प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण
बागमती प्रदेश सभाबाट पारित भएको दुई वटा विधेयक बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कात्तिक १ गते बिहीबार प्रमाणीकरण गर्नुभएको छ ।
दसैँको समयमा नाकाबाट ४५ को उद्धार
बाँकेको नेपालगन्जस्थित नेपाल र भारत सिमानाका जमुनाहबाट दसैँको समयमा जोखिमपूर्ण यात्रामा रहेका ४५ जना नेपाली नागरिकको उद्धार गरिएको छ ।
कुमाख पहाडको मेला (फोटो फिचर)
सल्यान सदरमुकाम खलंगाबाट आठ घण्टा पैदल यात्राको दूरीमा रहेको कुमाख धार्मिक तथा प्राकृतिक पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ। समुन्द्री सतहदेखि दुई हजार पाँच सय २० मिटर उचाइमा रहेको छ।
बाढीबाट प्रभावित काभ्रेको खानेपानी संरचना द्रुत प्रक्रियामा बनाउँछौँ : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशीलगायतका खोलानालाले बिगारेको संरचनाको काम द्रुत प्रक्रियामा निर्माण गरिने बताउनु भएको छ ।
जहाँ पुगौँला उहीँ चाड मनाउँला...
सपालिको विजयादशमीका दिन दिन पर्यटक पथप्रदर्शक दिवस गुरुङ मनाङको विकट गाउँ नार्फु हुनुहुन्थ्यो । देशभर दसैँको उल्लास छाइरहँदा उहाँ भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्कनुभएको थियो ।
बाँके राष्ट्रिय निकुञ्जमा आगन्तुक सूचना केन्द्र बन्ने
बाँके राष्ट्रिय निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर कोहलपुरमा आगन्तुक सूचना केन्द्र स्थापना हुने भएको छ।
लेबनानको पूर्वी र दक्षिणी क्षेत्र खाली गर्न इजरायलद्वारा आदेश जारी
इजरायली सेनाले बिहीबार लेबनानको पूर्वी र दक्षिणी क्षेत्रहरूका केही भागहरू छोड्न स्थानीय बासिन्दालाई आह्वान गर्दै पुनः ती क्षेत्रलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको छ ।
भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट
फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले बिहीबार तेस्रो त्रैमासिकमा खुद नाफामा ३२ प्रतिशतले वृद्धि भएको जनाएको छ । नोकियाले तेस्रो त्रैमासिकमा ४.३ अर्ब युरो (४.७ अर्ब डलर) को बिक्री को घोषणा गरेको छ ।
निजी सङ्कलनको दुध नलिने निर्णयपछि डिडिसी केन्द्रमा तालाबन्दी
दुग्ध विकास संस्थान (डिडिसी) ले बिहीबारदेखि निजी संस्था÷फर्म तथा निजी डेरीबाट सङ्कलन भएको दुध नलिने निर्णय गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा रहेका निजी डेरी तथा फर्म सञ्चालकले डिडिसी बनेपा सङ्कलन केन्द्रमा तालाबन्दी गरेका छन्।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।
आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग
निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ ।
बधशाला विवाद समाधान गरि सञ्चालन गर्न माग
बुटवलमा निर्माण सम्पन्न भएपनि विवादका कारण सञ्चालनमा आउन नसकेको पशु बधशाला दिगोरुपमा सञ्चालन गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
स्थानीय तह उपनिर्वाचन : निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो
निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ ।
व्यावसायिक बाख्रा पालनमा जम्दै ढालबहादुर
कपिलवस्तु बाणगंगा नगरपालिका –९ का ढालबहादुर बुढाले रहरले सुरु गरेको बाख्रा पालन व्यवसायबाट अहिले लाखौं आम्दानी गर्न सफल हुनुभएको छ ।
लोक सेवाले शाखा अधिकृतको दरखास्त आह्वान गर्दै
लोक सेवा आयोगले यही कात्तिकको अन्तिम बुधबार शाखा अधिकृतका लागि दरखास्त आह्वान गर्दैछ ।
बार अध्यक्षविरुद्धविरुद्धको मुद्दामा कारण देखाऊ आदेश
सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
चलचित्र 'ज्वाइँ साब'लाई हलले शो नदिएको गुनासो
नेपालगन्जमा दर्शकहरुले नेपाली चलचित्र 'ज्वाइँ साब' हेर्न नपाएको गुनासो गरेका छन् ।
प्रशासकीय केन्द्र साल्दाङ र उवा बाली
डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र साल्दाङ र यहाँ लगाइएको उवा बाली ।
विदेशी वाउन्सरको जागिर छाडेर कागतीतर्फ
नवलपुरको कावासोती नगरपालिका –१७ गोछडाटारका सागर लाम्सालले पाँच वर्षसम्म नेपाली सेनामा जागिर खानुभयो । जागिरबाट सन्तुष्टि नमिलेपछि उहाँ राजीनामा दिएर वैदेशिक रोजगारीका लागि दुबई जानुभयो ।
शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता
यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले रु १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पुर्याई बुबाको शव परीक्षण गराउनुभयो ।
नेप्से परिसूचकमा सामान्य वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ४७ अङ्कले उकालो लागेर दुई हजार सात सय ४५ दशमलव ३६ मा पुगेको छ ।
नेपाल र अमेरिकाबिच टी–२० सिरिज शुक्रबारदेखि
आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी–२० क्रिकेट खेल्ने भएको छ ।
बालुवाटार बैठक : सर्च कमिटीलाई पूर्णता दिने विषयमा शीर्ष तीन दल सहमत
शीर्ष तीन राजनीतिक दल शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन गठन हुने भनिएको सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा सहमत भएका छन्।
३२ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
मकवानपुरमा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ ।