पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताउनुभयो ।
सुर्खेत, माघ १६ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शहीदका सपना पूरा गर्ने गरी आफूहरुले नीति र कार्यशैली अघि बढाइरहेको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर–४को भैरव सामुदायिक वनस्थित प्रादेशिक शहीदपार्क तथा वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा उहाँले हाम्रा कार्यशैली र गतिविधिलाई शहीदका सपना पू्रा गर्ने गरी अघि बढाउनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेमा जोड दिनुभयो । मुख्यमन्त्री शाहीले शहीदका सपना पूरा गर्न, सबै प्रकारका भेदभाव अन्त्य गर्न र सुखी तथा खुसी समाज निर्माण गर्न सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार अहिले देशभरको आकाशमा बादल लागेको छ ।
सङ्ख्याविज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र सुरु हुन्छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताउनुभएको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको निष्कासन गरेको छ । कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०को बिक्री खुला गरेकोे हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ ।
बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् ।
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु= एक लाख छ हजार तीन सय पुगेको छ ।