कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।
कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।
एक सयको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय
सरकारले १०० रुपियाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको हो ।
एक वर्षमा विपदबाट एक अर्ब २३ करोडको क्षति
सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट एक अर्ब २३ करोड रुपियाँ बराबरको क्षति भएको जनाएको छ ।
परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि गोली प्रहार
झापाको दमकमा एक छात्रामाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्नुभएको १७ वर्षीया एनिका अधिकारीमाथि दमक वडा नं. ५ ज्येष्ठ नागरिक प्रतिष्ठान नजिक गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विपदमा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताउनुभएको छ ।
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनहुन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।
राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
वेस्ट इन्डिजविरुद्ध कप्तान पौडेलको अर्धशतक
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाउनुभएको छ। यसअघि पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाउनुभएका पौडेलले चौथो खेलमासमेत अर्धशतक बनाउनुभएको हो।
सांसद फरार भएपछि प्रहरीले पक्राउ गर्न सकेन
पक्राउ पुर्जी जारी गरेको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य गीता बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने पहल हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताउनुभएको छ।
ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु
गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
मट्टीतेल र डिजेलको लिटरमा दुई रुपियाँ मूल्य घट्यो
डिजेल र मट्टितेलको भाउ दुई रुपियाँको दरले घटेको छ । भोलि बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ लिटरमा दुई रुपियाँको दरले घटाएको हो ।
काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ।
वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी
वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु. ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै
तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रबिच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो ।
सुहाङ प्रतिस्पर्धीभन्दा १ हजार १५५ मतले अघि
प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार १५५ मतले अग्रता लिनुभएको छ ।
लगानी सम्मेलन सुरु, लगानीका लागि नेपाल उपयुक्त मुलुक
तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर भएको नेपालको बुझाइ छ ।
पोखरामा बस दुर्घटना, १९ जना घाइते
पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा सडकखण्डमा यात्रुबाहक बस शनिबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।
इलामको मतगणना ११ बजेदेखि हुने
इलाम निर्वाचन क्षेत्र २ को मतगणना आज ११ बजेदेखि हुनेभएको छ । निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइ पुगेकाे र सर्वदलिय बैठकको निर्णय बसेर मतगणना ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
बझाङमा प्रदेश सभा निर्वाचन : ४९.१२ प्रतिशत मतदान
शनिबार बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ )को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनमा ४९. १२ अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन्।
इलाममा मतगणना आज रातिदेखि
इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ ।
इलाममा ५७ प्रतिशत मात्र मत खस्यो
इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ ।
बझाङमा ४३ प्रतिशतले गरे मतदान
बझाङ क्षेत्र नम्बर १ (क) मा दिउँसो २:३० बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले दिउँसो सो समयसम्म २६ हजार १९६ मत खसेको बताउनुभयो ।