गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति पौडेलले सोमबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासी राजदूत पदमा नियुक्त गर्नुभएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड’ का उपाध्यक्ष झाङ शाओगाङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
ड्यालसमा नेजाको अन्तरक्रिया
नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले आसन्न अधिवेशनका बारेमा आइतबार टेक्ससको ड्यालसमा समुदायसँग अन्तरक्रिया गरेको छ ।
कतार जाने पचास प्रतिशतले कमी
रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो । मङ्सिरमा दुई हजार ६६५ जना, पुसमा दुई हजार ५०६ जना र माघ महिना दुई हजार २२९ जना मात्रै रोजगारीका लागि कतार गएको विभागले जनाएको छ ।
सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।
१४ वर्षदेखि साउदीमा बेपत्ता
घर परिवारका समस्या टार्न विदेसिनुभएका मोरङको पथरीशनिश्चरे– ३ का शुक्रराज तामाङ १४ वर्षदेखि साउदी अरबमा बेपत्ता हुनुहुन्छ ।
विश्व व्यापार सङ्गठनबाट सुविधा पाउन नेपालले पहल गर्ने
सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेको नेपालले त्यसपछि पनि विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मार्फत पाइरहेका सुविधाको निरन्तरताका लागि पहल गर्ने भएको छ ।
चीनका दुई अधिवेशनको समुद्घाटन
चीनको सर्वोच्च राजनीतिक परामर्शदातृ अङ्गको वार्षिक अधिवेशन शनिबार सुरु भएको छ। महान् आधुनिक समाजवादी देश निर्माणमा चीनले सफलता हासिल गर्दैगर्दाको अति महत्वपूर्ण यस वर्षमा उक्त अधिवेशनको प्रारम्भसँगै दुई अधिवेशनको समुद्घाटन भएको हो।पेइचिङ्स्थित जनताको महान् सभाकक्ष (ग्रेट हल अफ पिपल) मा (४ मार्च २०२३ मा) सुरु भएको चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) को १४ औँ राष्ट्रिय समितिको पहिलो सत्रको उद्घाटन बैठकमा चीनका राष्ट्रपति सी चिनफिङ लगायतका नेता सहभागी हुनुभयो।१३ औँ सीपीपीसीसी राष्ट्रिय समितिका अध्यक्ष वाङ याङले सीपीपीसीसी राष्ट्रिय समितिको बैठक समक्ष आफ्नो कार्यसम्पादन प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा उहाँले राजनीतिक सल्लाहकार समितिले शताब्दीका दुई लक्ष्य प्राप्त गर्न बुद्वि र शक्तिको योगदानसहित बृहत् सहमति निर्माण गरेको बताउनुभयो।‘दुई अधिवेशन’ भन्नाले चीनको सर्वोच्च व्यवस्थापिका राष्ट्रिय जनकङ्ग्रेस (एनपीसी) तथा सीपीपीसीसी राष्ट्रिय समितिको वार्षिक बैठकलाई जनाउँछ। एनपीसी अधिवेशन आइतबार (५ मार्च २०२३) सुरु भएको छ।चीनको राजनीतिक पात्रोमा ‘दुई अधिवेशन’ को ठूलो महत्व छ। अधिवेशनको अवधिमा केन्द्रीय सरकारले आफ्नो कार्यसम्पादन प्रतिवेदन पेस गर्छ जसमा सामान्यतया विगतका उपलब्धिको समीक्षा र आगामी वर्ष एवम् निकट भविष्यका लागि विकासका लक्ष्य समेटिएको हुन्छ।चीनले तोकिएकै समयमा शताब्दीको पहिलो लक्ष्य सबै पक्षबाट मध्यमस्तरको समृद्ध समाज निर्माण गर्ने कार्यमा सफलता हासिल गरेको छ।