नेपाली महिलाको महान् पर्व तीज भदौ १० गते शनिबार पर्छ । तीज आउन अझै केही दिन बाँकी भए पनि यसको रमाइलो भने सुरु भइसकेको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा साप्ताहिक हाटबजार व्यवस्थापनको काम आठ वर्ष पूरा हुँदा समेत पूरा भएको छैन । रामग्राम–२, परासीमा रहेको हाटबजार अव्यवस्थित भएपछि २०७४ सालमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउनु गलत भएको भन्दै फर्काउन लाग्नेहरू सच्चिन आवश्यक रहेको बताउनुभयो ।
तामाङ महिला फुटबल खेलाडीहरूलाई जनही पाँच हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ । राईगाउँ युवा क्लब मकवानपुर र तामाङ डाजाङद्वारा राजधानीमा आयोजित सम्मान कार्यक्रममा नेपाली फुटवलका १८ जना महिला खेलाडीलाई सम्मान गरिएको हो ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशमा केही भएन भन्ने भाष्य गलत भएको बताउनुभएको छ । गोरखा जेसिजको आयोजनामा आइतबारदेखि सुरु भएको जेसिज सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले युबाहरुमा सकारात्मक सोच र स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना जागृत हुनु आबश्याक रहेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ।
गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ।
कैलालीको घोडाघोडी नगरपालिका –७ का २२ वर्षीया आरती डंगौरा चौधरी १० महिनाको बच्चासहित रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दमशलव १४ अङ्कले घटेको छ। शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक दुई हजार ७६१ दशमलव २२ को बिन्दुमा कायम भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल भएको छ।
कैलाली कारागारका जेलर फेरिएका छन्। कारागार विभागले नयाँ जेलरको रुपमा प्रकाश ढुङ्गानालाई पठाएको छ।
रोल्पामा विषालु जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ।
सत्तारुढ दल नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारको प्राथमिकतामा ठूला आयोजना रहेको बताउनुभएको छ। देशको विकास र समृद्धिमा परिवर्तन ल्याउनेगरी ठूला आयोजनालाई प्राथमिकता दिँदै सरकारले सोहीअनुसार लगानी केन्द्रित गर्ने योजना बनाएको भट्टराईले बताउनुभयो।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ । आइतबार बिहान दुई दिने नेपाल भ्रमणमा आउँनुभएका विदेश सचिव मिस्रीले राष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेट गर्नुभएको हो ।