यार्सा खोज्ने क्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग
गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका २७ तथा ज्यान गुमाएका चारजनाका परिवारलाई दैनिक उपभोग्य सामग्रीका साथै लत्ताकपडा प्रदान गरेको हो ।
मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली
मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । यो वर्ष राहीले करिब रु एक लाखमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याउनुभएको हो । नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिब रु ६० हजार थप खर्च भएको उहाँले बताउनुभयो ।
छ वर्षीय बालकको हत्या
वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ विस्थापित टोलमा ६ वर्षीय एक बालकको हत्या भएको छ । मङ्लबार दिउँसो आफन्त पर्नेले पिर्काले टाउकोमा हिर्काएर गम्भीर चोट लागेको बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिमलतालमा अध्ययन टोलीको स्थलगत निरीक्षण
सिमलताल दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरुले स्थलगत निरीक्षण गर्नुभएको छ । आज बिहान चितवन आएको टोली बिहान घटनास्थल पुगेर अध्ययन गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । घटनास्थलको स्थलगत निरीक्षण गरेपश्चात सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
सत्र वर्षपछि सर्लाही ‘मन्त्रीविहीन’
२०६५ सालदेखि प्रत्येक मन्त्रीपरिषद्मा जिल्लाका सांसदले मन्त्री पाउँदै आएको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठन भएको सरकारमा सर्लाहीका कोही पनि सांसद मन्त्री नभएपछि १७ वर्षदेखि कुनै न कुनै मन्त्री पाइरहेको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुगेको हो । चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी सात जना सङ्घीय सांसद हुनुहुन्छ ।
‘प्रवासीको देश हुन्न’ माथि अन्तर्क्रिया
प्रवासमा बसेर साहित्यमा कलम चलाइ रहेका आख्यानकार पञ्चम अधिकारीको नवीनतम कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ हालै बजारमा आएको कृति हो । सम्पूर्ण किताब नारायणगढले चितवनका पाठकहरू माझ ‘प्रवासीको देश हुन्न’माथि अन्तरक्रिया गराएको छ ।
बाल सुधार गृहका बाल बन्दीमा छाला रोगको सङ्क्रमण
बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ ।
भुरुङ गाउँ
वर्षातपछि हरियाली छाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२स्थित पर्यटकीय गाउँ भुरुङ र आसपासको क्षेत्र। यहाँबाट मुन्द्राचढाउने डाँडा हुँदै धौलागिरी आइसफल पदमार्ग जोडिएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा