।
रसुवा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा
उत्तरी नाका रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (डाइपोर्ट) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माणाधीन बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको हो ।
वैदेशिक रोजगारीमा जाने पन्ध्र प्रतिशतले बढे
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १५ प्रतिशतले बढेको छ ।
ओडिसा घटनाको पाठ : नेपाली विद्यार्थीको सुरक्षामा चिन्ता
भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युसँगै वैदेशिक अध्ययनमा गएका अन्य विद्यार्थीको सुरक्षाको विषयमा पनि चिन्ता र चासो बढेको छ ।
रेडक्रसलाई अन्तिम म्याद
नेपाल रेडक्रस सोसाइटीलाई विधानविपरीतका गतिविधि रोकेर विधानसम्मत अधिवेशनका लागि २०८२ जेठ १७ गतेसम्म अन्तिम म्याद दिइएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहोस : प्रेस युनियन
नेपाल प्रेस युनियनले सामाजिक सञ्जालसम्बन्धी विधेयकका कतिपय प्रवधानका कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुष्ठित हुने भएकाले सच्याउन माग गरेको छ ।
मेयर कप चेसमा आठ खेलाडीको अग्रता
विदुर नगरपालिकाको वडा नं. १ स्थित ढुङ्गेको होटल याङ्ग्रामा एघारौं वोर्डमा स्पर्धा गरेकी कम रेटेड बिनिताले आफू भन्दा उच्च रेटेड खेलाडी हर्कबहादुर चोङ्वाङलाई पराजित गर्दै अप्रत्याशित नजिता आत्म साथ गर्नुभएको छ ।
इन्टरनेटमा आधारित हिंसा गम्भीर प्रकृतिका छन् : अध्यक्ष डा. अर्याल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष कुन्दन अर्यालले इन्टरनेटमा आधारित हिंसा गम्भीर प्रकृतिको भएको बताउनुभएको छ।
बागमती गोल्डकप : संकटालाई हराउँदै एपीएफ सेमिफाइनलमा
विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘दीर्घ रोगीको हेरचाहमा सरकारले अपनत्व लिनुपर्छ’
निको नहुने तथा जीवन सीमित पार्ने दीर्घ रोगीलाई अन्तिम समयसम्म गरिने हेरचाहको सेवालाई तीनै तहका सरकारले अपनत्व लिनुपर्ने सरोकारवाला निकायको भेलाले निष्कर्ष निकालेको छ।