सुर्खेतमा बसमाथि ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट वीरेन्द्रनगर आउँदैगरेको ना ७ ख ५८११ नम्बरको बसमा खसेको ढुङ्गा लागेर दैलेखको भवगतिमाई गाउँपालिका २ का १७ वर्षीया पार्वती शाहीको मृत्यु भएको हो ।
सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन्।
वि.सं. १९४७ सालमा राजधानीको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल, नेपालगञ्जले बिहीबार स्थापनाको १३२ औं स्थापना दिवस मनाइरहँदा पश्चिम नेपालकै रिफरल अस्पतालको रुपमा विकास गर्न सफल भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले सामाजिक र राजनीतिक परिवर्तनमा योगदान गरेको बताउनु भएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गनु नसकिने बताउनुभएको छ ।
नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा काङ्ग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले बुधबार पनि सोधपुछ गरेको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली स्थानीय तह निर्वाचनको समीक्षाका लागि गृहजिल्ला झापा आइपुग्नुभएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारी बिषयमा छलफल गर्न उहाँ गृह जिल्ला आउनुभएको सो दलका नेताले बताउनुभएको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ बस्ने ४८ वर्षीय श्यामबहादुर थापा रहेका छन् ।
कृषि विकास कार्यालय मुगुका तात्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढामाथि २३ लाखभन्दा बढीको भ्रष्टाचार आरोप लागेको छ।
फिलिपन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्ने चर्चा चलेका बेला गौरव थापाले आफुले एन्फाको पदका लागि कसैलाई अनुरोध र दबाब नदिएको बताउनुभएको छ ।
तराई–मधेशमा अन्न भण्डारण गर्न बाँसबाट बनाइने ‘भकारी’ (धनसार) लोप हुँदैगएको छ । बढ्दो आधुनिकतासँगै बजारमा आयातित विभिन्न किसिमका प्लास्टिकजन्य, धातुजन्य समग्री पाइन थालेपछि अन्न भण्डारणको परम्परागत भकारी लोप हुन थालेको हो ।
राष्ट्रिय सतर्कता केन्द्रले मङ्गलबार आकस्मिकरुपमा विभिन्न निकायमा गरेको अनुगमनमा १६८ जना कर्मचारी छट्केमा परेका छन् ।
चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह बुधबार अन्तरिक्षमा पठाइएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताउनुभएको छ ।