अन्तर्राष्ट्रिस्तरका कस्ता कार्यक्रममा कति प्राथमिकता दिने र त्यसबाट मुलुक वा विश्वले के लाभ लिने भन्ने हरेक मुलुकका आफ्ना रणनीति हुन्छन् । मानवीय मूल्य र मान्यतालाई आत्मसात् गर्दै साझा समस्यामा ऐक्यबद्धता र समाधानको सामूहिक पहल साझा दायित्व पनि हो ।
विश्वव्यापी मान्यता नै हो–लोकतन्त्रमा कानुनका दृष्टिमा सबै नागरिक बराबर हुन्छन् । राज्यको शक्तिमा सबैको समान पहुँच हुन्छ । यस पद्धतिमा सबै नागरिकले वैधानिक स्वतन्त्रतालाई उपभोग गर्न पाउँछन् । स्वतन्त्रताको उपभोग गर्न पाउने व्यवस्था संविधानमा तोकिएको हुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र लोकतन्त्रको गहिरो सम्बन्ध छ ।