हजारौँ सङ्ख्यामा चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका सदस्य र राजनीतिक सल्लाहकारहरूले प्रस्तुत प्रतिवेदनमाथि छलफल एवम् समीक्षा गर्छन्। साथै, यसै समयमा राष्ट्रिय व्यवस्थापिका, सर्वोच्च अदालत तथा सर्वाेच्च न्यायाधीवक्ता कार्यालयका प्रतिवेदनको समीक्षा पनि हुन्छ।यस वर्षको राजनीतिक जमघटले छुट्टै महत्व बोकेको छ। राज्यका निकायमा नेतृत्वदायी पदाधिकारी एवम् सीपीपीसीसी राष्ट्रिय समितिमा नयाँ नेतृत्व निर्वाचन गर्नु यस वर्षका ‘दुई अधिवेशन’ को महत्वपूर्ण कार्य हो। साथै, राज्यपरिषद् अन्तर्गत रहेका निकायको योजनाबद्ध सुधारबारे पनि बहस गर्नु अधिवेशनको कार्यभार रहेको छ।विधायकले विधायनसम्बन्धी कानुन संशोधन गर्न बनेको संशोधन मस्यौदामाथि पनि यस अधिवेशनमा छलफल गर्ने छन्। यसैबीच, सीपीपीसीसी राष्ट्रिय समितिको बैठकले सीपीपीसीसी विधानको संशोधनलाई समीक्षा गरेर स्वीकृत गर्ने छ। राष्ट्रियस्तरका राजनीतिक सल्लाहकारलाई सम्बोधन गर्दै अध्यक्ष वाङले चीनका विगत पाँच वर्ष वास्तवमै अभूतपूर्व रहेको भन्दै प्रशंसा गर्नुभयो।चीनले तोकिएकै समयमा शताब्दीको पहिलो लक्ष्य सबै पक्षबाट मध्यमस्तरको समृद्ध समाज निर्माण गर्ने कार्यमा सफलता हासिल गरेको छ। वाङले भन्नुभयो, “चिनियाँ समाजको पुर्नउत्थान अब पछाडि नफर्किने गरी ऐतिहासिक दिशातर्फ गइसकेको छ।”अक्टोबर २०२२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनले यस शताब्दीको मध्यसम्ममा दोस्रो लक्ष्य अन्तर्गत चीनलाई सबै पक्षबाट महान् आधुनिक समाजवादी देश बनाउने लक्ष्य हासिल गर्न खाका तयार गरिसकेको छ। सीपीसी महाधिवेशनपछि हुन लागेको एक मुख्य राजनीतिक कार्यक्रम भएकाले यी ‘दुई अधिवेशन’ ले आधुनिकीकरणका लक्ष्यलाई हासिल गर्न चिनियाँ राष्ट्रलाई थप परिचालित गर्ने अपेक्षा गरिएको छ। सुरुवाती चरणमा राम्रो हुनुले ठूलो महत्व राख्दछ, सीपीपीसीसी राष्ट्रिय समितिका सदस्य सुन सुनछाङलोङले भन्नुभयो। उच्च गुणस्तरीय विकासलाई सहयोग पुर्याउने गरी हामी राजनीतिक सल्लाहकारले बृहत् समस्या–भेदी अध्ययन अनुसन्धान कार्य गर्नेछौँ, सुनले भन्नुभयो।हुनान प्रान्तको झुझौ सहरका मेयर तथा राष्ट्रिय जनकङ्ग्रेसका सदस्य छन् हुइछिङ ‘दुई अधिवेशन’ ले राष्ट्रव्यापी बुद्धिमत्तालाई एकीकृत गरी आधुनिकीकरणको गतिलाई बल पुर् याउनेछन् भन्नेमा सहमत हुनुहुन्छ। ‘‘हामीले प्रतिवेदन र दस्ताबेजको मिहिन ढङ्गले समीक्षा गर्नेछौं र स्थानीय अवस्थाको आलोकमा सुझावहरू पेस गर्नेछौं", छनले भन्नुभयो।यस वर्षको सुरुबाटै देशमा सशक्त उपभोग र उत्पादन क्रियाकलापको ताजा सङ्केतहरू देखा परिसकेका छन्।फेब्रुअरीमा चिनियाँ उत्पादन क्षेत्रको क्रय व्यवस्थापक सूचाकाङ्क ५२.६ मा पुग्यो, यो जनवरीमा ५०.१ थियो। यो सङ्ख्या अप्रिल २०१२ पछिको सबैभन्दा ठूलो हो।चीनका आधाभन्दा बढी प्रदेशस्तरीय क्षेत्रहरूले २०२३ का लागि कुल गार्हस्थ्य उत्पादनको वृद्वि ६ प्रतिशत वा योभन्दा बढी हुने लक्ष्य निर्धारण गरेका छन्। ‘दुई अधिवेशन’ ले माथि उल्लेखित अवसरमा इँटा थप्ने एवम् आन्तरिक र बाह्य चुनौतीको पृष्ठभूमिमा रहेको विश्वको दोस्रो ठूलो अर्थतन्त्रको आत्मविश्वासलाई थप टेवा पुर्याउने कार्य गर्ने पर्यवेक्षकहरूको अनुमान छ।