क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसामुक्त प्रवेश अनुमति
चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ ।
२०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति ३ प्रतिशतभन्दा कम हुने अनुमान
अस्ट्रेलियाको मुद्रास्फीति दर २०२४ को अन्त्यसम्ममा ३ प्रतिशतभन्दा कम हुने अनुमान गरिएको छ । ट्रेजरीले जारी गरेको प्रक्षेपण अनुसार मुद्रास्फीति डिसेम्बरसम्म २.७५ प्रतिशत र २०२५ को अन्त्यसम्ममा २.५ प्रतिशतमा झर्नेछ ।
भारतको खुद्रा मुद्रास्फीति ४.८३ प्रतिशतमा घट्यो
भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा घटेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।
रुसले युक्रेनमा आक्रमण बढाउँदा पाँच हजार सात सयलाई सुरक्षित स्थानमा सारियो
युक्रेनमा तनाव बढ्दै जाँदा रुसले खार्किभ क्षेत्रमा आफ्नो स्थल आक्रमण विस्तार गरेको छ । मोर्चालाई फराकिलो बनाउने र युक्रेनको रक्षा फौजलाई दबाब दिने प्रयासमा नयाँ क्षेत्रहरूलाई लक्षित गरी रुसले आक्रमण गरेको अल जजिराले यस क्षेत्रका गभर्नरलाई उद्धृत गर्दै बताएको छ ।
विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित
बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र रोगहरू व्यवस्थापन गर्न कीटनाशकहरूको व्यापक प्रयोगले इकोसिस्टम स्वास्थ्यका लागि आवश्यक प्रजातिहरूलाई हानि पुर्याउन सक्ने चिन्ता व्यक्त गरेको छ ।
अफगानिस्तानमा ४० हजार बालबालिका घरबारविहीन
उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झण्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको परोपकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ ।
भारतमा आँधीका कारण १४ जनाको मृत्यु
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन् ।
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय बैंकको लक्ष्य ब्यान्डमा फर्किने सरकारको प्रक्षेपण छ ।
भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की
पश्चिमी भारतको जयपुर सहरमा कम्तीमा चार विद्यालयमा सोमबार बमको धम्की आएको छ । धम्कीपछि विद्यालय प्रशासनले विद्यार्थीहरू बाहिर निकालेको छ भने प्रहरीलाई बोलाएको छ ।
केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गरेको अपिल खारेज
सर्वोच्च अदालतले सोमबार दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मामिलामा प्रवर्तन निर्देशालय (इडी) ले पक्राउ गरेको कारण अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्रीको पदबाट हटाउन माग गरिएको अपिल खारेज गरेको छ ।
श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा एसएलएफपीको अध्यक्ष पदबाट राजीनामा
श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले मन्त्री विजयदास राजापक्षेलाई आफ्नो स्थानमा नियुक्त गर्नुभएको छ ।
इराकद्वारा २०२५ को अन्त्यसम्ममा ‘संयुक्त राष्ट्रसङ्घको सहायता अभियान’ अन्त्य गर्न आह्वान
इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसन (युएनएएमआई) को सञ्चालन समाप्त गर्न अनुरोध गरेको छ ।
जापानले ७७ प्रतिशत कोभिड १९ को मौखिक औषधी नष्ट गर्दै
जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधीको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायली सेनाद्वारा गाजा जानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा
इजरायली सेनाले आइतबार प्रभावित गाजापट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ ।
भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु
भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसदका ९६ स्थानका लागि आज मतदान हुँदैछ ।
इजरायल आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३५ हजार नजिक
इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या बढेर ३४ हजार ९७१ पुगेको छ । ७८ हजार ६४१ घाइते भएका छन् ।
राष्ट्रसङ्घीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबार गाजामा इजरायल–हमास युद्ध, बन्धकहरूको फिर्ता र घेरामा परेको प्यालेस्टाइन क्षेत्रमा मानवीय सहायतामा ‘वृद्धि’ तुरुन्त रोक्न आग्रह गर्नुभएको छ ।
युक्रेनी सेनाद्वारा रुसको बेलगोरोडमा गोलाबारी : १७ जना अस्पताल भर्ना
युक्रेनी सेनाले रुसको सीमावर्ती क्षेत्र बेलगोरोडमा गरेको ठुलो गोलाबारीपछि एक बालकसहित १७ जनालाई अस्पतालमा भर्ना गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आइतबार बताउनुभएको छ ।
इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु
इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी) ले जनाएको छ ।
अफगानिस्तानमा आएको आँधी र बाढीले ७० जनाको मृत्यु
अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।
चाडका ६० लाख मानिसका लागि खाद्यान्न सहयोग आवश्यक : संयुक्त राष्ट्रसङ्घ
छिमेकी सुडानबाट पाँच लाख शरणार्थीको आतिथ्यता गरेको चाडलाई आफ्ना एक करोड ८० लाख जसङ्ख्यामध्ये एक तिहाइका लागि खाद्य सुरक्षा तथा पोषण सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय मानवतावादीहरूले बताएका छन् ।
इराकद्वारा सन् २०२५ सम्ममा राष्ट्रसङ्घीय मिसन छाड्न आह्वान
इराक सरकारले संयुक्त राष्ट्रसङ्घलाई सन् २०२५ सम्ममा देशमा दशकौं लामो समयदेखि कायम रहेको राजनीतिक मिसन समाप्त गर्न आग्रह गरेको एएफपीले जनाएको छ । इराकले अब राष्ट्रसङ्घीय सेना आवश्यक नरहेको बताएको छ ।
जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानडाका दुई समुदायलाई आपत्कालीन चेतावनी
क्यानडाको पश्चिमी प्रान्त अल्बर्टामा जङ्गलमा लागेको नियन्त्रणबाहिरको डढेलोका कारण दुई समुदायका लागि शुक्रबार राती निकासीको चेतावनी जारी गरिएको छ ।
अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, घाइते ६० जना अस्पतालमा
ब्युनस आयर्समा शुक्रबार एउटा यात्रुवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते करिब ६० जनालाई अर्जेन्टिनाको राजधानीको अस्पतालमा पठाइएको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये टाउकोमा चोट लागेका दुई जनाको अवस्था गम्भीर रहेको छ ।