काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको हो ।
पाल्पाका १४ वटा सहकारी संस्थाले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान पाएका छन् । जिल्लाका विभिन्न स्थानबाट खसी तथा बोकाका मासु उत्पादन तथा विक्री गर्र्ने १४ वटा सहकारी संस्थाहरूले उत्पादनका आधारमा प्रतिफल अनुदान पाएका हुन् ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता वितरण खुकुलो बनाउनेगरी नागरिकता विधेयक नल्याएको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रियसभा बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले वैवाहिक अंगिकृत नागरिकताको लागि सात वर्षे प्रावधान हटाउनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताउनुभएको छ ।
उहाँले राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर अर्को विधेयक ल्याइएको भन्दै सो प्रक्रियाप्रति आफ्नो असहमति रहेको स्पष्ट पार्नुभयो ।
गेटा मेडिकल कलेज, अस्पताल कैलाली र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)बीच द्विपक्षीय सम्झौता भएको छ ।
कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराउनुभएको हो । कुवेतका अमिरले यहाँका अहमद नवाफ अल–अहमद अल–सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत् शनिबार गराउनुभएको छ ।
राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ टेबुल भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताउनुभएको छ ।
‘शिक्षा’ भन्ने बित्तिकै स्कुल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने–गराउने वा पढेको बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ । सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो । ‘शिक्षाको महत्त्व’ भनेको कुनै विषयमा सिकेर पोख्त हुने इच्छा वा चाहनाको महत्त्व हो । शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकोले आजको युगमा यसको निकै ठूलो महत्त्व रहेको छ । शिक्षाबिना मानिस ज्ञानले अन्धो नै हुन्छ । शिक्षा आजका मान्छेको एक महत्त्वपूर्ण गहन नै भएकोले यसको महत्त्व निकै ठूलो छ ।
घातक नेफाम आक्रमणका कारण त्राहिमाम गर्दै भागिरहेका बालबालिकाको एउटा तस्बिर भियतनाम युद्धको मात्रै होइन २औँ शताब्दीमा युद्धको विभीषिका बयान गर्ने एक स्पष्ट विम्ब बन्न पुग्यो। कालो धुवाँ उनीहरूको ठीक पछाडि तरङ्गित भइरहेको छ, अबोधहरूको मुहार भय, पीडा र हडबडीले आक्रान्त देखिन्छ। दक्षिण भियतनामी सेनाको २५औँ डिभिजनका केही सैनिक असहाय भएर उनीहरूलाई पछ्याउँदै छन्– ऐतिहासिक तस्बिरमा यो स्पष्ट देख्न सकिन्छ।