गत वर्षभन्दा धान रोपाइँमा कमी
ढिलो मनसुन सुरु भएका कारण गत वर्षको तुलनामा रोपाइँ कम भएको छ । कृषि विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ११.१४ प्रतिशत मात्र रोपाइँ भएको छ । जब कि गत वर्ष असार १० सम्ममा १७ प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो । सबभन्दा बढी कर्णाली र सुदूरपश्चिममा २३–२३ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । कोशी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा ११.९, गण्डकी प्रदेशमा ६.८९ प्रतिशत, बागमतीमा पाँच प्रतिशत रोपाइँ भएको छ भने सबभन्दा कम मधेशमा हालसम्म तीन प्रतिशत रोपाइँ मात्र भएको छ ।
एलडिसी स्तरोन्नतिको रणनीति अन्तिम चरणमा
राष्ट्रिय योजना आयोगले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने सन्दर्भमा आवश्यक रणनीति निर्धारणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीतिसम्बन्धी मस्यौदामाथि गरिएको छलफलका क्रममा सो कुरा बताइएको हो ।
पेट्रोलियमको मूल्य घट्दा आयल निगमलाई राहत
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तेल खरिद गरेबापतको बक्यौता २४ अर्ब रकम चुक्ता गरेको छ । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र दरले वृद्धि हुन थालेपछि निगम पुस २०७७ देखि नोक्सानीमा जान थालेको थियो। अहिले दुई वर्षको बक्यौता रकम निगमले एक वर्षमै चुक्ता गरेको हो। निगमले अन्तर्राष्ट्रिय बजारमा घटेको दरमा नेपाली बजारमा मूल्य नघटाएर चर्को नाफा राखेको थियो। कच्चा तेलको मूल्य घटे पनि ‘तेल किन्दा लागेको ऋण तेल बेचेरै तिर्ने’ भन्दै निगमले बक्यौता र ऋण तिर्न उच्च नाफा राखेर उपभोक्ता मूल्य भने न्यून मात्र घटाएको थियो ।
पर्यटकको आगमन बढ्यो पूर्वाधार सञ्चालन कहिले ?
पर्यटक आगमनको गति बढे पनि सोही क्षेत्रको प्रवर्धनका लागि निर्मित पूर्वाधारको समुचित उपयोग हुन नसक्दा पर्यटन उद्यमकै दिगोपनामा असर गर्ने देखिएको छ । सन् २०२३ को छ महिनामा पौने पाँच लाख विदेशी पर्यटक नेपाल भ्रमणमा गरेका छन् । अध्यामन विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि जुनसम्म चार लाख ७६ हजार ४८१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
वैदेशिक रोजगारीको कुरूप पाटो, देशभित्रै ठगिन्छन् युवा
वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये झन्डै ५४ प्रतिशत मुद्दा नेपालमा हुने ठगीमा परेका पीडितको रहेको जनाएको हो ।
निगमले आइओसीलाई तिर्यो २४ अर्ब बक्यौता
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी ) लाई २४ अर्ब बक्यौता रकम बुझाएको छ।
ऋणको उपयोग गर्ने नीति लिइएको छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताउनुभएको छ।
पाँच स्थानीय तहको बजेट पारित, ६ को बाँकी
गोरखाका ११ वटा स्थानीय तहले नीति तथा कार्यक्रम ल्याएका छन् । असार १० गतेभित्र सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने प्रावधान छ । सोहीअनुरूप नीति तथा कार्यक्रम र बजेट ल्याए पनि कतिपयले पारित गरेका छैनन् ।
‘कर गरिबका लागि होइन, हुनेखानेका लागि हो’
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले गरिब वर्गलाई लक्षित नगरी हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरेको बताउनुभएको छ ।
तरकारी र फलफूल आयात कम गरिनेछ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गर्ने बताउनुभएको छ।
नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ९७ दशमलव २९ मा सीमित भएको छ।
मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने
बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाएको छ ।
लगातारको वर्षासँगै रोपाइँको चटारो
सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षेत्रफलमा धान खेती हुने कैलाली जिल्लामा हालसम्म न्यून मात्रामा रोपाइँ भएको छ । मनसुन ढिलो गरी सक्रिय हुनका साथै सिँचाइ असुविधाका कारण मध्य असारसम्म थोरै रोपाइँ भएको जनाइएको छ । असार १५ अर्थात् राष्ट्रिय धान तथा रोपाइँ दिवसको दिनसम्म जम्मा ३० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रराज शर्माले बताउनुभयो । गत वर्ष यही बेलासम्म आधाजति रोपाइँ भइसकेको थियो तर यो वर्ष मनसुन ढिला सुरु हुँदा रोपाइँ ढिलो गरी नै सुरु गरेको किसान बताउँछन् ।
कर्णाली प्रदेशमा त्रिचालीस प्रतिशत रोपाइँ
कर्णाली प्रदेशका विभिन्न जिल्लामा हालसम्म ४३ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार असार १५ गतेसम्मको तथ्याङ्क अनुसार सुर्खेतमा २५ र जुम्लामा ९० प्रतिशत रोपाइँ भएको छ । सो निर्देशनालयका निमित्त प्रमुख चित्रबहादुर रोकायाले यो अवधिसम्म प्रदेशभर ४३ प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको बताउनुभयो । कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा ९० प्रतिशत र तल्लो क्षेत्रका सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम र जाजरकोटमा हालसम्म ३८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
