राष्ट्रपतिद्वारा चार राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन
चार दिन अघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तिव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो ।
प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
वैदेशिक रोजगार : फेरिँदै नेपाली श्रमिकको गन्तव्य
पछिल्लो समयमा नेपालीले वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देशलाई श्रम गन्तव्य बनाउन थालेका छन् । आर्थिक वर्ष २०७९/८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्डलगायतका देशमा जाने नेपाली श्रमिकको सङ्ख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० मा नेपालीले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाई र क्यानडा रहेका छन् । यी देशमा जान मात्रै आव २०७९/८० मा ४४ हजार ३२७ जनाले श्रम स्वीकृति लिएको विभागमा तथ्याङ्कमा देखिन्छ ।
एमसिसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान
नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बिच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ) को चरणमा पुगेको छ ।
विदेशमा रहेका मतदाताको नामावली सङ्कलन गरिने
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्न आन्तरिक तयारी सुरु गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिमा साउन १ गतेबाटै नामावली सङ्कलन हुने बताउनु भए पनि आन्तरिक तयारी बल्ल सुरु गरिएको छ।
आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता
पहिरोमा सत्र जना नेपाली बेपत्ता
रोजगारीका लागि भारतको उत्तराखण्डको गौरीकुण्डमा रहेका १७ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उहाँका छोरा लालबहादुर कामी, सुखरा रावत र उहाँका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेका छन्।
भारतको गौरीकुण्डमा पहिरो खस्दा १३ नेपाली बेपत्ता
भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा पहिरो खस्दा १३ जना नेपाली कामदार बेपत्ता भएका छन्। बेपत्ता हुने सबै हुम्ला जिल्लाका रहेका छन् ।
सिप हासिल गरेर विदेश जाने युवा बढ्दो
वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो ।
प्रस्तावित ६ राजदूतको नाम सर्वसम्मतले अनुमोदन
सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ जना राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
कृषि मन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तबिच भेटवार्ता
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ । बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा कृषि मन्त्री भुसाल र राजदूत श्रीवास्तवबिच भेटवार्ता भएको हो ।
आयोगका उपाध्यक्ष र युनिसेफ नेपाल प्रतिनिधिबिच भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्र सङ्घीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबिच भेटवार्ता भएको छ ।
पत्रकार शर्माको सातौँ कृति सार्वजनिक
लामो समयदेखि वोस्टनमा बसोवास गर्दै आउनुभएका पत्रकार तथा लेखक रमेश शर्माको सातौँ कृति ‘साइलेन्ट क्याभेट अफ टाइम’ अर्थात् ‘समयको मौन चेतावनी’ प्रकाशित भएको छ ।
एनआरएनए ताबुकको वार्षिकोत्सव
गैर आवासीय नेपाली सघं, क्षेत्रीय समन्वय समिति ताबुककौ ९ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
तीन राजदूतको संसदीय सुनुवाइ पूरा
विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित छ राजदूतमध्ये तीनजनाको संसदीय सुनुवाइ पूरा भएको छ ।
‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार’
अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा
राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८) मा निमन्त्रणा गरिएको छ ।
प्रस्तावित राजदूतमाथि परेको उजुरीमा छलफल नगर्ने संसदीय समितिको निर्णय
संसदीय सुनुवाइ समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ ।
राष्ट्रपतिसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले शिष्टाचार भेट गर्नुभएको छ ।
मौसमी श्रम स्वीकृति दिइएको छैन
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी श्रमिकका रूपमा वैदेशिक रोजगारीमा श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको स्पष्ट पारेको छ । पछिल्लो समय मौसमी श्रमिकका नाममा विभिन्न देशमा पठाउने प्रलोभन देखाई ठगी भएको पाइएको भन्दै श्रम मन्त्रालयले विज्ञप्तिमार्फत मौसमी श्रमिकलाई कुनै पनि देशमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नदिइएको प्रस्ट पारेको हो ।
दक्षिण कोरियाली पानीजहाज कम्पनीमा श्रमिकलाई अवसर
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि भाषा परीक्षाको आवेदन खुलेको छ । सो शाखाका अनुसार इच्छुक नेपाली श्रमिकले यही साउन २० देखि २४ सम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न सकिने छ ।
सहृदयता र आत्मीयताका पर्यायी चिनियाँ नागरिकलाई भेट्दा
आहा ! कति सुन्दर सहर । जताततै फूलैफूलको मनमोहक दृश्य । सुन्दर, शान्त, विशाल भवनहरू । जताततै हरियाली सफाचट्ट, झट्ट हेर्ने बित्तिकै मनमा आनन्दको तरङ्ग पैदा हुने । चीनको गन्जाउ हुँदै हन्जाउ सहरमा पुग्दा देखिएका दृश्य हुन् यी ।
युरोपका नाममा बढ्यो ठगी
पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्कविहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् । उहाँहरूले पत्रकार सम्मेलनमार्फत पीडितमध्येका राम रोकायले शाहीले गत चैत २८ गते पोर्चुगल लैजाने भन्दै प्रतियुवा १४ लाख रुपियाँसम्म लिएर आफूसहित १७ जनालाई नेपालको विमानस्थलबाट मस्को हुँदै विभिन्न ठाउँमा पु-याएर अलपत्र पारेको जानकारी दिनुभयो ।