चीनको कोष उद्योगलाई अवसरहरू सदुपयोग गर्न आग्रह
चीनको धितोपत्र पर्यवेक्षकका उपप्रमुखले अर्थतन्त्रले सामना गरेको चुनौतीका बाबजुद पनि देशको पुँजी बजार र कोष उद्योग रणनीतिक अवसरको महत्त्वपूर्ण अवधिमा रहेको बताएका छन् ।
श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल घोषणा
आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
रूसको इन्धन प्रतिबन्धले ‘रातो रेखा' पार गर्यो
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल प्रतिबन्धको साथ ईयु एकतामा ‘आक्रमण’ गरेकोमा आलोचना गर्दै यसले रातो रेखा पार गरेको बताउएको छ ।
भारतमा २४ घण्टामा तीन हजार ५४५ नयाँ सङ्क्रमित
भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म तीन हजार ५४५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ ।
युक्रेनको मारियुपोलबाट झण्डै पाँच सय सर्वसाधारण विस्थापित
संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान सुरु भएदेखि मारिउपोल शहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झण्डै पाँच सय नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले शुक्रबार उल्लेख गरेका छन् ।
इथियोपियामा मानवीय सहायताका पर्याप्त नभएको संयुक्त राष्ट्रसङ्घको भनाइ
संयुक्त राष्ट्रसङ्घले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ ।
अफगानिस्तानमा चरम भोकमरी
अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो ।
चीनमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो
चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो ।
भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार
तीमध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।