केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टी–२० क्रिकेट खेलमा भएको मिलेमतो (म्याच फिक्सिङ)बारे अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। ब्युरोका प्रवक्ता सञ्जयसिंह थापाका अनुसार अनुसन्धान प्रतिवेदनमा खेल मिलेमतोमा संलग्न खेलाडी, व्यवस्थापक तथा सहयोगी गरी १२ जनालाई प्रतिवादी बनाएको छ। सीआईबीले खेल मिलेमतोमा संलग्न पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम तथा नितेश गुप्तालाई पक्राउ गरी बयान लिएको थियो।
महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी बिहीबार काठमाडौँ आइपुग्दै हुनुहुन्छ । तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोलीसहित उहाँ काठमाडौँ आउन लाग्नुभएको हो । यस वर्षको महाशिवरात्रि शनिबार परेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना असुल गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमाथिबाट हरेक वर्षजसो खस्ने पहिरोले यात्रुलाई प्रायःजसो असहज बनाइरहेकै हुन्छ। यस्तो पहिरो नारायणी नदीमा पुग्दा नदीको सतह बढ्ने र नदी पुरिँदा जलचरको बासस्थानमै असर पर्ने अर्को समस्या पनि देखिएको छ। नारायणी नदीलाई बासस्थान बनाएका माछा, गोहीलगायतका जलचरको पारिस्थितिक प्रणालीमा समेत यसले नकारात्मक प्रभाव पु-याएको विज्ञहरूको भनाइ छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी थारुले कानुनको छिद्र देखाएर सेवाग्राहीलाई दुःख दिने छुट कसैलाई नरहेको बताउनुभएको छ । महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग आज यहाँ अन्तरक्रिया गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
पर्वतको जलजला गाउँपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा सुरु भएको ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मेलाको आज यहाँ उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरला यातायातको ना ७ ख ७४४० नम्बरको बस आज काली गण्डकी नदीमा खसेको छ । गाडीमा सवार १८ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशको छैटौँ प्रदेश स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा रहेर योगदान दिनुभएका ६१ जनालाई विभिन्न पदकले विभूषित गरेको छ ।
उमेर नपुगी विवाह गर्ने एक जोडीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा दिने तयारी गरिरहनुभएकी छात्राले विवाह गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले मुद्दा दर्ता गरेको हो ।
लघुवित्तीय संस्थाहरूले ग्राहकहरूबाट सेवा शुल्क बापत अतिरिक्त रूपमा लिएको एक अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।
म्याग्दीमा 'अफ्रिकन स्वाइन फिभर'को सङ्क्रमणबाट झण्डै पाँच सय बङ्गुर मरेका छन् । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ७ वडाको अग्निखेत क्षेत्र एवम् ग्रामीण भेगमा मात्रै चार सय ८१ वटा बङ्गुरको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।
काठमाडौंको बालाजुस्थित माछापोखरीमा सोमबार भएको तोडफोडमा संलग्न रहेका छ जनलाई प्रहरीले सार्वजनिक गरेको छ ।
यस वर्षको महाशिवरात्रीमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो काठमाडौंको गोङ्गबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।