नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुनहरु संशोधनगरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउने निर्णय भएको छ । सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल समस्या हल गर्न निर्देशन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरुसँग आज गरेको छलफलमा सो निर्णय गरिएको हो ।
तनहुँ–१ को उपनिर्वाचनको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।
चितवनको इच्छाकामना गाउपालिकाको छ वटा वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतान्तर मतान्तर बढाउनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमुख सहरी क्षेत्रमा तार व्यवस्थापन गर्न इन्टनेट सेवा प्रदायकहरुलाई आग्रह गर्नुभएको छ ।
सोमबार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले संयुक्त संसदीय समिति संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले नेतृत्व गर्नेगरी टुंग्याएका हुन्।
नेपालगञ्ज भन्सार कार्यालयबाट गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षको नौ महिनामा निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८–७९ भन्दा चालु आव २०७९–८० मा निर्यात करिब एक करोड रुपियाँले बढेको हो ।
विभागीय टोली एपीएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारमाथि सहज जित निकालेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘सूचना राजमार्ग’ को अवधारणा अगाडि सारिएको छ । नगरपालिकाले नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको योगीकुटीदेखि कटैयासम्म फ्री वाइफाई जडान गरिएको हो ।
सुनिल थापा मगरको आवाजमा रहेको 'हेर यो मेरो मुटुमा' गीतको भिडियो रिलिज भएको छ । गीतमा शब्द र सङ्गीत प्रमोद कोइरालाको छ भने एरेन्ज प्रमोद् परियारको रहेको छ ।
सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणको लागि पहलकदमी लिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड्दिनु भएको छ।
कपिलवस्तुको शिवराज नगरपालिकामा माध्यमिक तह पूर्णरुपले निःशुल्क भएको छ । पालिकाले विद्यालयलाई आवश्यक पर्ने थप बजेट विनियोजन गरे पछि सामुदायिक विद्यालयले शुल्क भएको हो ।
चालु आर्थिक वर्ष २०७९–८० मा नौ हजार ५९० जनाले आफ्नो सम्पत्ति विवरण अझ पेस गरेका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको आर्थिक वर्ष २०७९–८० को सम्पत्ति विवरणको तथ्याङ्कअनुसार ती व्यक्तिले सम्पत्ति विवरण पेस नगरेको देखिएको हो ।
चितवन २ को उपनिर्वाचन मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिनुभएको छ । पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा १ र ३ को गणना सकिँदा लामिछानेले ११५५ मत प्राप्त गर्नुभएको छ ।
यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज (सोमबार) दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ ।