नवलपुर सदरमुकाम कावासोतीमा एक महिनादेखि फोहोर नउठेपछि तत्काल त्यसको उचित व्यवस्थापन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कावासोती नगर समितिले नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
सुदूरपश्चिम धार्मिक एवं पर्यटकीय हिसाबले सम्पन्न छ ।
नवीनराज कुइँकेललमजुङ, चैत ८ गते । तीन वर्षअघि असारमा हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा भयो । वर्षासँगको बाढीले मर्स्याङ्दी नदी किनार छियाछिया बनायो । स्थानीयका घर बाढीको वेगमा बगे, कैयौँलाई उठिबास लगायो । बाढीको चपेटामा परेका गाउँले लामो समयसम्म पालमुनि बस्न बाध्य भए । बाढीको मारमा सबैभन्दा बढी नासोँ गाउँपालिका–१ ताल गाउँका बासिन्दा परेका थिए । ताल गाउँमा ४३ घर छन् । मर्स्याङ्दी नदी किनारसँगको बस्ती ताल गाउँका अधिक घरमा बाढी पसेको थियो । पटक पटक बाढीको चपेटामा परेर लाखौँको धनमाल गुमाएका तालगाउँबासीले भने अब विपद् आउनु पूर्व नै सूचना पाउने भएका छन् । मर्स्याङ्दी नदी तटमा अवस्थित ताल गाउँलाई प्राकृतिक विपद्बाट बच्न साइरन जडान गरिएको छ । मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसीएस) ले २६ लाख रुपैयाँको लागतमा साइरन जडान गरिदिएपछि ताल गाउँवासी खुसी भएका छन् । नासों गाउँपालिका–१ का अध्यक्ष मिनराशी गुरुङले साइरन जडानपछि बर्सातको समयमा गाउँलेहरू ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।लमजुङसँग सीमा जोडिएको ताल गाउँलाई विपद्बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार नासों गाउँपालिका–८ को धारा पानीमा राखिएको एक यन्त्रले मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्ने छ । स्वचालित सो यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने ठकुरीले बताउनुभयो ।साइरन ताल गाउँभर सुनिने गरि राखिएको छ । साइरनसँगै खतराको सङ्केतको सूचना मोबाइल एसएमएसबाट जाने प्रबन्ध समेत गरिएको छ । कथम् कदाचित लाइन गएको, नेट नचलेको स्थिति भएमा पनि कटुवालमार्फत त्यो खतराको खबर गाउँलेले थाहा पाउँछन् र उनीहरू सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको ठकुरीले जानकारी जानकारी दिनुभयो ।सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गर्ने गरी स्थानीय गाउँमा रहेको मर्स्याङ्दी युवा क्लबसँग समन्वय गरिएको छ । यसअघिको डुबानका बेलामा पनि त्यो ठाउँमा पानी सतह पुग्न सकेको थिएन । साइरन जडानपछि स्थानीय जन प्रतिनिधिहरू, आमा समूह, युवा क्लबका पदाधिकारीहरू, प्रहरी र स्वास्थ्य चौकी तथा गाउँका बासिन्दालाई एक दिने प्राथमिक मनोसामाजिक सहयोग सम्बन्धी तालिम दिइएको थियो ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ । भर्नाको नाममा चरम रकम असुली गरिरहेको गुनासो पुगेपछि गाउँपालिकाले त्यस्ता कार्य गर्ने, गराउने संस्थालाई तत्काल कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको हो ।
रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड अन्तर्गत डहरेखोला पुल तीव्र रूपमा निर्माण भइरहेको छ ।
गण्डकी विश्वविद्यालयको कुलपति पदका लागि सात जनाको आवेदन परेको छ । आवेदन दिनेमा प्राध्यापक कृष्णप्रसाद गौतम, प्राडा विश्वकल्याण पराजुली, प्राडा नवराज देवकोटा, डा. कृष्णप्रसाद अधिकारी, प्राडा कुस्माकर न्यौपाने, प्राडा इन्द्रप्रसाद तिवारी र प्राडा सरोज कोइराला हुनुहुन्छ ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई रु ५१ लाख बराबरको कृषि सामग्री वितरण गरिएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नयाँ वर्ष विसं २०८२ वैशाख १ र २ गते ‘रेडपाण्डा तथा थार महोत्सव’ गर्ने तयारी गरेको छ ।
सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ ।
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५१ वर्षीय शर्मिला पुन सहभागी हुनुहुन्छ ।
यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रूख हटाएर खाली भएको ठाउँमा उहाँहरूले खेती गर्नुभएको हो ।
मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवनलगायत ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्न सुरु गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सप्तकोशी नदीको पूर्वी तटबन्ध किनारका बढी पानीको चाप पर्ने स्परको पहिचान गरेर मर्मत गर्न थालिएको छ । कोशी प्रोजेक्ट अन्तर्गत भारतको जलसंसाधन विभागले वर्षामा