गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज (बिहीबार) बसेको गण्डकी प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले आफूलाई विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको थियो ।
फिल्म 'प्रसाद २' वैशाख २८ गतेबाट अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताउनुभएको छ । उहाँले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताउनुभयो ।
साविक विजेता मच्छिन्द्र क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबमाथि सहज जित निकालेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा मच्छिन्द्रले संकटा क्लबलाई ३-१ गोलले हरायो ।
मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज (बिहीबार) सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो ।
संघीय संसद सचिवालयमा सहसचिव पदमा कार्यरत डा. सुरेन्द्र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिब पदमा नियुक्त गर्नुभएको थियो।
कोरोना सङ्क्रमणबाट एक जना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउनुभएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार बापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपियाँ सम्बन्धित खेलाडीको खातामा पठाएको छ ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
अमेरिकामा बसेर व्यावसायिक रूपमा टेनिस खेल्दै आएका अभिषेक बाँस्तोला वर्ल्ड टेनिस फेडेरेसन (आइटिएफ) वरीयताको एक हजार ९३०औँ स्थानमा पर्नुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनु भएको छ ।
बिहीबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ ।