युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ ।
बेनी-जोमसोम सडक मर्मत हुँदै
बेनी–जोमसोम–कोरला कालिगण्डकी कोरिडोर पहिरो र नदी कटानले सताएपछि अहिले गुइँठे तथा बैसरीमा प्लाष्टिकले छोपेर सडक जोगाउने काम गरिएको छ ।
समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याप्रति सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
बागलुङ बजारमा लाखेको रौनक
बागलुङ बजारमा लाखेनाचको रौनकता छाएको छ । घण्टाकर्ण अर्थात् गठेमङ्गलको भोलिपल्टबाट नाच्न थालिने लाखे यहाँका नेवार समुदायको परम्परागत नाच हो । शाक्य कल्याण समाज बागलुङले लाखे नाच संरक्षणको अगुवाइ गर्दै आएको छ ।
प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो ।
‘प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला अनिवार्य’
नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले संवैधानिक व्यवस्था गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।
वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
नवलपुरको प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
त्रियुगा क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि
जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशको घटनामा वृद्धि भएको छ ।
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो
यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले घटेको छ ।
सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
बङ्गलादेशमा भड्किएको हिंसाको असर पर्न नदिन र सामाजिक सद्भाव कायम राख्न यहाँका सरोकार राख्ने पक्षहरुबिच सहमति भएको छ ।
मोटरसाइकल चोरीका घटना बढे
जिल्ला सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीका घटनामा वृद्धि भएको छ ।
उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गत किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो।
भरतपुरका सबै वडामा ‘सिसी क्यामेरा’
भरतपुर महानगरपालिकाका-२९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ ।
तीर्थयात्रीको उपचारका लागि गोसाइँकुण्डमा चिकित्सक टोली
रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ ।
सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
एक सय १८ हेक्टर जमिनमा वृक्षरोपण
डिभिजन वन कार्यालय दोलखाले जिल्लाका विभिन्न स्थानका एक सय १८ हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा रोपेको छ । आर्थिक वर्ष ०८०–८१ को एक वर्षमा जिल्लाभित्र सो हेक्टर जमिनमा २ लाख २४ हजार २ सय ६२ वृक्षरोपण गरिएको हो ।
पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत
गत साता बागलुङको बडिगाड गाउँपालिका-९ र १० मा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।
सार्कका विविध पक्षबारे छलफल
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबिच छलफल भएको छ ।
सेनाद्वारा मधेश प्रदेशमा वृक्षरोपण अभियान सञ्चालन
नेपाली सेनाले बृहत् वृक्षरोपण अभियानअन्तर्गत मधेश प्रदेशमा यस वर्षको बर्खायाममा हालसम्म ६० हजारको सङ्ख्यामा वृक्षरोपण गरेको छ ।
६२ करोडभन्दा बढी राजस्व असुली
आर्थिक वर्ष २०८०।०८१ मा करदाता सेवा कार्यालय तौलिहवाद्वारा लक्ष्यको ८६ दशमलव ५० प्रतिशत राजस्व असुली गरेको छ ।
नाकामा अवरोध हटेपछि पर्यटक आवागमनमा सहज
कोभिड-१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ ।
सुस्त मनस्थितिकी किशोरी बलात्कार गर्ने युवक कारागार चलान
सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् ।
नेपालगञ्ज-गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने अनिश्चित
नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा निर्माण गर्ने भनिएको चारलेनको कल्भर्ट निर्माणको काम अझै अनिश्चित छ ।