कर्पोरेट नवप्रवर्तनलाई प्रोत्साहन गर्न, औद्योगिक संरचनालाई सुधार गर्न र अर्थतन्त्रलाई सबलीकरण गर्न थप नीतिहरू र मार्गदर्शन यस वर्षको दुई अधिवेशनले प्रस्तुत गर्नेछन् भन्ने मैले अपेक्षा गरेको छु, राष्ट्रिय विधायक छिउ चीहुआले भन्नुभयो। राष्ट्रिय राजनीतिक सल्लाहकार याङ हुइले भन्नुभयो, “चीन यस वर्ष स्थिर आर्थिक वृद्वि सुनिश्चित गर्न प्रयत्नशील छ। तसर्थ, ‘दुई अधिवेशन’ आत्मविश्वासलाई मजबुत पार्न र शक्तिलाई एकीकृत गर्नका लागि विशेष महत्वपूर्ण छन्।" – (सिन्ह्वा)चीनको राजधानी पेइचिङमा अवस्थित जनताको महान् सभाकक्षमा ४ मार्च २०२३ मा भएको चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) को १४ औँ राष्ट्रिय समितिको पहिलो बैठकको उद्घाटन सत्र। (सिन्ह्वा/झाइ चियनलान) चीनको लक्ष्य : पुनर्प्रगति, आधुनिकीकरणका बीच तीव्र र गुणस्तरीय विकास चीनले सन् २०२३ मा विकासको उन्नत गुणस्तरसँगै करिब ५ प्रतिशतको तीव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको यस देशले आर्थिक पुनप्र्रगतिको लयलाई सबल बनाउँदै आधुनिकीकरणको अभियानलाई अगाडि बढाएको छ। प्रक्षेपित लक्ष्य चीनले गत वर्ष हासिल गरेको ३ प्रतिशतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिभन्दा धेरै हो।प्रधानमन्त्री ली खछ्याङ्द्वारा राष्ट्रिय व्यवस्थापिकामा प्रस्तुत विकासका प्रमुख उद्देश्यमध्ये एक प्रक्षेपित लक्ष्य हासिल गर्नु हो। राष्ट्रिय व्यवस्थापिकाको वार्षिक अधिवेशनमा प्रधानमन्त्री लीले प्रस्तुत गरेको सरकारको कार्यसम्पादन प्रतिवेदनमा विकासका प्रमुख उद्देश्यहरू समावेश छन्।गत वर्ष अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनपछि राष्ट्रियस्तरका विधायक (सांसद) र राजनीतिक सल्लाहकारको पहिलो सम्मेलन बोलाइँदा विकास नीतिमा चीनको नयाँ पाइलाबारे विश्व समुदायले नजिकबाट नियालिरहेको छ।यसैबीच, कोभिड–१९को असरबाट चीन तीव्र गतिमा तङ्ग्रिएका कारण विश्वस्तरमै बृहत् वृद्धिको आशा पलाएको छ, जसले सम्मेलनको महत्व बढाएको छ।सीपीसीको भव्य खाका अनुसार यस शताब्दीको मध्यसम्म चीनलाई महान् आधुनिक समाजवादी राष्ट्र निर्माण गर्न अविचलित र गुणस्तरीय वृद्धिको मुख्य चाबी हो।चीनको राजधानी पेइचिङस्थित जनताको महान् सभाकक्ष (ग्रेट हल अफ पिपल) मा ५ मार्च २०२३ का दिन भएको १४ औँ राष्ट्रिय जनकङ्ग्रेस (एनपीसी) को पहिलो सत्रको उद्घाटन बैठक। (सिन्ह्वा/यू यूऔ)चीनको शीर्ष आर्थिक योजनाकार राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) ले आइतबार नै एक अलग प्रतिवेदन प्रस्तुत गरेको छ। जस अनुसार सीपीसीको २० औँ महाधिवेशनले परिकलपना गरे मुताबिक सन् २०३५ सम्म देशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन मध्यस्तरको विकसित देशको बराबर हुनेगरी बढाउन “उन्नत गुणस्तर एवम् दक्षता सुनिश्चित गर्दै तीव्र आर्थिक विकास एवम् दीर्घकालीन सामाजिक स्थिरता सम्बन्धी हाम्रो अद्वितीय उपलब्धिलाई स्थायित्व दिन उचित दीर्घकालीन आर्थिक विकासलाई कायम राख्नु अपरिहार्य छ।”