नेपाल नयाँ युगमा प्रवेश गरेको छ । सैद्धान्तिक रूपमा सङ्घीय नेपाल निर्माण भएदेखि व्यावहारिक रूपमा सोही अनुसार लैजान सङ्घीय, प्रादेशिक र स्थानीय तहबाट दिनानुदिन काम भइरहेको छ । विसं २०४६ को जनआन्दोलनबाट निर्माण भएको संविधानले पनि अपरिवर्तनीय भनेको २४० वर्षको राजतन्त्र ‘जनयुद्ध’ को जग र माओवादी शक्तिसहितको सात दलीय मोर्चाद्वारा आह्वान गरिएको जनआन्दोलनले ढालेको थियो । जसको प्रतिफल मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित धर्मनिरपेक्षता, समानुपातिक र समावेशी शासन व्यवस्था सुरु भयो । त्यसैले पनि जनयुद्ध र नेतृत्वकर्ताको भूमिकालाई सम्मान गर्नु पर्छ ।
भूकम्प गएलगत्तै सरकारको प्रत्यक्ष उपस्थितिले हौसिएका भूकम्पपीडितहरूले घर बनाइदिन सरकारसँग माग गरेका छन् । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका घरबारविहीन पीडितले सरकारको आशा र भरोसामा बाँचेको बताएका छन् । उनीहरूले सरकारले जनताको घाउमा मलम लगाउन पुगेको बताउँदै अल्पकालीन र दीर्घकालीन रूपमा आवास निर्माणको काममा सहयोग गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । पूर्ण र आंशिक रूपमा क्षति पुगेका पीडितहरूले सरकारले घर बनाइदिए अरू जीविकोपार्जनका लागि गाउँघरमै ऐँचोपैँचो गरेर भए पनि व्यवस्था गर्ने बताएका छन् ।
मुलुकले एक उदाहरणीय नारी योद्धा गुमाएको छ। हारमा नआत्तिन र जितमा नमात्तिन हौसला बढाउने महिला नेतृ मुलुकले सायदै मात्र पाउँछ। सधैँ देश र पार्टीको पक्षमा दृढ भएर उभिन प्रण गर्ने मात्र होइन, अरूलाई पनि पे्ररणा दिने माओवादी नेतृ सीता दाहालले हामीलाई सदाका लागि छाडेर जानुभयो। उहाँको पार्थिव शरीरले यो धर्ती छोडेपछि उहाँले दिएका योगदानको विभिन्न कोणबाट बहस र चर्चा–परिचर्चा भइरहेको छ। रामायणकालीन जानकीको नाम रहेको सीताको नाम, काम र विचारसँग झन्डै मेल खाने उहाँको भद्र, शान्त, शालीन, सरल र स्पष्ट स्वभावले पनि उहाँलाई यो उचाइमा पु¥याएको हो। शारीरिक अवस्थाले साथ नदिएपछि सीताले सन् २०२१ मा भारतमा, २०२० मा अमेरिकामा र जुन, २०१८ मा सिङ्गापुरमा उपचार गराउनुभएको थियो। लामो समयदेखि स्वदेशमै उपचार भइरहे पनि अन्ततः उहाँले मृ
सङ्घीय राज्य व्यवस्था स्थापित भएको कान्छो मुलुक नेपालले सैद्धान्तिक रूपमा आर्थिक सङ्घीयता अङ्गीकार गरेको छ। तीन तहको सरकार रहेको नेपालमा सात प्रदेश र ७५३ वटा स्थानीय तहमध्ये सङ्घीय, प्रदेश र स्थानीय सरकारद्वारा सार्वजनिक गरिएका बजेटले नेपालमा सङ्घीयता लागु हुँदै गएको आभास भएको छ। संसारका सबैभन्दा उत्कृष्ट र नयाँ संविधानका रूपमा नेपालको संविधानलाई मानिन्छ। यद्यपि यस संविधानमा केही सीमा र बाध्यता नरहेका होइनन्। ‘सिंहदरबारको
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने सफल भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्रीको भ्रमणलाई सद्भावना मात्र भनिए पनि मुलुकका लागि दूरगामी महत्व राख्ने उपलब्धि हासिल भएको छ । नेपाल भारतको अन्योन्याश्रित सम्बन्ध, साझेदारी विस्तार, ऊर्जा, जलविद्युत् विकास र व्यापारमा उहाँले प्रारम्भ गर्नुभएको नयाँ अध्यायले मुलुकको आर्थिक समृद्धि र विकासमा ठुलो टेवा पु¥याउने छ ।