इपिएसको आवेदन आह्वानमा ढिलाइ
दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यस वर्षका लागि इपिएसमार्फत कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिला गरेको छ । अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुसमै भाषा परीक्षाको आवेदन खुला गरेको एचआरडी कोरियाले अहिलेसम्म आवेदन माग गरेको छैन ।
विधेयक र अध्यादेशमा साझा सहमतिको प्रयास
संविधान कार्यान्वयनका सवालमा निर्माण गर्नुपर्ने कानुनलाई तीव्र रूपमा अगाडि बढाउने उद्देश्यले सत्ता साझेदार दल आन्तरिक र बहुपक्षीय संवादमा छन् ।
निवृत्त शिक्षकका नाममा तलबभत्ता
काठमाडौँ महानगरपालिकाभित्रका केही सामुदायिक विद्यालयले अवकाश प्राप्त शिक्षकको नाममा पनि महानगरपालिकाबाट तलबभत्ता लिने गरेको पाइएको छ ।
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा आज साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको छ।
शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताउनुभएको छ। शनिबार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीस्थित श्री मावि ज्यामिरेखानीको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो।
‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’
काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा बाँकी रहेको सेमेष्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ ।
कैलाशमा ‘जिपलाइन’ को परीक्षण
मकवानपुरको सुन्दर पर्यटकीय क्षेत्र कैलाश गाउँपालिकामा साहसिक खेल ‘जिपलाइन’ निर्माण परीक्षण गरिएको छ। पर्यटकीय स्थलको प्रवर्धन र पर्यटक आकर्षित गर्न ‘जिपलाइन’ निर्माण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो।
गैँडाको आक्रमणबाट एक घाइते
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६, खयरघारीमा गैँडाको आक्रमणबाट एक जना घाइते हुनुभएको छ ।
अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाए : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताउनुभएको छ ।
अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सिन्धुलीको मुल्कोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
सिन्धुलीको विपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका-५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन् । झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०२-००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
रिङ्कु सदालाई न्याय दिन माग
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेको छ ।
विपी प्रतिष्ठानको सेवा, जनशक्ति र पूर्वाधारमा उल्लेख्य काम गरेका छौं : उपकुलपति डा. गिरी
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै सबैभन्दा बढी बिरामीले सेवा लिनेमध्ये संस्थाका रूपमा रहेको छ ।
राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपति पौडेलको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोट्सहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गर्नुभएको छ ।
राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सार्वजनिक स्थानमा फोहर फाल्नेप्रति कठोर बन्दै कामपा
काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई रु. पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ ।
यातायातसम्बन्धी सबै समस्या समाधान गर्छाैँ : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबैखाले समस्या समाधान गर्न प्रदेश सकार तयार रहेको बताउनुभएको छ ।
‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा स्वास्थ्यमन्त्री थापा
आज कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित अरनिको राजमार्गखण्डको सरसफाइमा ‘राष्ट्रका लागि दुई घण्टा अभियान’लाई साथ दिन हातमा कुचो र डस्विन बोक्दै सडकमा पुग्नुभयो बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा ।
सहकारीप्रतिको नकारात्मक भावलाई चिर्न सहकारीकाे गतिविधि राम्रो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले सहकारीप्रति नकारात्मक धारणा रहेको भन्दै आफ्नो गतिविधिबाट सहकारीहरुले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रको सुरक्षामा सेनाको महत्त्वपूर्ण भूमिका : प्रदेश प्रमुख
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राष्ट्रको सुरक्षामा नेपाली सेनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।
वर्षासँगै भएको हिपातले श्रद्धालु भक्तजन अलपत्र
हिउँदे पानीसँगै भएको हिमपातले दोलखाको तीन हजार ८४२ मिटराइ उचाइको कालिञ्चोक भगवतीको दर्शन गर्न आएका हजारौँ भक्तजनहरू अलपत्र परेका छन् ।
जसपा नेपालको केन्द्रीय समिति बैठक
जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ वटा सब स्टेसन निर्माणाधीन
काठमाडौँ उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सब स्टेसन निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्माण गरिरहेको छ ।