एनडीआरसीको सन् २०२२ को राष्ट्रिय आर्थिक तथा सामाजिक विकास नीतिको कार्यान्वयन र सन् २०२३ को राष्ट्रिय अर्थव्यवस्था तथा सामाजिक विकास नीतिको मस्यौदा अनुसार “विकास, रोजगारी र मूल्य स्थिरता सुनिश्चित गर्न” पाँच प्रतिशत हाराहारीको आर्थिक वृद्धिको लक्ष्य जरुरी छ।“चीनका लागि सन् २०२३ आर्थिक पुनरागमनको वर्ष हुनेछ ।”एनडीआरसीको प्रतिवेदनमा भनिएको छ, “यसले बजारका लागि एक सकारात्मक सन्देश दिनेछ र आत्मविश्वास बढाउनेछ, अपेक्षाको मार्गनिर्देश गर्नेछ, रोजगारी विस्तार गर्नेछ, जीवन स्तर सुधार्नेछ र विकासको क्रममा हुने जोखिमलाई नियन्त्रण एवम् निस्तेज गर्नेछ।”प्रतिवेदनबमोजिम यस वर्षको कुल गार्हस्थ्य उत्पादनको लक्ष्य चीनको विद्यमान अर्थतन्त्रको विकास सम्भावना र अर्थ व्यवस्थालाई टेवा दिने स्रोत साधन र उत्पादनका कारकतत्वको सामथ्र्य अनुरूप नै छ।“चीनका लागि सन् २०२३ आर्थिक पुनरागमनको वर्ष हुनेछ,” चीनको रन्मिन विश्वविद्यालयको अर्थशास्त्र विभागका डीन लेओ शउयीङ्गले भन्नुभयो।वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) लक्ष्य अपेक्षा र आर्थिक विस्तारलाई स्थिर राख्न आवश्यक वृद्धिको उपयुक्त गति हो। यसले चिनियाँ अर्थव्यवस्था उच्च गुणस्तरीय विकासमा निरन्तर केन्द्रित रहने सङ्केत गरेको छ, लेओले बताउनुभयो।विकासको पुनरुत्थानउपभोक्ताको माग, बजारको वितरण, औद्योगिक उत्पादन र व्यावसायिक अपेक्षामा उल्लेख्य सुधारसँगै चीनको अर्थव्यवस्था निरन्तर पुर्नप्रगतिमा रहेको स्पष्ट छ, प्रधानमन्त्रीले भन्नुभयो। उहाँले अर्थतन्त्रले थप वृद्धिका लागि विशाल क्षमता र तीव्र गति प्रदर्शन गरेको उल्लेख गर्नुभयो।यस प्रकारको सुधार व्यस्त सडक, भिडभाडपूर्ण सिनेमा घर र रेस्टुरेन्ट तथा अनलाइन एवम् पसलमा खरिदबिक्रीको आनन्द लिइरहेको देख्दा अनुभूति गर्न सकिन्छ। पछिल्लो आधिकारिक तथ्याङ्कले उत्पादन गतिविधि गएको एक दशककै उच्च बिन्दुमा फर्केको देखाएको छ। विदेशी लगानीमा वृद्धि भएको छ र मासिकरुपमा बैंकको नयाँ ऋण प्रवाह अपेक्षाभन्दा बढी देखिएको छ। विगतका उपलब्धिलाई मनन् गर्दै लीले अर्थव्यवस्थाले सामना गरेको चुनौती र कठिनाइतर्फ सतर्क रहनुपर्ने बताउनुभयो। चुनौती र कठिनाइमा बाहिरी वातावरणमा बढ्दो अनिश्चितता, अपर्याप्त घरेलु माग र घर जग्गा बजारमा जोखिम र लुकेका खतरा सामेल छन्।चीनले यस वर्ष सहरी क्षेत्रमा करिब एक करोड २० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।लीले सांसदलाई भन्नुभयो यस वर्ष “स्थायी वृद्धि, रोजगारी र मूल्य सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राख्नु” महत्वपूर्ण हुनेछ।चीनले यस वर्ष सहरी क्षेत्रमा करिब एक करोड २० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। सरकारको कार्यसम्पादन प्रतिवेदन बमोजिम सहरी बेरोजगारी दर करिब ५.५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। अन्य वार्षिक लक्ष्यहरूमा उपभोक्ता मूल्य सूचकाङ्कलाई तीन प्रतिशतको वृद्धिमा सीमित राख्ने र खाद्य उत्पादन छ अर्ब ५० करोड टनभन्दामाथि पुर् याउने विषय सम्मिलित छ।सरकारको कार्यसम्पादन प्रतिवेदनले विकासलाई बढाउन यस वर्ष थुप्रै उपाय ल्याएको छ। जसमा कुल गार्हस्थ्य उत्पादन घाटा अनुपात ३ प्रतिशत, गत वर्षको भन्दा ०.