सङ्घीयता कार्यान्वयन अध्ययन समितिको प्रतिवेदन राष्ट्रिय सभामा
सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्रीको अध्यक्षतामा ‘उच्चस्तरीय प्रशासन सुधार आयोग’ गठन गर्न सरकारलाई सिफारिस गरेको छ ।
मुलुकलाई सुशासन र समृद्धि दिनेगरी काम अघि बढ्यो : सांसद शर्मा
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले मुलुकलाई सुशासन र समृद्धि दिनेगरी सरकार अघि बढिरहेको दाबी गर्नु भएको छ ।
रेशम चौधरीलाई तत्काल रिहा गर्नुपर्छ : सांसद देव
नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहा गर्न सरकारलाई दबाब दिनुभएको छ।
बागमतीको सभामुखमा राप्रपाका पाठक निर्वाचित
बागमती प्रदेशको प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठक निर्वाचित हुनुभएको छ । प्रदेश सभामुखका लागि शुक्रबार भएको निर्वाचनमा पाठकले ६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको ।
राष्ट्रिय सभाको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे १ मिनेटमा सुरु हुने सङ्घीय सचिवालयले जनाएको छ ।
सांसदलाई नै राहदानी बनाउन सास्ती !
“राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिए । कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेट्टयाउनै आधा घण्टा लाग्यो”, राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहाल गुनासो गर्दै भन्नुभयो ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले लिनुभयो विश्वासको मत (फोटो फिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।
प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बस्ने
प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बस्ने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अर्को बैठक माघ ५ गते जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई ऐतिहासिक बहुमतसहित विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा बढी मत प्राप्त गर्नुभएको छ।
‘सरकारले जनअपेक्षा पूरा गर्न सफल होस्’
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारको नेतृत्व गर्नेले अर्काको पहिचान मेटाउने काम गरे मुलुकमा पुनः अशान्ति उत्पन्न हुने खतरा रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।
जनतासँग गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासामु प्रस्तुत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको रूपमा विश्वासको मत माग्नुभएपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन् ।
देश झनै सङ्कटमा जानसक्ने स्थिति देखियो : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गर्नुभएको छ।
सन्तुलित परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता एवम् स्वाभिमानको रक्षाका लागि वर्तमान सरकारले सन्तुलित परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्ने बताउनुभएको छ।
सरकार स्पष्ट योजनाका साथ आएको छ, विश्वासको मत दिनुस् : नेत्री शर्मा
नेकपा (माओवादी केन्द्र) का नेत्री रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।
कांग्रेसको निर्णयप्रति एमाले अध्यक्ष ओलीको आशङ्का
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशङ्का व्यक्त गर्नुभएको छ।
राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हीनताबोध गर्नुपर्दैन: अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको बताउनुभएको छ ।
देश र जनताको हितमा काम गर्ने विश्वास लिएका छौं : शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितमा काम गर्ने विश्वासका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभएको छ।
समृद्धिको सङ्कल्पसहित विश्वासको मत माग्छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार विश्वासको मत माग्नुभएको छ। मङ्गलबार दिउँसो १ बजे बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्नुभएको हो।
सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउँछु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुँदै (प्रत्यक्ष प्रसारण)
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बसेको बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको हो ।
लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।