सदरमुकाममैै छैन बसपार्क
दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ । जिल्लाभित्र चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनले जथाभावी पार्किङ गर्ने र यात्रुलाई चढाउने ओराल्ने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
दशैँभर टिप्पर चलाउन रोक
चाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दशैँ अवधिभर काभ्रे जिल्लाभर टिप्पर सञ्चालन गर्न रोक लगाइएको छ । दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिप्पर नचलाउने निर्णय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको सार्वजनिक यातायात व्यवसायीहरूको बैठकले गरेको हो । यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार बीपी राजमार्ग भएर पूर्वी जिल्ला जाने सवारीको यान्त्रिक परीक्षण गरेको छ ।
दुर्घटना न्यूनीकरण गर्न समय तालिका
चाडपर्वमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागू गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले प्रदेशअन्तर्गतका मकवानपुरसहित चार जिल्लामा चाडपर्वलाई लक्षित गरी शुक्रबारबाट ‘टाइम कार्ड’ लागू गरेको हो ।
चार दिनमा दुई लाख ५९ हजारले उपत्यका छाडे
दशैँ मान्नका लागि चार दिनमा दुई लाख ५९ हजार १४७ जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । शानिबार काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख किशोर तमाङ्गले बताउनुभयो ।
काठमाडौं महानगरले कुहिने फोहोर फाल्न स्थान पहिचानको काम गर्दै
काठमाडौं महानगरपालिकाले कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ ।
मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल
गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो ।
पहिराेले गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध
‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ ।
काभ्रेपलाञ्चोकमा आजदेखि टिपर चलाउन निषेध
दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।
गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न
रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।