२ प्रतिशत बिन्दुले माथि, हुने प्रक्षेपण छ। स्थानीय सरकारका लागि विनियोजन गरिने विशेष–उद्देश्य ऋणपत्र ३.८ ट्रिलियन युआन (करिब ५४९.८ अर्ब अमेरिकी डलर) हुने कुरा प्रतिवेदनमा उल्लेख छ।प्रतिवेदनमा विवेकपूर्ण मौद्रिक नीतिलाई लक्षित र सशक्त बनाउनसमेत आह्वान गरिएको छ। वास्तविक अर्थ व्यवस्थालाई टेवा पुर्याउन एम २ मुद्रा आपूर्ति र समग्र लगानीको वृद्धि न्यून आर्थिक विकासको गतिसँगै हुनुपर्ने औँल्याइएको छ।वसन्त ऋतु पर्वको अवधिमा २७ जनवरी २०२३ का दिन चीनको दक्षिण–पश्चिममा रहेको सिछुवाङ प्रान्तको सिछाङमा अवस्थित प्राचीन शहर चिएनछाङको भ्रमण गर्दै मानिसहरु। (तस्विरः लि चेयी/सिन्ह्वा)घरेलु माग बढाउन चीनले उपभोगको विस्तार एवम् पुर्नप्राप्तिलाई प्राथमिकता लक्ष्य रहेको प्रतिवेदनमा सहरी र ग्रामीण बासिन्दाको आयलाई अनेकौँ माध्यमबाट उकास्ने उल्लेख गरिएको छ।“समग्रमा चीनको अर्थव्यवस्था थप राम्रो हुनेछ र यसको वृद्धि दर सामान्य स्तरसम्म पुग्ने सम्भावना रहँदैन,” राष्ट्रिय विधायक एवम् लियोनिङ् विश्वविद्यालयका अध्यक्षसमेत रहेका अर्थविद् यु मियाओचीले भन्नुभयो।अन्तराष्ट्रिय संस्था र लगानी गर्ने बैंङ्कले यस वर्षका लागि उनीहरूले चीनको वृद्धिका सम्बन्धमा गरेको अनुमानलाई बढाएका छन्। अन्तराष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा चीनको आर्थिक वृद्धि ४.४ प्रतिशत रहने आफ्नो पूर्वानुमानलाई परिमार्जन गर्दै ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ।गुणस्तरले अर्थ राख्छआर्थिक वृद्धिलाई महत्व दिँदा चीन सरकारले जुनसुकै मूल्यमा विकास हुनैपर्नेपर्छ भन्दैन। त्यसको सट्टा, चीनले एक हरित र अधिक कुशल अर्थ व्यवस्था चाहेको छ। सरकारी प्रतिवेदन वाचन गर्दै प्रम लीले एक पटक फेरि उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने प्रयासलाई जोड दिनुभयो। तथापि उहाँले औद्योगिक प्रणालीको आधुनिकीकरणमा तीव्रता ल्याउने र हरित विकास ढाँचाको परिवर्तनलाई प्रवर्द्धन गर्ने जस्ता नीतिगत प्राथमिकता औँल्याउनुभयो।एनडीआरसीको प्रतिवेदन अनुसार चीनले यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा प्रति इकाई ऊर्जा खपत करिब २ प्रतिशतले कम गर्ने लक्ष्य राखेको छ र “यथार्थ काममा उन्नत परिणामका लागि प्रयास गर्नेछ।”चीनले प्रमुख प्रदूषक उत्सर्जनलाई निरन्तर घटाउने, जीवावशेष इन्धनको खपतमा बलियो नियन्त्रणसहित प्राकृतिक वातावरणमा निरन्तर सुधार गर्ने उद्देश्य एनडीआरसीको प्रतिवेदनमा उल्लेख छन्। प्रम लीले राष्ट्रको प्रविधि सम्बन्धी शक्ति बढाउन गुणस्तरीय स्रोत साधनलाई एकत्रित गर्ने र मुख्य क्षेत्र मुख्य प्रविधिहरूमा नवीन सफलता हासिल गर्न ठोस प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले परम्परागत र साना तथा मझौला उद्यमलाई थप आधुनिक, चुस्त एवम् वातावरण मैत्री बनाउन प्रयत्न गर्नुपर्ने बताउनुभयो।विगत केही वर्षदेखि बढ्दो संरक्षणवाद र कोभिड–१९ सृजित गम्भीर चुनौतीका कारण चीनले आर्थिक विकासलाई बढावा दिने साधनको रूपमा लगानीमाथिको अत्यधिक निर्भरता हटाएको छ। तर बजारका संस्थाहरूमा देखिएको समस्या समाधान गरी त्यसको विकासमा सहयोग पुर्याउन ध्यानकेन्द्रित गरेको छ।