विक्रम संवत् २००६ मा स्थापित बैतडीको वासुदेव आधारभूत विद्यालय जीर्ण अवस्थामा पुग्दा पनि पुनर्निर्माणको पहल कतैबाट हुन सकेको छैन ।सुर्नया गाउँपालिका–३, तडिगाउँको वासुदेव आधारभूत विद्यालयमै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले प्राथमिक शिक्षा लिनुभएको थियो । विद्यालय भवनको छानाले घामपानी छेक्ने अवस्था छैन । जीर्ण भवन कति बेला भत्किने हो भन्ने डरैडरमा विद्यार्थी
लेख्न बस्दा अनेक पोयोका बीच आफैँ हराएजस्तो हुन्छु । कुन पोयो समातेर सुरुआत खै कहाँबाट गरौँ ! मान्छेको जीवन त गर्भाशयबाट सुरु भएर चिहानमा विलय हुन्छ । सायद जीवनका आरोह–अवरोहको समयरेखा (या भाग्यरेखा ?) पनि मान्छेको निधारमा गर्भावस्थादेखि नै कोरिँदो हो । यस्तै समयको गङ्गामा बग्दै बग्दै, कतै तैरिँदै त कतै भुँवरीमा फस्दै आज जीवनका ३२ वसन्त बितिसकेछन् । यीमध्ये ठ्याक्कै आधा वसन्त त कोकिल–कण्ठको सुरै नसुनी बितेछन् । प्रकृतिका आलाप, मानव मनका उद्गार नसुनीकन बितिगएछन्– पाँच हजार ९२२ दिन ! सम्झँदा आफैँलाई उदेक लाग्छ र विस्मय पनि ।
रुकुम, सल्यान र रोल्पालाई सडक सञ्जालमा जोड्ने राप्ती राजमार्ग स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेको छ । यो सडकको स्तरोन्नति गर्न बर्सेनि करोडौँ रुपियाँ विनियोजन भए पनि कामले गति लिन सकेको छैन ।
लुम्बिनी प्रदेश सरकार गठन भएको शुक्रबार एक महिना पूरा भएको छ । यद्यपि हालसम्म पनि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । पुस २७ गते नेकपा एमालेका सं
देशकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये अग्र स्थानमा रहेको नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा शुक्रबारदेखि अत्याधुनिक ‘ब्यागेज हैन्डलिङ सिस्टम’अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । दुई करोड बढीको लागतमा विमानस्थलको आगमन कक्षमा जडान गरिएको यो प्रणालीको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेले शुक्रबार एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
आँधीखोला गाउँपालिकाले वडा नं ५ सेतीदोभानमा पालिका प्रवेशद्वार बनाएको छ । पुतलीबजार नगरपालिका–४, नागडाँडाबाट पालिका प्रवेश गर्ने ठाउँमा प्रवेशद्वार बनाइएको हो । गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को बजेटबाट विनियोजित ३५ लाख २० हजार र गाउँपालिकाको दुई लाख ८० हजार गरी ३८ लाख रुपियाँमा पालिकाले अन्धाअन्धी पर्यटन समितिमार्फत प्रवेशद्वार बनाएको हो ।
बागलुङका चार नगरपालिकाले फोहोर विसर्जन गर्ने स्थायी संरचना बनाउन सकेका छैनन् । नयाँ पालिकाहरूले पाँच वर्षदेखि अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्दै आएका हुन् । जिल्लाकै जेठो बागलुङ नगरपालिकाले अस्थायी संरचना तयार गरी फोहोर व्यवथापन गरे पनि स्थायी संरचना छैनन् ।
सामान्यतया विपरीत लिङ्गीप्रति आकर्षणको सशक्त अनुरागलाई प्रेम भनेर परिभाषित गरिएको पाइन्छ । प्रेमलाई दार्शनिक, कवि तथा मनोवैज्ञानिकहरूले आदिकालदेखि नै परिभाषित गर्दै आएका छन् । मानवमा प्रेम भावना अन्तर्निहित छ । मानवमा मात्र होइन, सम्पूर्ण प्राणी जगत्मा प्रेम विद्यमान छ । वसन्त ऋतुमा वृक्षहरू थरीथरीका पुष्पद्वारा आच्छादित भएका हुन्छन् । यसले रमणीय एवं प्रेममय वातावरण सिर्जना हुन्छ । यसो हुनुमा वृक्षको प्रेममय सम्मिलनको (यौनिक) प्रक्रिया हो । चराहरूको कतिपय चिरबिर ध्वनि पनि यौन साथीलाई आकर्षित गर्नु हुन्छ ।