प्रदेशभरि एघार प्रतिशत मात्र रोपाइँ
मनसुन सुरु भए पनि पर्याप्त वर्षा भइनसकेकाले किसानले रोपाइँ गर्न सकेका छैनन्। आधा असार सकिँदा लुम्बिनी प्रदेशमा जम्मा ११ प्रतिशत मात्र रोपाइँ भएको छ। यो वर्षको धान दिवस प्रदेशका विभिन्न ठाउँमा धान दिवस मनाइए पनि धेरै ठाउँमा किसानका खेत सुक्खा छन्। असार १५ गते शुक्रबारसम्म जम्मा ११ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ। यस पटक वर्षामा कमी आएकाले रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ। सिँचाइ पुगेको भए आधा रोपाइँ भइसक्ने प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले बताउनुभयो। मरासिनीका अनुसार गत वर्ष यही अवधिमा झन्डै ३२.७१ प्रतिशत रोपाइँ भएको थियो।
उद्योगलाई ऋण पुनर्संरचनाको सुविधा
निर्माणसँग सम्बन्धित सबै कर्जाको पनि पुनर्संरचना गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैङ्कले निर्माणसँग सम्बन्धित सबै कर्जाको पुनर्संचरना गर्न पाउने जनाएको छ । राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो समीक्षामा गरिएको व्यवस्थालाई थप प्रस्ट पार्दै शुक्रबार फेरि सर्कुलर जारी गरेको हो । यसअघिको व्यवस्थामा सिमेन्ट, इँटा, पाइप तथा डन्डीलगायतका उद्योगलाई यस्तो सुविधा पाउनेको सूचीमा नराखेको राष्ट्र बैङ्कले व्यवस्थालाई थप प्रस्ट पार्दै पुनर्संरचनाको सुविधा पाउने व्यवस्था गरेको हो । बैङ्कहरूको ऋण असुलीमा परेको चापलाई हेरेर केन्द्रीय बैङ्कले यस्तो व्यवस्था गरिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग उच्च
मुलुकबाट अधिकांश स्वदेशी वस्तुको कुल निर्यात घटिरहेका बेला अलैँचीको निर्यात भने ६९ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा (साउन–जेठ) सम्म अलैँची निर्यात ६९ प्रतिशतले बढेर सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बराबरको ९३ लाख ८६ हजार ५६९ केजी निर्यात भएको छ ।
मलको अभाव नहुने सरकारको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धानको सिजनमा मलको अभाव नहुने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड मात्र होइन, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पनि यसपालिको धानको सिजनमा मलको अभाव नहुने दाबी गर्नुभएको छ । असार १३ गते प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो, “पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन् । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसद्मा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिने छैन ।”
विदेशी अनलाइनबाट खरिदको बाटो खुल्दै
अमेजन, इबे, अलिबाबा, वालमार्ट जस्ता चर्चित इकमर्स सेवाप्रदायकबाट पनि वस्तु खरिद गर्न सकिने प्रस्ताव अघि सारिएको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस किसिमको प्रस्ताव गरिएको हो । विधेयकको दफा ११ मा ‘प्रचलित सङ्घीय कानुनको अधीनमा रही कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले विद्युतीय व्यापार गर्ने विदेशस्थित कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट कुनै वस्तु वा सेवा खरिद गरी आयात गर्न सक्ने उल्लेख छ ।
करको दायराभित्र पर्नेलाई छुट दिन सकिँदैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दायराभित्र पर्नेलाई छुट दिन नसकिने बताउनुभएको छ।
सुनमा विलाशिताको कर लगाइएको छैनः अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा विलाशिताको वस्तुमा लाग्ने कर नलगाएको बताउनुभएको छ। पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँगको शनिबार भएको भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
हराउँदै गए हल गोरु
असार १५ गते झापासहित देशका विभिन्न ठाँउमा विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइएको छ। यो असार १५ मा मेसिनको प्रयोग तथा प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहेको पाइएको थियो।
बजेटको लक्ष्य लोकप्रिय छ: अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताउनुभयो । शनिवार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’
बजारमा जुम्ली स्याउको माग, जिल्लामा खेती विस्तार
बजारमा जुम्ली स्याउको माग बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ। जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा ‘एक घर एक स्याउ बगैँचा’ अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने कार्य अघि बढेको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदान दिने कार्यनीतिले स्याउ खेती विस्तार हुँदै गएको हो। आर्थिक वर्ष २०७३/७४ सालदेखि प्रधानमन्त्री