सुदूरपूर्वी नेपालमा मुख्य रूपमा आवाद भएर रहेका लिम्बूहरूले आफूलाई ‘याक्थुङ’ भन्छन् । युद्ध वा सुरक्षाका लागि बनाइएको किल्ला वा गढीलाई लिम्बूहरूले आफ्नो मातृभाषामा ‘यक’ भन्छन् । र लिम्बू भाषामै ‘थङ’ भनेको शक्ति प्राप्त गर्नु हो । अर्थात् ‘यक’ र ‘थङ’ मिलेर यकथङ हुँदै याक्थुङ शब्दको व्युत्पत्ति भएको मानिन्छ । यस अर्थमा गढीका शक्तिशाली भन्ने अर्थमा याक्थुङ शब्दको व्युत्पत्ति भएको मान्यता रहेको छ ।
एउटा सानो पहाडी भेगको र त्यसमा पनि एक निर्धन राज्यका रूपमा थियो गोरखा । निर्धन राज्यको राजा भएकैले धनी राज्यका राजाहरूले गोरखाली राजालाई आफ्नी कन्या दिनसमेत आनाकानी गर्थे । यस्तो समस्या भोग्नेमध्ये गोरखा राज्यका संस्थापक द्रव्य शाहका नाति चर्चित राजा राम शाह पनि पर्छन् । आफ्ना लागि कन्या माग्न जाँदा पर्वतका राजा राज मल्लले अपमान गरी उनलाई खाली हात फर्काइदिएका थिए । उनको यस्तो अवस्था देखेर राजपाठ छाडी धर्मकर्ममा लागेका राज मल्लका बुवा नारायण मल्लले आफूद्वारा पालेर राखिएकी भान्जी
स्वयम्भू महाचैत्यको पश्चिमतिर एक गुम्बा छ । यो गुम्बाको नाम हो, ‘मार्मो ल्हाखाङ्ग’ ।