आकाशीय, स्थलीय, जलीय, सामुद्रिक र अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणाली, त्यस भागका रूपमा रहेका जीव र वनस्पतिको सम्बन्ध तथा विविधतालाई नै जैविक विविधता भनी कृषि जैविक विविधता नीति, २०६३ ले परिभाषित गरेको छ । जैविक विविधताले प्राणी, वनस्पति तथा सूक्ष्म जीवात्माको जातीय–प्रजातीय विविधता, आनुवांशिक विविधता तथा पारिस्थितिक प्रणालीको विविधतासमेतलाई जनाउँछ। जैविक विविधता महासन्धि, १९९२ ले पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण जीवजन्तु, वनस्पति र मानवबीचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधता जैविक विविधता भनेको छ।
विद्यालय तहमा जब नयाँ शैक्षिक सत्र सुरु हुन थाल्छ, तब पाठ्यपुस्तकको कुरा जोडतोडले उठ्न थाल्छ। जनक शिक्षा सामग्री ठाडा कान लाउन थाल्छ। शिक्षा मन्त्रालय र मातहतका निकाय निर्देशन दिन थाल्छन् अभिभावक, शिक्षक र विद्यार्थी कराउन थाल्छन्। पत्रपत्रिकामा पाठ्यपुस्तक अभावका शीर्षकहरू देखिन थाल्छन्। बाँकी ११ महिना सबै पक्ष कानमा तेल हालेर बस्छन्। यो कथाजस्तो सुनिने नेपालको विद्यालय तहको शिक्षाले वर्षौंदेखि भोग्दै आएको चक्रीय समस्या हो। शिक्षा कुनै पनि मुलुकको विका
नेपालको संविधान, २०७२, सङ्घीयता कार्यान्वयन र नयाँ शासकीय संरचना निर्धारणपश्चात् दुइटा निर्वाचन सम्पन्न भइसकेका छन्। संविधानको प्रस्तावनामार्फत “सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र उत्पीडनको अन्त्य गर्ने र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प” गरिएको छ।
प्राचीन इतिहासका ग्रन्थ (वेद, पुराणलगायत)मा उल्लिखित वर्णन र पछिल्लो अध्ययनकर्ताले उल्लेख गरेका वर्णन हेर्दा यी चारै युग (सत्य, त्रेता, द्वापर र कलि)मा किरात जातिले राज्य गरेको वा राजकीय उपस्थिति देखिन्छ। नेपालको पछिल्लो राजनीतिक इतिहासको वर्णन हेर्दा द्वापरको उत्तराद्र्धदेखि कलिको पूर्वाद्र्धको समयलाई मात्र यहाँको प्राचीन इतिहास भनेर चर्चा–परिचर्चा गर्ने गरिएको पाइन्छ। जसअनुसार यो समयमा गोपाल, महिषपाल, किरात, लिच्छवि, मल्ल र शाहवंशले राज्य गरेका वर्णन देखिन्छ।
सरस्वती निकेतन माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ । शुक्रबार भएको कार्यक्रममा विभिन्न विधामा विजयी ३१५ विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरियो । विद्यालयको स्थापना २००४ साल जेठ १० गते भए पनि भौतिक तथा प्राविधिक जटिलताका कारण शुक्रबार हीरक जयन्ती मनाइएको विद्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकालाई स्वस्थ पाँचखाल बनाउने उद्देश्यले धुलिखेल अस्पतालसँग सम्झौता गरिएको छ । स्वस्थ पाँचखाल अभियान सञ्चालन गर्न पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल र धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर प्राडा बलराम मल्लले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । अभियान सञ्चालन गर्न नगरपालिकाले स्वास्थ्य सामग्रीलगायत स्रोतसाधान उपलब्ध गराउनेछ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । अभियानअन्तर्गत नगरका प्रत्येक नागरिकको उमेरगत परिवार सङ्ख्या, उनीहरूको स्वास्थ्य अवस्था तथा औषधि सेवनसमेतको तथ्याङ्क सङ्कलन गरिने सम्झौतामा उल्लेख छ ।
बुटवलको उपमहानगरपालिका क्षेत्रभित्र हेरी नसक्नु गरी फोहोरका थुप्रोहरू देखिन्थे । फोहोर गर्नुहुन्न भन्ने ज्ञानको कुरै छाडौँ सरसफाइ गर्न समेत कसैको ध्यान देखिएन ।