सबेरै उठी वृन्दावनको अटल्लाचुङ्गी तिराहाबाट अटोरिक्सा चढेर ‘मथुरा न्यु बस स्ट्यान्ड’ पुगियो । तै आगरा जाने बस लागेको रहेछ । २०८२ मङ्सिर २ गतेको कुरो हो । ठिक ६:३० बजे बस हिँडिहाल्यो । ५८ किलोमिटरको यात्रा करिब डेढ घण्टामै पूरा भयो । ‘आगरा’ ओर्लन पाएको छैन, ‘ताजमहल’ भट्याउँदै आउनेहरू बग्रेल्ती हुँदा रहेछन् । कतै काम नदिई हामी ‘यतै काममा आएको’ भनी बाहिर निस्किएर चियापान गरी आफ्नै सुरले अटोरिक्सा लिँदा उनीहरूले भनेभन्दा दसांश कम ६० रुपियाँले गन्तव्यमा पुगियो । ताजमहल प्रवेश गर्न टिकट काटियो, ज
वीर बलभद्र कुँवर नेपाल र नेपालीका लागि गौरवका पात्र हुन् । नेपालको इतिहासमा उनको नाम स्वर्णाक्षरले लेखिएको छ । नेपालको इतिहासमा मात्र होइन, वैश्विक युद्धको इतिहासमा बलभद्र कुँवर अविस्मरणीय व्यक्तित्व बनेका छन् ।
नेपाली पत्रकारिताको यात्रामा गोरखापत्रको ऐतिहासिक विशिष्ट स्थान छ । आज पनि अखबारको पर्यायका रूपमा गौरवान्वित गोरखापत्र नेपाली विज्ञापनको इतिहासमा पनि उत्तिकै महìवपूर्ण छ । अझ भन्ने हो भने गोरखापत्र र नेपाली विज्ञापनको सम्बन्ध नङमासु सरह रहेको छ ।
मानसरोवर–कैलाश यात्राको आकर्षण दिनानुदिन बढ्दो छ ।
भारतका विभिन्न सहरमा खासगरी तीर्थस्थलमा नेपाली रुद्राक्षको विशेष माग रहेको छ । तब त त्यहाँका कुनै पनि व्यापारी आफूकहाँ मात्रै असली नेपाली रुद्राक्ष रहेको बखान्न चुक्दैन