“हामीले समष्टिगत नीतिलाई प्रोत्साहन हुने गरी निर्णायक उपाय अपनाएका छौँ तर हाम्रो भविष्यको विकास सम्भावनालाई नै सखाप पार्ने खालको बलियो प्रोत्साहन नीतिको बाढी बनाएका छैनौँ” प्रम लीले भन्नुभयो।हवाइजहाजबाट १९ जुन २०२२ का दिन खिचिएको प्रस्तुत तस्विरमा चीनको उत्तार–पूर्वमा अवस्थित हेइलोङचियाङ प्रान्तको राओह काउन्टी रहेको जङ्गल निकुंज क्षेत्रमा राखिएका पवन पङ्खा (वीन्ड टर्वाइन) देख्न सकिन्छ। (सिन्ह्वा/से चेएनफेइ) उच्च गुणस्तरीय विकासलाई चीनको आधुनिकीकरणको प्रयासमा “पहिलो र सबैभन्दा महत्त्वपूर्ण” कार्य ठानिएको छ। राष्ट्रपति सी चिनफिङ्ले कुल घरेलु (जिडिपी) उत्पादनमा हुने वृद्धिलाई सफलताको एकमात्र मापदण्डको रूपमा लिनुको साटो चीनले अब गुणस्तरमा सुधार र विकासको दक्षतामाथि अधिक ध्यान दिनुपर्ने कुरामा जोड दिएको बताउनुभएको छ।विकासको उन्नत गुणस्तरको हिस्सास्वरुप चीनमा पछिल्लो पाँच वर्षमा अनुसन्धान र विकासमाथि हुने खर्च बढेको देखिएको छ। सरकारको कार्यसम्पादन प्रतिवेदन अनुसार कार्बन उत्सर्जन तथा ऊर्जा घनत्व घटेको छ।“आधुनिक चीनमा उच्च गुणस्तरको विकास भएको हुनुपर्छ”, राष्ट्रिय राजनीतिक सल्लाहकारसमेत रहेका चीनको ‘नेसनल एकेडेमी अफ गर्भनेन्स’ को अर्थशास्त्र विभागका निर्देशक हान पाओजियाङले भन्नुभयो। “वृद्धि र गुणस्तरमाथि समान जोड दिनुका साथै उच्च गुणस्तरीय विकासका लागि एक बलियो समन्वय गरेर हामीले आधुनिक चीन निर्माण गर्न ठोस आर्थिक आधार बनाउन सक्छौँ”, हानले बताउनुभयो। – (सिन्ह्वा)PDF Content:https://epaper.gorkhapatraonline.com/pdf/5?file=/uploads/file/2023/3/brand-story/2023-03-10-12-33-30-china-new-final.pdfSponsored content
अष्ट्रेलिया, अमेरिका र बेलायतबीच पनडुब्बी सम्झौता हुँदै
प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ ।
इजरायलमा पाँच सयलाई रोजगारी
इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई मात्रै केयर गिभरमा रोजगारी दिने भएको छ । पहिलो चरणमा इजरायल गएकाबाहेक दोस्रो चरणमा एक हजार केयर गिभर लैजान नेपाल सरकारले इजरायल पक्षसँग अनुरोध गरे पनि दोस्रो चरणमा पाँच सय जनाको कोटा इजरायलले पठाएको हो । वैदेशिक रोजगार विभागका अनुसार नेपालले यसअघि छनोटमा नपरेकालाई समेत लैजान गरेको अनुरोध गरेकामा इजरायल पक्षले अस्वीकार गर्दै आएको छ । विभागका निर्देशक एवं इजरायल जापान शाखाका प्रमुुख डम्बरबहादुर सुुनुुवारले अब पहिलो चरणमा छनोट हुन नसकेका युवाले सुरुबाट नै नयाँ प्रक्रिया पूरा गरेर आवेदन दिनुपर्ने बताउनुुभयो ।
दक्षिण कोरिया उडानका लागि प्रक्रिया अगाडि
विदेशी हवाई कम्पनीले भाडामा गरेको एकाधिकार भत्काउन नेपाल वायुसेवा निगमले नेपाल–दक्षिण कोरिया सिधा उडान गर्ने प्रक्रिया अगाडि बढाएको छ।
कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा
कतारकी राजकुमारी आश्मा अल्थानीले म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुहुने भएको छ । हिमाल आरोहण गर्न राजकुमारी आरोहण टोलीसहित सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना आउनुभएको हो ।
