पर्वत दिवसमा संयोजक दाहालको शुभकामना
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व पर्वत दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गरेर पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएकाले तिनको संरक्षण आवश्यक भएकामा जोड दिनुभएको छ ।
आज अन्तर्राष्ट्रिय पर्वत दिवस
हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवम् वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ ।
सिग्रे दोभान पुल छिटो सम्पन्न गर्न निर्देशन
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने सिग्रे दोभानको पक्की पुलको निर्माण आगामी वैशाखभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६५ पैसा र बिक्रीदर १४४ रुपियाँ २५ पैसा कायम भएको छ ।
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन् ।
पढ्दै कमाउँदै अभियानमा विद्यार्थी
मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित क्यौलेठाना आधारभूत विद्यालयका छात्रछात्राले अध्ययनसँगै डोको र चकटी बुनेर आम्दानी लिन थालेका छन् । उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म १०८
११ औं महाधिवेशनको निम्तो दिन एमाले नेताहरू घरदैलोमा
नेपाल कम्युनिष्ट पाडर्टी (एमाले) ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागिताका लागि घरदैलोमा पुगेर सो पार्टीका नेताहरुले निमन्त्रणा दिने कार्य सुरु गर्नुभएको छ ।
रेडप्लस कार्यक्रमलाई आदिबासी र लोपोन्मुख समुदायमा केन्द्रित गर्न सुझाव
आदिबासी जनजाति, लोपोन्मुख तथा दलित समुदायको जल, जंगल जमिनमा अधिकार सुनिश्चित गराउने विषयमा डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम नेपाल) को राष्ट्रिय सञ्चालन समिति (एनएससी) बैठकमा गम्भीर छलफल भएको छ ।
आठमध्ये एक बालबालिका अनलाइन यौन शोषणको जोखिममा
अनलाइन प्रयोगकर्ता आठ बालबालिकामध्ये एक जना अनलाइन यौन शोषणको शिकार हुने गरेका छन् ।
कविता लेखन प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत
प्रभात माध्यमिक विद्यालय,नःघको हीरक जयन्तीको पूर्वसन्ध्यामा काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय स्थलगत कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
सहमति नभए स्वच्छ प्रतिस्पार्धाबाट नेतृत्व चयन हुन्छः सचिव अर्याल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताउनुभएको छ।
मूर्तिकार बालकृष्ण तुलाधरको निधन
मूर्तिकार बालकृष्ण तुलाधरको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा बुधबार निधन भएको उहाँको परिवारका सदस्य महेश तुलाधरले जानकारी दिनुभयो ।
तुल्सीलाल चेस उपाधिमा तीन टोलीको दाबी
ललितपुरका जारी आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप चौथौ चरणसम्मको खेलमा महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र दोलखा बुद्धिचाल संघले उपाधिमा दाबी गरेका छन् ।
जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस्
सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए ।
यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक छः सचिव विष्ट
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्नेगरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बर्थिङ् सेन्टर बढेसँगै घरमै बच्चा जन्माउने घटे
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समयमा बर्थिङ् सेन्टर खुल्ने क्रम बढेसँगै घरमै बच्चा जन्माउने क्रम घट्दै गएका छन् ।
मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार नै रहेकाे बाउनुभएकाे छ । बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
कुखुरामा ‘एनेमिया भाइरस’
चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो ।
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
भगवतीमाई गाउँपालिका–३, मेलतोलीकी अमृताकुमारी खड्काले यही मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तानलाई जन्म दिनुभयो । पैतीस वर्षीया खड्का घरको दोस्रो तल्लामा भेटिँदा नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहनुभएको थियो ।
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी
सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्ने निर्णय गरेको छ ।
सवारीचालक अनुमतिपत्र छपाइ तीव्र
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्र बनाएको छ । सरकारले कात्तिक २१ देखि सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र छपाइको काम सु
काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।
बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले गरिबी, बेरोजगारी, सामाजिक असमानता, लैङ्गिक हिंसा, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका समुदायले अझै पनि पूर्ण अधिकार उपभोग गर्न नसकिरहेको अवस्था मानव अधिकार प्रवद्र्धनका लागि थप गम्भीर चिन्ताको विषय भएको बताउनुभएको छ ।
मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकताः संयोजक दाहाल
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनलाई सबैको साझा सङ्कल्प बनाउनु आजको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ ।