श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
सिक्री चोरेर भाग्ने एक प्रक्राउ
झापा मेचीनगर १० धुलाबारी बजारमा महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्ने एक जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ का २० बर्षीय निरज राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोडका लजमा दिउँसै यौनधन्दा, नौजना पक्राउ
झापाको बिर्तामोडस्थित पश्चिम स्टेनका विभिन्न होटलबाट यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले नौजना युवतीलाई पक्राउ गरेको छ ।
‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन : डा. ढकाल
झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ ।
स्वास्थ्य बीमा र अस्पताल, स्थानीय पालिकाको प्राथमिकता
झापामा नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिन समस्या हुन थालेपछि स्थानीय तहहरुले बीमाको उपचारमा सहजताका लागि विशेषज्ञसहितको अस्पताल बनाउने कार्यलाई प्राथमिकताका साथ आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गनै थालेको पाईएको छ ।
एक वर्षमा हात्ती आक्रमणमा झापामा पाँचको मृत्यु
चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
चैनपुर ट्र्याक्टर दुर्घटनाः मृतकको सङ्ख्या तीन पुग्यो
चैनपुर नगरपालिका–१० मा ट्र्याक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ ट्र्याक्टर पल्टिएर ट्र्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।
नापतौल र प्रशासनविरुद्ध बजार बन्द
असार मसान्तको चटारोमा नियतवश स्थानीय प्रशासन र नापतौल विभागले दुःख दिने काम भएको भन्दै उदयपुरका व्यापार व्यवसायी त्यसको विरुद्धमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुर र नापतौल विभागले दुःख दिएको भन्दै सोको विरुद्धमा उनीहरूले शुक्रबार उदयपुरको सदरमुकाम गाईघाट बजार बन्द गराएका छन् ।
प्रदेश एकको नाम टुङ्गो लगाउन कसरत
प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।