प्रधानमन्त्रीसँग शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्ष एवम् वर्ल्ड एथलेटिक्सका सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
आप्रवासी कानुन कडा बनाउँदै बेलायत
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिँदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताउनु भएको छ ।
वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन वेबसाइटमा राख्नुपर्ने
वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ ।
कोरियामा नेपाली श्रमिकको माग बढ्यो
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेबु्रअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।
हर्ष र त्रासदीपूर्ण सगरमाथा आरोहणको ऐतिहासिक सम्झना
उहाँले जीवनका ८९ वसन्त पार गरिसक्नुभएको छ तर उहाँले हिमाल चढ्न छाड्नुभएको छैन । अक्सिजन बिना नै सगरमाथा आरोहण गर्नुभएका अष्ट्रियाका आरोही हाबेलर हाबेलर अझै पनि हिमालका चुचुरा चुम्न शारीरिकरूपमा सक्षम हुनुहुन्छ ।
बिचौलियाको भ्रममा नपर्न आग्रह
वैदेशिक रोजगार विभागले मौसमी श्रमिकका रूपमा दक्षिण कोरियालगायत कुनै पनि देशमा पठाउँछु भन्ने बिचौलियाको भ्रममा नपर्न आग्रह गरेको छ । पछिल्लो समय मौसमी श्रमिक रूपमा पठाउने भनेर विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर ठगी गर्ने क्रम बढेको भन्दै यस्ता सूचनामा विश्वास नगर्न विभागले सोमबार जारी सूचनामार्फत आग्रह गरेको हो ।
आइरिसमा सूचीकृत हुन आग्रह
वैदेशिक रोजगारीसम्बन्धी कम्पनी (म्यानपावर कम्पनी)लाई अन्तर्राष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस)मा सूचीकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारीमा रहेका श्रमिकले अनेकौँ जोखिम लिनुपर्ने भएकाले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै वैदेशिक रोजगार कम्पनीलाई सो प्रणालीमा अनिवार्य सूचीकृत हुन आग्रह गरिएको हो ।
प्लेन्टिको नेपाल शाखा स्थापना
जापानमा रोजगार सम्बन्धी सेवामा काम गर्दै आएको प्लेन्टिले नेपालमा समेत शाखा स्थापना गरेको छ । जापानमा एक दशक भन्दा बढी समय बिताउनुभएका ज्ञानेन्द्र भट्टले प्लेन्टिको नेपाल शाखाको स्थापना गर्नुभएको हो ।
पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी प्रदान गरिने
नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ ।
चौबीस युवाको उद्धार
वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेर अलपत्र परेका २४ जना युवालाई स्वदेश फर्काइएको छ । चार महिनादेखि साउदी अरबको रियादमा अलपत्र परेका ती युवालाई साउदी अरबमा रहेको नेपाली दूतावास र साउदी गैरआवसीय नेपाली सङ्घ (एनआरएन)को पहलमा स्वदेश फर्काएको हो ।
कोरियाले मौसमी श्रमिक नलिने
दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने बताएको छ । दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो ।
अध्यक्ष नेपाल र चिनियाँ राजदूतबीच भेट
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।