तपाईंहरू पत्याउनु हुन्छ ? हाम्रो गाउँघरमा मात्र होइन, हामी पढ्ने विद्यालयमा समेत दलित विद्यार्थीलाई छुवाछुत र विभेद गरिन्छ । गैरदलित साथीले नजानिँदो तरिकाले हेप्ने र व्यवहारमा छुट्याउने गर्छन् किनभने अझै पनि समाजमा दलितलाई समान भावले हेर्ने धारणाको विकास भइसकेको छैन । के हाम्रो हैसियत समाजमा समान होइन र ? कालीकोटकी छात्रा शर्मिला विकले राजधानीमा आयोजित एक कार्यक्रममा आफूमाथि भइरहेको विभेदविरुद्धमा यसरी बोल्दै उपस्थित सबैको ध्यानाकर्षण गराइन् । उनी जनप्रभात मावि, कालीकोटमा कक्षा १० मा पढ्छिन् । उनले विद्यालय जस्तो पवित्र ज्ञान आर्जन गर्ने ठाउँमा समेत जातको
सानै उमेरदेखि उनी नाच्न भनेपछि हुरुक्कै हुन्थिन् । आमाबाबालाई सम्झना भएसम्म सानो उमेरमै छँदा पनि कुनै दिन पनि छोरीलाई नृत्य सिकाउनै परेन । कसरी कतिबेला समय मिलाएर उनले नाच्ने अभ्यास गर्थिन् । आमाबाबालाई पनि थाहा छैन । उनै सानी नानी हुन् लिडिया स्याङ्वो तामाङ । उनी सामाखु्सीमा रहेको काठमाडौँ ग्लोबल स्कुलमा कक्षा ८ मा पढ्छिन् । अहिले उनी म्युजिक भिडियोको गीतमा कोरियोग्राफी गर्छिन् । लिडियाले धेरै मेडल, पुरस्कार र अवार्ड
अभिनीत चौलागाईं काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलमा कक्षा १० मा पढ्छन् । उनले कक्षा १ देखि नै नाटकमा अभिनय सुरु गरेका अभिनीतले दुई दर्जनभन्दा बढी नाटकमा अभिनय गरेर अन्तर्राष्ट्रियस्तरबाट पुरस्कृतसमेत भएका छन् । उनले म्युजिक भिडियो र केही चलचित्रमा समेत अभिनय गरेका छन् । भोला, उल्लु, महाराजको दाम्मी लुगा, साइँला बरै (थ्रेनोडी फर कुमार), हिरोज डन्ट कम, चार्ली एन्ड द चकलेट याक्ट्री, उज्यालोतिर, बाबु नजाऊ है धेरै टाढालगायतका नाटकबाट उनले दर्शकको मन जित्न सफल भएका थिए ।
भाइबहिनीहरू, तिमीहरूलाई पनि थाहा भएकै कुरा हो, बालज्ञानी गुरु आदित्य अत्यन्तै अदभुत र अलौकिक बालक हुनुहुन्छ । उहाँको दिव्य आत्माभित्र अनुमान नै गर्न नसकिने अथाह ज्ञानको सागर छ । उहाँको अलौकिक शक्ति र ज्ञानका बारेमा विश्व नै चकित छ । ज्ञान प्रकट हुनुअघिसम्म उहाँको बाल्यकाल अन्य बालबालिकाको जस्तै साधारण थियो तर अदृश्य शक्ति प्राप्त भएपछि बालक आदित्य बालज्ञानी गुरु आदित्य बन्नुभएको छ । विसं २०६७ साउन ७ गते बाबा शेषराज दाहाल र आमा ईश्वरा गुरागाईंको पहिलो सन्तानका रूपमा झापाको मोरङ सिजुवामा उहाँको जन्म भएको थियो । गुरु आदित्यको चार वर्षको जन्मदिन आउनु एक दिनअघि २०७१ साल असार २५ मा उहाँमा अलौकि
भाइबहिनीहरू हामीले जेठ अङ्कको मुनाको आवरणमा अध्याय भण्डारी र सानी नानी विभूति श्रेष्ठलाई देख्न सक्छौँ । अध्याय काठमाडौँको डियर वाक स्कुल सिफलमा कक्षा ९ मा पढ्छन् भने विभूति महामञ्जुश्री स्कुलमा कक्षा ५ मा पढ्छिन् । अध्ययनसँगै उनीहरू दुवै जना क्षमतावान् र हरेक कुरामा अब्बल छन् ।
नन्दी रात्रि माध्यमिक विद्यालय । विद्यालय उस्तै । पढ्ने बिद्यार्थी र समय तालिका भने अलग्गै । जब साँझ पर्छ विद्यालयको पढाइ सुरु हुन्छ । उमेर पुगेका पाका र साना केटाकेटी एकैसाथ पढिरहेका । झमक्कै साँझ परिरहेको समयमा हरेक कक्षाकोठामा देखिन्थ्यो उस्तै उस्तै दृश्य । विद्यालय भए पनि अन्य विद्यालयभन्दा फरक यहाँको वातावरण बुझ्दै जाँदा अत्यन्तै रमाइलो खालको थियो । जहाँ १२ वर्षका बालबालिकासँगै ५० वर्ष उमेरका विद्यार्थी पनि उत्तिकै जोश, जाँगर र उत्साहका साथ विद्यालय आउने र पढ्ने गर्छन् ।
भाइबहिनीहरू, हामी सबैलाई थाहा नै हुनुपर्छ भदौ २९ गते बालबालिकाका लािग महत्वपूर्ण दिन हो । यस दिनमा हामी बालदिवस मनाउँछौँ । यो दिन देशले होस् या बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवाला हुन् सबैले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँछन् । नेपालमा वि. सं २०२१ भदौ ४ देखि राष्ट्रिय बालदिवस मनाउन सुरु गरिएको हो । इतिहासलाई फर्केर हेर्दा पूर्वरानी रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो जन्मदिनको अवसरमा २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठनको स्थापना गरेपछि सोही दिनलाई बालबालिकाको क्षेत्रमा विशेष कार्य मानेर राष्ट्रिय बालदिवस मनाउन सुरु गर्नुभएको थियो ।