गठबन्धन दलले छेकेर एमाले छेकिन्न : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले आगामी निर्वाचनमा एमालेलाई विजयी हुनबाट हरप्रयास गर्ने भए पनि जनताको शक्तिले एमाले बहुमतसाथ विजयी भएर आउने बताउनुभएको छ । लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आम जनताले बुझिसक्नुभएको उहाँले बताउनुभयो । गठबन्धनले छेकेर एमाले नछेकिने उहाँको भनाइ छ ।
पाशुपत क्षेत्रमा वृक्षबन्धन
काठमाडौं साउन २७ गते। रक्षाबन्धन पर्वको अवसरमा वातावरण स्वंयम सेवक समूहले पाशुपत क्षेत्रको मृगस्थली वनमा वृक्षलाई रक्षाबन्धन बाध्दै वृक्ष बन्धन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वातावरण अभियन्ता आनन्द भण्डारीले वृक्ष बन्धनको औचित्यमा प्रष्ट पार्दै हामीले जसरी दाजुभाइ र दिदीबहिनीको दीर्घायु र सु–स्वास्थको कामना गर्दै रक्षाबन्धन बाँधेर संरक्षणको सकल्प गछौं त्यसरी नै प्राणवायु अक्सिजन बोक्ने वृक्षको सरक्षण गर्नु हाम्रो पहिलो कर्तव्य भएको बताउनुभयो । कार्यक्रममा पुर्व राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकी, वरिष्ठ वातावरण कानुनविद प्रा. डा. तरप्रसाद सापकोटा, डा.चिरिन्जीवी भट्टराई, वन विभागका पूर्व महानिर्देशक गौरीशंकर तिमला, मनबहादुर खडका, डिभिजन वन कार्यलय प्रमुख बद्रीकुमार कार्की, प्रेम शर्मा, प्रो–पब्लिकका अध्यक्ष प्रकाशमणि शर्मा साथै वन संरक्षण अभियन्ता सुरेश शर्मा लागायत ३५ जनाको सहभागिता थियो । कार्यक्रम बटुकबाट स्वस्थी वाचन गरिएको थियो ।
शिक्षा प्रणाली राम्रो छैन भन्ने प्रचार नगर्नुस् : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न आग्रह गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले नेपालको शिक्षा गुणस्तर छैन भन्ने कुराको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।
सुरही खोलामा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज
नारद कोहारतौलिहवा, साउन २८ गते । कपिलबस्तुको शिवराज नगरपालिका -१ सुरही खोलामा शंकास्पद वस्तु फेला परेको छ । गर्मी छल्न पौडी खेल्न गएका स्थानीयहरूले शङ्कास्पद बम जस्तो देखिने वस्तु देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरही पुल नजिकै फेला परेको सो वस्तुलाई नेपाली सेनाले शनिबार डिस्पोज गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा राजमार्गलाई केही समय अवरुद्ध गरी डिस्पोज गरिएको थियो ।ठूलो आवाजमा डिस्पोज भएको उक्त वस्तु फेला परेर ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीय चुरबहादुर खड्काले बताउनुभयो । शुक्रबार जानकारी प्राप्त भएको र शनिबार बिहान गोरुसिङ्गेमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीले सो वस्तु डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।तत्कालीन द्वन्द्वकालमा उक्त वस्तु त्यहाँ छुटेको हुनसक्ने अनुमान गरिएकाे छ । सुरक्षालाई मध्यनजर गरी उक्त वस्तु डिस्पोज गरिएको उहाँले बताउनुभयो ।
नगरप्रमुखसहित जनश्रमदान गरेर सडक पुनर्निर्माण
जनार्जन खत्रीसर्लाही, साउन २८ गते । सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) जनश्रमदानको काममा आफैँ खटिन थाल्नुभएको छ । उहाँ केही दिनदेखि सडकमा दुर्घटना गराउने जोखिम रहेका ढुङ्गा टिप्ने, बाढीले बिगारेको सडक पुनर्निर्माण गर्ने जस्ता काममा सरिक हुन थाल्नुभएको हो । शनिबार बिहान मात्रै नगरप्रमुख बुढाथोकीकै अगुवाईमा हरिवन नगरपालिका–८, फेदीमा कैलाशपुरी खोलाले बगाएको सडक पुनर्निर्माण गरिएको छ । हरिवनदेखि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित क्यानेश्वरतर्फ जाने सडक वर्र्षामा बाढी आएर बिगारेकोमा नगरप्रमुख बुढाथोकी, नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ता र स्थानीयवासी समेतको उपस्थितिमा ढुङ्गा बिच्छयाएर पुनर्निर्माण गरिएको हो । झण्डै ४० मिटर सडक पुनर्निर्माण गरिएको स्थानीयले बताएका छन् । नगरप्रमुख बुढाथोकी, माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलसहित ४० जना भन्दा बढी स्थानीय दुई घण्टा श्रमदानमा खटिनुभएको थियो । माओवादी केन्द्र सर्लाहीको संयोजक समेत रहनुभएका नगरप्रमुख बुढाथोकीले आवश्यकता अनुसार अब यसैगरी साप्ताहिक रुपमा जनश्रमदानको काम गर्दै जाने बताउनुभएको छ । नगरप्रमुख बुढाथोकी यसअघि हरिवन बजार क्षेत्रमा सवारी दुर्घटना हुने गरी सडकमा रहेका ढुङ्गो टिप्ने काममा खटिनुभएको थियो । स्थानीयका अनुसार शनिबार दुई घण्टा जनश्रमदान गरेर ढुङ्गा बिच्छयाइएको फेदीस्थित कैलाशपुरी खोलामा अहिलेसम्म पुल बन्न सकेको छैन । हरिवनबाट क्यानेश्वर जोड्ने करिव १५ किलोमिटर सडक वर्र्षायाममा बाढी आउँदा बन्द जस्तै हुने गरेको छ । दुई दशक अघि नै निर्माण भएको उक्त ग्रामीण सडक स्तरोन्नति नहुँदा हरिवन बजारसम्म आउजाउ गर्नुपर्ने क्यानेश्वर क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका छन् ।
करेन्ट लागेर मृत्यु
धान खेतमा पानी हाल्नेक्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । महागढीमाई नगरपालिका –२ इनर्वा टोलका ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँको चनरदेव भगतको धान खेतमा सिंचाई गर्दैगर्दा मोटरमा तार जोड्ने क्रममा शनिबार बिहान सावा ७ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
स्याङ्जामा भएको छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
स्याङ्जामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । वालिङ र आँधीखोलामा गरी दुई जनाको ज्यान गएको हो । वालिङमा हिँड्ने क्रममा भीरबाट लडेर एक जनाको ज्यान गएको छ भने आँधीखोला गाँउपालिकामा घाँस काट्ने क्रममा लडेर एक जनाको ज्यान गएको हो ।
टिकट वितरणमा मनपरी नहोस् : नेता केसी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा न्यायोचित ढंगले टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मिटरब्याज पीडितलाई उजुरी दिन सरकारको आग्रह
सरकारले देशभर रहेका सबै मिटरव्याज पीडितलाई एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ ।