कागेश्वरी मनोहरामा काँग्रेस र माओवादीको गठबन्धन, अन्य दलले चुनाैती दिने
कागेश्वरी मनोहरामा काँग्रेस र माओवादीको गठबन्धनसँगै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ । कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपेन्द्र कार्की र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का भोला चापागाईं हुनुहुन्छ ।
अन्तरिम आदेश अस्वीकार
सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । निवेदकले उठाएका विषयवस्तुबारे अन्तिम सुनुवाइबाटै निरूपण गर्नु उचित हुने भन्दै अदालतले जेठ १७ गतेबाट अन्तिम सुनुवाइको मितिसमेत तोकेको छ ।
विकासका लागि काँग्रेसलाई जिताउनुहोस् : डा. आरजु
नेपाली काँग्रेस नेत्री डा. आरजु राणा देउवाले विकास गर्ने भनेको अहिले स्थानीय सरकारले भएकाले स्थानीय तहमा काँग्रेसलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्छु : नेत्री सिंह
गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताउनुभएको छ ।
निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह
गृहमन्त्री बालकृष्ण खाणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गर्नुभएको छ।
गठबन्धन टुटाउने षड्यन्त्र भएको छ : प्रधानमन्त्री
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ।
गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जान्छ : अध्यक्ष दाहाल
काठमाडौं, वैशाख २२ गते। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनुभएको छ। पाँच दलीय गठबन्धनले बिहीबार चितवनमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले साथ सहयोग रह्यो भने धेरै परसम्म जान सकिने बताउनुभएको हो। गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै उहाँले भन्नुभयो, “गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिन, देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले गठबन्धनको विरोधमा जानेले दिनुपर्छ।” तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/२० वर्ष गठबन्धनलाई कायम राख्ने उहाँको प्रतिबद्धता थियो। उहाँले विसं २०४६ देखि कम्युनिष्ट र कांग्रेसबीच सहकार्य हुँदै आएको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, “तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ।” उहाँले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताउनुभयो। “यो जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो भनेर चितवनवासी जनताले उत्साहपूर्ण ढङ्गले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो भने म उत्साहित हुनेछु र यो गठबन्धनलाई १०/२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ।” प्रचण्डले यसअघिको निर्वाचनमा सोचे अनुरुपको परिणाम नआएपछि गठबन्धन नयाँ ढङ्गले अघि बढेको प्रष्ट्याउनुभयो। गठबन्धन कम्युनिष्ट पार्टीहरुसँग गर्दै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रष्ट कुरा भएको उहाँको भनाइ थियो।उहाँले भन्नुभयो, “हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ, तपाईहरुको साथ र सहयोग भयो भने यो निरन्तर अघि बढ्छ।” यो प्राकृतिक गठबन्धन भएको भन्दै उहाँले वृहत शान्ति सम्झौतामा सहभागी भएका दलहरुबीचमा गठबन्धन भएको बताउनुभयो।रासस
एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम आउँदै
नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली चुनावी कार्यक्रमका लागि आज (बिहीबार) सुदूरपश्चिम आउनु हुने भएको छ । एमालेका उम्मेदवार जिताउन आयोजना हुने स्थानीय तहका आमसभालाई सम्वोधन गर्न अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश आउनु हुने भएको हो ।
म्यादी प्रहरी राज्यका अभिन्न अंग हुन् : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी राज्यको अभिन्न अंग भएको बताउनुभएको छ ।