प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागजनी
बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् ।
जेडी भान्सद्वारा अमेरिकाको उपराष्ट्रपति बन्ने प्रस्ताव स्वीकार
जेडी भ्यान्सले रिपब्लिकन पार्टीबाट अमेरिकाको उपराष्ट्रपति बन्ने प्रस्तवलाई स्वीकार गर्नुभएको छ । विस्कन्सिनको मिलवाउकीमा चलिरहेको रिपब्लिकन राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपतिको उम्मेवार बन्ने प्रस्तावलाई स्वीकार गर्नुभएको हो ।
राष्ट्रपति बाइडेनलाई श्वासप्रश्वासमा हल्का समस्या
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित श्वासप्रश्वासमा हल्का समस्याको लक्षण’ अनुभव गर्नुभएको र चिकित्सकको सल्लाहमा प्याक्सलोभिडको डोज दिइएको ह्वाइट हाउसले जनाएको छ ।
इजिप्टको कुल बजेट घाटा १०.५ बिलियन अमेरिकी डलरमा झर्यो
इजिप्टको कुल बजेट घाटा गत आर्थिक वर्षको ६१० अर्ब इजिप्टियन पाउण्डको तुलनामा सन् २०२३/२०२४ मा सम्पन्न आर्थिक वर्ष २०२३/२०२४ मा ५०५ अर्ब इजिप्टियन पाउण्ड (लगभग १०.५ बिलियन अमेरिकी डलर) मा झरेको इजिप्टका अर्थमन्त्री अहमद कौचौकले बताउनुभएको छ ।
भारतको जीडीपी वृद्धि प्रक्षेपण ७ प्रतिशत
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतको २०२४–२५ का लागि जीडीपी वृद्धि प्रक्षेपण अप्रिलमा अनुमानित ६.८ प्रतिशतबाट ७ प्रतिशतमा बढाएको छ ।
भगवानको कृपाले म बाँचे : पूर्वराष्ट्रपति ट्रम्प
पूर्व अमेरिकी राष्ट्रपति एवम् रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आइतबार भएको आक्रमणको वर्णन गर्दै आफू भगवानको कृपाले बाँचेको बताउनुभएको छ ।
बङ्गलादेशमा प्रदर्शनकारीले टेलिभिजनमा आगो लगाए
प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ ।
समलिङ्गी दम्पतीका लागि वैवाहिक बिमासम्बन्धी अधिकार सुनिश्चित
दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार समलिङ्गी जोडीहरूको नयाँ अधिकारलाई मान्यता दिँदै राज्यले समलिङ्गी दम्पतीहरूलाई स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने ऐतिहासिक फैसला सुनाएको छ ।
बैंककको होटलमा ६ जना विदेशी मृत फेला
बैंकक शहरको एउटा होटलमा ६ जना विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
गाजापट्टीमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष : युएनआरडब्लुए
प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले बुधबार गाजापट्टीमा विस्थापित मानिसहरूमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष गरिरहेको बताएको छ ।
अस्ट्रेलियामा बेरोजगारी दर वृद्वि
अस्ट्रेलियाको बेरोजगारी दर जुन महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ ।
इजराइली बमबारीबाट गाजामा नौ प्यालेस्टिनीको मृत्यु, दर्जनौँ घाइते
गाजा शहरमा विस्थापितहरूको एक विद्यालयको आवासको गेटमा भएको इजराइली बमबारीमा कम्तीमा नौ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले जनाएका छन् ।
विद्यार्थीले मृत सहपाठीप्रति शोक मनाउँदै गर्दा बङ्गलादेशी प्रधानमन्त्रीद्वारा सजाय दिने वाचा
बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले बुधबार निजामती सेवा भर्ती नियमको विरोधमा जारी विद्यार्थी आन्दोलनमा छ जनाको हत्याका लागि जिम्मेबार व्यक्तिहरूलाई सजाय दिने वाचा गर्नुभएको छ ।
क्रिप्टो व्यवसायबारे पुटिनको चेतावनी
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रुसमा क्रिप्टोकरेन्सी व्यवसायका बारेमा चेतावनी दिँदै यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताउनु भएको छ ।
इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने हजबुल्लाहको चेतावनी
हजबुल्लाहका नेता हसन नसरूल्लाहले इजरायलले लेबनानमा थप नागरिक लक्षित आक्रमण गरेमा आफ्नो इरान समर्थित समूहले इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।
जबरजस्ती नसबन्दी गरिएका पीडितसँग माफी माग्दै जापानी प्रधानमन्त्री
जापानका प्रधानमन्त्रीले बुधबार सन् १९४८ देखि १९९६ को बिचमा यूजेनिक्स कानुनअन्तर्गत हजारौं मानिसहरूलाई जबरजस्ती नसबंदी गरिएकोमा पीडितहरूसँग माफी माग्नुभएको छ ।
इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचासँगै गाजामा घातक हमला
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले घोषणा गरेको युद्धविराम योजनाको आशा पछि हमासमाथि दबाब बढाउने वाचा गरेसँगै इजरायलले बुधबार गाजामा पुनः हवाई आक्रमण गर्यो ।
चिनियाँ युवा बेरोजगारी दरमा सुधार
चीनको अनिश्चित आर्थिक दृष्टिकोणबारे छलफल गर्न नीति निर्माताद्वारा बेइजिङमा बोलाएको बैठकपछि जून महिनामा चीनमा युवा बेरोजगारी घटेको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ ।
इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई इरानले बुधबार अस्वीकार गरेको छ ।
एमएच १७ विमान खसालिएको घटनामा रुस जवाफदेही
अस्ट्रेलियाले बुधबार सन् २०१४ मा झण्डै ३०० जनाको ज्यान जाने गरी मलेसियन एयरलाइन्सको एमएच १७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ ।
अफगानिस्तानमा वर्षा र असिनाका कारण ३५ जनाको मृत्यु, २३० घाइते
अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाका कारण कम्तीमा ३५ जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ ।
अमेरिकामा चारजनामा बर्डफ्लुको सङ्क्रमण पुष्टि
कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ ।
रुवाण्डामा कागामे चौथो कार्यकालका लागि निर्वाचित
रुवाण्डाका राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि चुनावमा ९९.१५ प्रतिशत मतसहित निर्वाचित हुनुभएको छ । जहाँ दुई प्रतिद्वन्द्वीलाई मात्र चुनाव लड्न अनुमति दिइएको थियो ।
रुस–युक्रेन युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह
मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ ।