भुरुङ्ग–तातोपानी बस्ती
कालीगण्डकी नदीको किनार र भिरको फेदीमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग–तातोपानीको बस्ती ।
हाइकिङसँग जोडिँदै गर्लाङ सामुदायिक होमस्टे
पोखरा महानगरपालिका–१६ स्थित गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवर्द्धनको प्रयास थालिएको छ । पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको छ ।
बागलुङ ट्राफिकद्वारा एक करोड बिस लाख राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सङ्कलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व सङ्कलन बढ्दो क्रममा छ ।
उदिपुर पहिरो रोकथाम गरिँदै
सङ्घीय सरकारको रु ११ करोड १९ लाख बजेटमा उदिपुर देउरालीडाँडा पहिरो रोकथाम सुरु गरिएको छ । डुम्रे बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि पर्खाल निर्माण सुरु गरिएको हो ।
दमौलीमा ज्वरो र झाडापखालाका बिरामी बढे
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो ।
माछापोखरीमा डुबेर एकको मृत्यु
गोरखामा माछा पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।
खोलाले बगाउँदा दुईको मृत्यु
खोलाले बगाउँदा तनहुँमा दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–५ साँगे निवासी २० वर्षीय शिशिर कुमालको आइतबार साँझ घर नजिकैको साँगे खोलाले बगाउँदा मृत्यु भएको हो भने भानु नगरपालिका–६ लेङगाबारीका ३१ वर्षीय निमबहादुर मश्राङ्गीको चुँदीखोलाले बगाउँदा मृत्यु भएको हो ।
पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध
पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ ।मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो ।
व्यावसायिक केरा खेतीमा रमाएका निर्मल
पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आउनुभएको छ
बर्सौैंपछि खबरामा खानेपानी
बेनी नगरपालिका–२, खबरामा खानेपानीको पहुँच विस्तार भएको छ । बर्सौंदेखि खानेपानीको समस्या भोग्दै आएका खबरावासीलाई लक्षित गरेर चार वर्ष अघिबाट सो योजना सञ्चालन गरिएको हो ।
बर्सौैंपछि खबरामा खानेपानी
बेनी नगरपालिका–२, खबरामा खानेपानीको पहुँच विस्तार भएको छ । बर्सौंदेखि खानेपानीको समस्या भोग्दै आएका खबरावासीलाई लक्षित गरेर चार वर्ष अघिबाट सो योजना सञ्चालन गरिएको हो ।
साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।
मनकामना केबलकार ५० दिन बन्द
नेपालको पहिलो केबलकार मनकामना केबलकार असार ३१ गतेबाट लागु हुने गरी ५० दिनको लागि बन्द भएको छ । नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले ५० दिनको लागि बन्द गर्नु परेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनु भयो ।
दुई बालिका पोखरीमा मृत भेटिए
स्याङ्जाको पुतलीबजार नगरपालिका –४ रामकोष स्वारामा रहेको पानीको दह (पोखरी) मा एकै घरका दिदीबहिनी मृत अवस्थामा भेटिएका छन् ।
पोखराको झिझिर्कामा ५ घर विस्थापित, २६ घर जोखिममा
पोखरा महानगरपालिका वडा नं. २५, हेम्जाको झिझिर्का फलामे खेतमा आएको पहिरोले ५ घर विस्थापित भएका छन् भने २६ घर पहिरोको उच्च जोखिममा छन् ।
बाढी पहिरोले सडक बगाउँदा तीन गाउँका स्थानीय समस्यामा
दुई साताअघि आएको बाढी पहिरोले सडक बगाउँदा बेँसीसहर नगरपालिका-११ का रुम्टाबेँसी, बजारखुट्टा र बुढीकुवा बगरबोट गाउँका स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको छ ।
नवलपुरमा ८० प्रतिशत धान रोपाइँ
नवलपुरमा हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने बौदिकाली र बुलिङ्गटारमा अझै रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पहिरोकाे उच्च जोखिममा लल्याङ
निरन्तर वर्षाका कारण स्याङ्जाको गल्याङ नगरपालिका-३ लल्याङका ७० घर उच्च जोखिममा परेका छन् । ठुलाभर्लाको पहिरोबाट १० वर्षबाट जोखिममा मोलिरहेका यहाँका गाउँलेले लगातारको वर्षाले गाउँकोबिच भाग बेलैतीबारी र भित्रबारीबाट पहिलो गएसँगै उच्च जोखिममा भएको हो ।
मृतकका परिवारलाई छ लाख ५० हजार राहत
मनसुनजन्य विपदबाट बागलुङमा तीन जनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपदमा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले छ लाख ५० हजार राहत प्रदान गरेको जनाएको छ ।
सिमलताल बस दुर्घटना: अर्का एक यात्रुको शव नवलपुरमा भेटियो
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा अर्का एक युवकको शव भेटिएको छ। उक्त शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसका यात्रुको भएको प्रहरीले जनाएको छ।
अबुवाँ-बिर्दी-सेरा सडक ११ घण्टापछि सुचारु
गोरखामा वर्षाका कारण अबुवाँ-बिर्दी-सेरा सडक खण्ड ११ घण्टापछि सुचारु भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण अबुँव-बिर्दी-सेरा खण्डको भट्टाबेशीमा शनिबार बिहान ९ बजे गएको पहिरोलाई आइतबार बिहान ७ बजे पहिरो पन्छाएर सडक सुचारु गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिको अधिकारमा प्रदेश सरकारको चासो
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चासो रहेको बताउनुभएको छ ।
सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
म्याग्दीको मालिका गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण गरिएको छ । गाउँपालिकाको ७६ लाख रुपियाँ बजेटबाट पन्थोकमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो ।
रामघाटलाई रामताल बनाउन आवश्यक
लगातारको वर्षासँगै आएको सेती नदीको बाढीले पोखरा रामघाट क्षेत्र जलमग्न भएको छ । सेती नदीको रामघाट, शान्तिघाट, तुलसीघाट र बौद्ध अर्घौं सदनलगायतका क्षेत्र जलमग्न भएका हुन् । उक्त क्षेत्र पोखरी नै हुँदा मृत्यु संस्कारमा शव जलाउन समस्या भएको छ ।