बाक्लो हिमपातपछि मनाङ, मुस्ताङ र म्याग्दीका उच्च हिमाली क्षेत्रबाट ९४९ जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार कात्तिक ११ गते रातिदेखि परेको हिउँमा फसेका स्वदेशी र विदेशी पर्यटकको उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मनाङबाट ७६५, मुस्ताङबाट २२ जना र म्याग्दीबाट १६२ जनाको सकुशल उद्धार गरेको हो ।
वर्षा र हिमपातका कारण देशका हिमाली भेगमा अलपत्र परेका करिब दुई हजार आन्तरिक तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । पदयात्राको मुख्य सिजनमै भएको भारी हिमपातका कारण मनाङ, मुस्ताङ, म्याग्दी र गोरखाका उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा अलपत्र परेका स्थानीय, आन्तरिक र बाह्य पर्यटक गरी बुधबारसम्म एक हजार पाँच सय जना स्थानीय र आन्तरिक पर्यटक तथा दुई सयभन्दा बढी विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको हो । हिउँमा फसेका केही पर्यटकको उद्धार जारी छ ।
वर्षा र हिमपातका कारण हिमाली जिल्लाको पदयात्रामा रहेका हजारौँ पर्यटक प्रभावित भएका छन् । वर्षा र हिमपातले पदमार्ग र सडक दुवै अवरुद्ध हुँदा पर्यटक प्रभावित भएका हुन् । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन । हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट ७५० जना आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । साथै सोलुखुम्बुको
लाखौँ पर्यटक भित्रिने मुख्य याममै जेनजी आन्दोलनबाट प्रभावित नेपालको पर्यटन क्षेत्रलाई बिउँताउन विदेशी पर्यटक नै नेपाल प्रवर्धनमा जुटेका छन् । जेनजी प्रदर्शनका क्रममा केही पर्यटकीय संरचनामा तोडफोड र आगजनी भए पनि कुनै पनि पर्यटक असुरक्षित भएनन् । नेपाल भ्रमणमा रहेका विदेशी नागरिकले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल भ्रमणका लागि सुरक्षित रहेको भन्ने सन्देश प्रवाह गरिहेका छन् ।
हिमाल आरोहणका लागि डोरी टाँग्ने (बाटो बनाउने काम) र उच्च आधार शिविरबाट फोहोर ढुवानीमा ड्रोन प्रविधिको प्रयोग गरिएको छ । पछिल्ला वर्षमा नेपालका हिमचुचुराको आरोहणमा विश्वभरका आरोहीको उल्लेखनीय रूपमा वृद्धिसँगै बढ्दै गइरहेको फोहोर ढुवानी गर्न र आरोहणका लागि बाटो बनाउन ड्रोनको सफल प्रयोग गरिएको हो ।
सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु भएको छ । पर्यटन विभागका अनुसार आगामी आरोहणयामका लागि आरोहण अनुमति लिने आरोहीले विभिन्न उचाइका हिमाल आरोहण अनुमति लिन सोमबारदेखि नयाँ कायम गरिएको शुल्क बुझाउनुपर्ने छ ।
नेपालीको महान् चाड दसैँलाई लक्षित आन्तरिकतर्फको हवाई टिकटको अग्रिम बुकिङ र टिकटको मूल्य बढ्दै गएको छ । दसैँमा काठमाडौँ छाडेर जानेले हवाई टिकट बुकिङ तीव्र पारेसँगै दुर्गमसहितका गन्तव्यतर्फको टिकट पाउन मुस्किल बनिसकेको छ । सुगमका गन्तव्यको टिकट शुल्कसमेत झन्डै दोब्बर पुगिसकेको छ ।
गत वर्ष साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई कम्पनी दुवैको कमजोरी देखिएको छ ।
अन्तर्राष्ट्रिय हवाई कम्पनीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका उडानलाई निरन्तरता नदिने भएका छन् । कहिले मौसम खराबको बहाना
नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपमा बनेका हेलिकोप्टर र जहाज आयातमा नियन्त्रण सुरु गरेको छ । हालसम्म नेपालमा भएका हवाई
राज्यले अर्बौं रुपियाँ लगानी गरेर निर्माण गरेका विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्छ तर खोटाङको लामिडाँडा विमानस्थलले सन् २०२४ भरमा गरेको आम्दानी यति नै हो ।
पृथ्वीनाराण शाहले शीतकालीन दरबारका रूपमा स्थापना गर्नुभएको नुवाकोटस्थित शेरा दरबारको १६४ रोपनी १३ आना जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
नेपाली क्रिकेटको युगीन रूपान्तरण र नवीन सम्भावनाको ढोका खोल्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्धन क्षेत्रमा पनि सुनौलो अध्याय आरम्भ गरेको छ ।
नेपालमा कमजोर दृश्य क्षमता र रातको समयमा पनि उडान अवतरण गर्न सकिने प्रविधि जडित विमानस्थलको सङ्ख्या १० पुगेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएपछि यात्रुले दिल्लीलगायतका भारतीय गन्तव्यबाट यात्रा गर्न थालेका छन् ।