लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु
लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको छ ।
बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक दुई लाख रुपियाँ प्रदान गरेको हो ।
नटिङ्घमको कठिन जित
नटिङ्घम फरेस्टले इङ्लिस प्रिमियर लिग फुटबलमा कठिन जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा नटिङ्घमले क्रिस्टल प्यालेसलाई १–० गोलले हरायो ।
रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी
उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउँदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको दाबी “आधारहीन’’ भएको दाबी गर्नुभएको छ ।
विश्व समुदायले नेपालको प्रशंसा गरिरहेको छ : परराष्ट्रमन्त्री डा. राणा
डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको छ । उहाँ अन्तर्राष्ट्रिय समुदायमा वर्तमान सरकारको छवि सुधार तथा नेपालको अन्तर्राष्ट्रिय र छिमेकीसँगको सम्बन्धलाई सुदृढ बनाउने अभियानमा हुनुहुन्छ ।
लुम्बिनी लायन्सको प्रतिभा खोज अभियान
नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरका लागि सुनौलो अवसर ल्याएको छ ।
दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।
भारतद्वारा द्वन्द्वग्रस्त प्यालेस्टाइनमा पहिलो चरणको मानवीय सहायता प्रदान
मध्यपूर्वमा चलिरहेको द्वन्द्वका बीच भारतले प्यालेस्टाइनका जनताका लागि मानवीय सहायता प्रदान गर्ने महत्त्वपूर्ण कदम चालेको छ ।
पेट्रोल पम्प निर्माणको काम अघि नबढाउन उच्च अदालतको आदेश
कास्कीको पोखरा महानगरपालिका-६ रत्नपुरीमा नेपाल प्रहरीले बनाउँदै गरेको पेट्रोल पम्प निर्माण अगाडि नबढाउन उच्च अदालत पोखराले मङ्गलबार अन्तरिम आदेश दिएको छ ।
बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो ।
सप्तरीमा धान उत्पादन २० प्रतिशतले घट्ने
सप्तरीको कृषकले लगाइएको धान बालीमध्ये ६ हजार हेक्टरको १८ हजार मेट्रिक टन धानबाली बाढीले नष्ट गर्दा अनुमानित ३० करोड बराबरको क्षति भएको छ ।
बिमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्दैछौँ : अध्यक्ष सिलवाल
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको बताउनुभएको छ ।
नारायणगढ-बुटवल सडक : विस्तारको सात वर्षमा पनि अवस्था उस्तै
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
विचाराधीन विधेयक पेस गर्न सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिनुभएको छ ।
प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च
लामो समयसम्म चलेको द्वन्द्वले प्यालेस्टिनी क्षेत्रहरूमा गरिबीको दर यस वर्ष लगभग दोब्बर भइ ७४.३ प्रतिशतमा पुगेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले मङ्गलबार जारी गरेको प्रतिवेदनले जनाएको छ ।
प्रतिष्ठानहरुमा एकरुपता हुन जरुरी छः मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एकरुपता हुन जरुरी रहेको औल्याउनुभएको छ । मङ्गलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।
स्कुल बसले ठक्कर दिँदा ११ वर्षीया बालिकाको मृत्यु
धनुषा जिल्लाको धनौजी गाउँपालिकामा स्कुल बसले ठक्कर दिँदा रामजानकी बोर्डिङ स्कुलकी ११ वर्षीया बालिकाको ज्यान गएको छ ।
भैरहवामा घुम्ती शिविर
रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाकाले उद्योगी व्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ति शिविर सुरु गरेको छ । नगर क्षेत्रभित्र रहेका उद्योग एवम् व्यवसाय फर्मको दर्ता, व्यवसाय कर, नवीकरणसम्बन्धि सबै सेवा वडा, टोलबाट प्रदान गर्नेगरी शिविर सञ्चालनमा ल्याइएको नरपालीका राजश्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिनुभयो ।
रुप्से झरनाको अवलोकन गर्दै पर्यटक
कालिगण्डकी कोरिडोरमा पर्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण रुप्से झरना अवलोकन गर्ने आन्तरिक पर्यटक बढेका छन् । यो सिजन मुस्ताङ भ्रमणका लागि अनुकूल समय हो ।
तरुण पुरस्कार गोरखापत्रकर्मी नहर्कीलाई प्रदान गरिने
नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट गोरखापत्रकर्मी अमरराज नहर्कीलाई सम्मान गरिने भएको छ । नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७२ औँ स्थापना दिवसका अवसरमा पत्रकार नहर्कीलाई सम्मान गर्ने भएको हो ।
खाना, नाना र छानाभन्दा ठुलो मानवीयता हुँदैन : प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानवका लागि खाना, नाना र छानाभन्दा ठुलो मानवीयता अरू केही नहुने बताउनुभएको छ ।
व्यावसायिक फूलखेती
पश्चिम मकवानपुरको मनहरी–७ रमौलीका किसान हरि शरण अर्यालले व्यावसायिक फूलखेती गर्नुभएको छ । सप्तरङ्गी टीका, सयपत्री र मखमली फूलको माला लगाउने पर्वका रूपमा मानिने तिहारका लागि उहाँले कलकत्ते जातको सयपत्री फूलको खेती गर्नुभएको हो ।
रुपन्देही जिल्ला अदालत अगाडि सहकारीपीडितको प्रदर्शन
सहकारीपीडितहरुले रुपन्देही जिल्ला अदालत भैरहवा अगाडि विरोध प्रदर्शन गरेका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पीडितले मङ्गलबार अदालत अघि विरोध प्रदर्शन गरेका हुन् ।
बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम
पाँच मुरी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम दिने भएको छ । कृषकलाई बदाम उत्पादनमा अझै हौसला मिलोस् भनेर नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम दिन लागेको हो ।