स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता आइतबार र सोमबार हुँदैछ । उम्मेदवारले आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ताका लागि नागरिकतादेखि पार्टीको सिफारिसपत्रसम्म आवश्यक पर्दछ ।
केन्द्रीय कारागार सुन्धाराको कारागार कारखानामा हातले बनाइएका बस्तुहरुको माग दैनिक जसो बढ्दै गएको छ । विगत ६२ वर्ष देखि हास्तनिर्मित उत्पादित बस्तुहरु बेच्न बजारमा माग बढ्दो रहेको कारागार कारखाना प्रमुख रामहरि ढुंगेलले बताउनुभयो ।