सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू.. एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख दुई हजार छ सय कायम भएकोमा आज रू एक लाख दुई हजार पाँच सय तोकिएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले गति लिन सकेको छैन । निर्माण सुरु भएको चार वर्ष बितेको छ । तर, प्रगति भने सन्तोषजनक छैन । यो सडकको भौतिक प्रगति हालसम्म २५ प्रतिशत मात्र छ ।
अवैध सुपारी बोकेको गाडीसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । मङ्गलवार २ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका वडा नं ६ मा दुई हजार किलो सुपाडी सहित झापा दमक नगरपालिका वडा नं १ बस्ने वर्ष २८ को मुकेश चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताउनुभयो ।
जन्मेको छ एक अराजक प्राणी संसारमा जसको समयचर्या छ – सूर्य नपुगेको ठाउँबाट बटुलेर मनभरि भावना सँगालेर आँखाभरि ज्योतिपुञ्ज
ढुङ्गाको पूजा गर्दागर्दै मानिस आफैँ ढुङ्गा भइरहेछ फरक यत्ति हो, ढुङ्गा बोल्दैन मानिस बोल्छ, अति बोल्छ, जे पनि बोल्छ ।
म एक सदा पाना हूँ अक्षरहरू पोखिरन्छ ममाथि फगत साहु तमसुक लेख्छ विद्यार्थी नोट बनाउँछ शिक्षक बासी पुराण सार्छ उजुरवाला उजुर लेख्छ
साना साना कोपिलामा, भविष्य छ फूलको सागरसम्मै बग्नुपर्छ, पानी चोखो मूलको।
तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुबेंसीस्थित एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको छ ।
भाइबहिनीहरू कुनै पनि कुरा सिक्न र पढ्न शिक्षा हासिल गर्न उमेर कहिल्यै बाधक हुँदैन है । ७० वर्षीया आमाले पनि ११ कक्षाका किशोरकिशोरीसँगै पढेर ज्ञान हासिल गरिरहेकी छिन् ।
‘कए हाथके धोती पहिरै, कए हाथ लपेटा, कए धारके पानी पिया, कए बापके बेटा, जोगिरा सररर ... जोगिरा सररर’ । ‘हे डम्फाके चोट महल बिच पहुचए, सुतलि गोरिया चहकि उठय एहि फागुनमे... ., परदेशियाके चिट्ठीया लिखैए गोरिया एहि फागुनमे... ’ । ‘जोगिरा सर..र...र कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ ... कौन तालपर गोरिया नाचे कौन तालपर हम जोगिरा सररररररर।’
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् ।
मधेश प्रदेशका जिल्लाहरूमा फलफूलको राजा मानिने आँपको फल नलाग्दै मञ्जरी (फूल/मजुरा)को खरिद–बिक्री भइरहेको छ। मधेश आँपको राजधानीका रूपमा परिचित छ। यहाँका सिरहा, सप्तरी र सर्लाहीमा यतिखेर आँपको मञ्जरी खरिद–बिक्री गर्न व्यापारीहरू आँपको बगैँचामा नै पुग्ने गरेको छन्। आँपको बोटमा लागेको मञ्जरीअनुसार व्यापारीहरूले मूल्य तोक्ने गरेका छन्। आँपको बगैँचामा भएको बोटले दिनसक्ने फलको आधारमा मोलतोल गरेर मौखिक रूपमा मञ्जरीको खरिद–बिक्री भइरहेका छन्। मधेशका अन्य जिल्लाभन्दा सप्तरी, सिरहा, सर्लाहीमा मञ्जरीको खरिद–बिक्री व्यापक मात्रामा भइरहेको छ।