बाढीपहिरोका कारण सडकमार्ग असहज भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने अधिकांश राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध हुँदा हवाई सेवाले त्यसको परिपूर्ति गरेको चर्चा छ तर राज्यको अर्बौं लगानीमा निर्माण भएर सञ्चालनयोग्य रहेका नौ वटा विमानस्थल प्रयोगमा नै नआउँदा त्यो विकल्पले पूर्ण रूपमा काम गर्न सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा निर्माण भएका दुई वटा विमानस्थलमा नियमित उडान सञ्चालनमा आउन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बर्सेनि यात्रुको सङ्ख्या बढ्दै गएपछि यसको असर उडान सुरक्षा, सुरक्षित तथा सहज यात्रा र उडान सुनिश्चिततामा पर्न थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
हवाई यातायातलाई यात्राका लागि सबैभन्दा सुरक्षित र भरपर्दो साधनका रूपमा लिइन्छ । आज संसारमा हरेक दिन हजारौँ किलो भारवहन क्षमताका जहाज घण्टौँ समय लगाएर हजारौँ माइलको दुरी पार गर्दै सुरक्षित रूपमा ओहोरदोहोर गर्दै आइरहेका छन् । पछिल्लो समय नेपालमा पनि हवाई यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । हवाई यात्रुको सङ्ख्या बढ्दै गएसँगै हाम्रा आन्तरिकतर्फका हवाई सेवाप्रदायक कम्पनी पनि जहाज भित्र्याउने प्रतिस्प
सौर्य एयरको जहाज दुर्घटनाको आलो घाउ सुक्न नपाउँदै नुवाकोटको शिवपुरीडाँडामा बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित पाँच जनाको ज्यान गएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको ज्यान जाने गरी भएको हवाई दुर्घटनाको १४ दिनमै भएको दोस्रो दुर्घटनाले हवाई यात्रा जोखिममा परेको पुष्टि मात्रै भएको छैन, यसले सरकार र नियामक निकायमाथि नेपाली हवाई आकाश सुरक्षित बनाउन कडा कदम चाल्नुपर्ने दबाबसमेत थपेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा दर्ता भएर व्यावसायिक सञ्चालनमा रहेका सबै वायुयानको उडान सुरक्षा प्रणाली (एसएमएस) र गुणस्तर व्यवस्थापन प्रणाली (क्युएमएस) को विस्तृत अध्ययन गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा प्रणालीको विस्तृत अध्ययन गरेर ६० प्रतिशतभन्दा कमजोर उडान सुरक्षा भएका वायुयानलाई उडानमा प्रतिबन्ध लगाइने गरी विस्तृत अध्ययन हुन लागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको चर्चा सेलाइसकेको छैन । यसैबेला डेढ वर्षअघि पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित चालक र सहचालकबिचको संवाद सार्वजनिक हुँदा थप प्रश्न सिर्जना गरेको छ ।
सरकारले हवाई दुर्घटना न्यूनीकरण गर्न अनेकौँ प्रयास गर्दै आए पनि अपेक्षित प्रगति हासिल हुन सकेको छैन । भौगोलिक अवस्थिति, मानवीय त्रुटि र प्राविधिक कमजोरीका कारण राज्यको आ
अठार जनाको ज्यान जाने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको कारण र उद्धार व्यवस्थामा प्रश्न उठेको छ । दुर्घटनाका कारण र असरबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पालना नभएको बारेसमेत प्रश्न गरियो ।
पोखरा विमानस्थलका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट २० तर्फ उड्ने क्रममा धावनमार्ग छाड्नेबित्तिकै दुर्घटनामा प-यो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भूउपग्रहमा आधारित प्रणालीको सम्भाव्यता अध्ययन अघि बढाइएको छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि जडान गर्न सम्भाव्यता अध्ययन भइरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले झन्डै एक अर्ब रुपियाँ खर्चेर जडान गरेको आइएलएस उपकरण अन्तरदेशीय उडानमा देखिएको समस्याका कारण सञ्चालनमा आउन नसकेपछि यसको विकल्पमा भूउपग्रहमा आधारित आरएनपी–एआर प्रविधि जडान गर्ने तयारी भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिने आरोहण कार्यको सम्मानमा सगरमाथा दिवस मनाउने गरिएको हो । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिख अर्थात् ७१ वर्षअघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो पटक सफल आरोहण भएको थियो ।
गोरखाकी फुन्जो झाङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको छ । सगरमाथा आधार शिविरमा रहेको अनुगमन फिल्ड कार्यालयले दिएको जानकारी अनुसार ३३ वर्षीया लामा आधार शिविरबाट १४ घण्टा ३१ मिनेट लगाएर बिहीबार बिहान ६ बजेर २३ मिनेटमा सर्वोच्च शिखरको चुचुरोमा पुग्नुभएको हो । अनुगमन कार्यालयका प्रमुख खेललाल गौतमले भन्नुभयो, “आरोही लामाले सगरमाथा आधार शिविरबाट आरोहण सुरु गरेर पुनः आधार शिविरमा आइपुग्दा २४ घण्टा ३६ मिनेट लगाउनुभएको छ । उहाँ आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।” उहाँ बुधबार अपराह्न ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेर बुधबार बिहान ६ बजेर २३ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।
एकै दिन ७० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार आरोही र सहयोगी शेर्पा गरेर ७० जना सगरमाथाको चुचुरोमा पुगेका हुन् । आरोहण गर्नेमा कामिरिता शेर्पा पनि हुनुहुन्छ । उहाँले यसअघिको आफ्नै रेकर्ड भङ्ग गर्दै २९ औँ पटक सगरमाथा आरोहण गर्नुभएको हो । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भन्नुभयो, “बाटो तयार भएसँगै चुचुरोतर्फ लागेका आरोहीमध्ये आइतबार बेलुकासम्म ७० आरोही र सहयोगीले चुचुरो टेकेका छन् । आधार शिविरमा रहेको पर्वतारोहण अनुगमन फिल्ड कार्यालयले दिएको जानकारी अनुसार मौसमले साथ दिएका कारण आधार शिविरमा रहेका आरोही उत्साही हुँदै चुचुरोतर्फ लाग्ने क्रम जारी छ ।”
नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार ६२६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सगरमाथाको आरोहण गर्नेमा ५१९ जना महिला रहेका छन् ।